• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुरेन्द्र मानन्धरको नेतृत्वमा फेनक्यानको नयाँ कार्यसमिति

May 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुरेन्द्र मानन्धरको नेतृत्वमा फेनक्यानको नयाँ कार्यसमिति

हेल्थ टुडे,

काठमाडौं, १८ बैसाख : फूड सप्लिमेन्ट्स व्यवसायीहरुको छाता संगठन नेपाल खाद्य, आयुर्वेदिक, न्यूट्रास्यिूटिकल तथा कस्मास्युटिकल समाज ( फेनक्यान) को राजधानीमा सम्पन्न महाधिवेशनले सुरेन्द्र मानन्धरको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्ष मुकुन्द राजभण्डारी, सचिव शम्भु यादव, सहसचिव लक्ष्मीकान्त पाण्डे, कोषाध्यक्ष प्रदीपकुमार महतो र सहकोषाध्यक्षमा आनन्द श्रेष्ठ सर्वसम्मत रुपमा चुनिएका छन । केन्द्रिय सदस्यहरुमा प्रतिमा श्रेष्ठ, विजय उपाध्याय, रविन्द्र श्रेष्ठ, रामदिन साहु र शुर्य बुढाथोकी रहेका छन् ।

तिन वर्ष पहिले स्थापना भएको फूड सप्लिमेन्ट्स व्यवसायीको संगठन फेनक्यानले यस व्यवसायमा संलग्न व्यवसायीहरुको हक,अधिकार संरक्षणका लागि आवाव उठाउदै आइरहेको छ । राजधानीको अन्नपूर्ण होटेलमा आयोजित कार्यक्रम समापन कार्यक्रममा औषधि व्यवसायीहरुले फूड सप्लिमेन्ट्सहरुलाई निर्वाध रुपमा विक्रीबितरण गर्न पाउनु पर्नेमा जोड दिएका छन् । नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले औषधि व्यवस्था विभागले कुपोषणबाट बच्नकालागि विक्रीबितरण हुने फूड सप्लिमेन्ट्समा अवरोध सिर्जना गरेर दुख दिने काम तत्काल बन्द हुनु पर्ने बताए । फूड सप्लिमेन्ट खाद्य पदार्थको परिपूरकको रुपमा प्रयोग हुने भएकाले यसको विक्रीबितरणमा औषधि व्यवस्थाविभागले हस्तक्षेप गर्न नहुने बताउदै श्रेष्ठले वाणिज्य विभागमा व्यवसाय दर्ता गरेर व्यवसाय गर्न पाउनु पर्नेमा जोड दिए । खाद्य तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अधिकृत विमल दाहालले खाद्य नियमावली पास भएपछि अहिलेका समस्या हल हुने दावी गर्दै उक्त नियमावली चाडै पास हुने अवस्थामा रहेको जानकारी दिए । 

कार्यक्रममा नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष अञ्जन पुडासैनी, महासचिव पवन आचार्य, पीनका अध्यक्ष सुरजित दत्ता, पिडानका अध्यक्ष शिव बास्कोटा, एमआर एसोसिएसनका अनुप पाण्डे लगायतका औषधि व्यवसायसंग सम्बन्धित पदाधिकारीहरुले औषधि व्यवस्था विभागका क्रियाकलापप्रति असहमती जनाउदै आवश्यक परे अधिकार रक्षाका लागि संघर्षमा उत्रन समेत पछि नपर्ने चेतावनी दिएका थिए । फेनक्यानका नव निर्वाचित अध्यक्ष मानन्धरले सबै पक्षको सहयोग र सहकार्यका साथ नेतृत्व अगाडि बढ्ने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औलोका कारण मृत्यु हुनेमा पाँच वर्षमुनिका धेरै
Next article डा. उपेन्द्र देवकोटालाई प्रत्यक्ष भेट्न नसकिने, आफ्नै अस्पतालमा उपचार हुदै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web