• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बोनम्यारो तथा कलेजो प्रत्यारोपण प्रविधिमा नारायण हेल्थको सिएमई 

May 18th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बोनम्यारो तथा कलेजो प्रत्यारोपण प्रविधिमा नारायण हेल्थको सिएमई 

हेल्थ टुडे,

काठमाडौं : नारायण हेल्थ, बैंगलोरले वि.पि. कोईराला मेमोरियल क्यान्सर अस्पतालको सहकार्यमा कलेजोमा ट्युमर पश्चात प्रत्यारोपण तथा ब्लड क्यान्सर सम्बन्धी एक दिने सिएमई यही जेठ १४ ( मई २८ तारिक)  भद्रपुर गार्डैन रिसोर्टमा गर्ने भएको छ ।

क्यान्सर अस्पतालका डाक्टर, नर्स तथा प्राविधिकहरुले यस सिएमईबाट नारायणा हेल्थको अनुभव तथा प्राविधिक ज्ञान पाउने छन् । नारायण हेल्थ विश्व प्रख्यात मुटु सर्जन डा. देवी प्रसाद शेट्ठीद्धारा संचालित सुपरस्प्यासलिस्ट अस्पताल हो । नारायण हेल्थ गुणस्तर स्वास्थ्य सबैकालागि भन्ने नाराका साथ ३२ भन्दा बढि अस्पताल, ७ मुटु सेन्टर तथा १९ भन्दा बढि प्राईमरी स्वास्थ्य संस्थाहरुको संजाल हो । अमेरिकामा समेत २००० बेडको अस्पताल संचालन गरि ७८ भन्दा बढि देशका बिरामीहरुलाई गुणस्तरिय स्वास्थ्य सेवा सुलभ मुल्यमा उपलब्ध गराउँदै आएको छ । नारायण हेल्थले २००२ मा राज्योत्सव अवार्ड, २००३ मा पद्यमश्री अवार्ड, २००४ मा भारत ईन्नोभेसन अवार्ड, २००५ मा सामाजिक व्यवसायिक अवार्ड, २०१० मा वेस्ट अस्पताल अवार्ड, २०१२ मा विश्वको ५० औं मस्ट ईन्नोभेषण अवार्ड, २०१२ मा पद्यम भुषण, २०१३ मा बर्षको उत्कृष्ण व्यवस्थापन तथा स्वास्थ्य व्यवसायी अवार्ड, २०१५ मा हेल्थकेयर लिडरसिप अवार्ड, २०१६ मा विश्वकै वेस्ट कार्डिक अस्पताल अवार्ड तथा वेस्ट मृगौला प्रत्यारोपण अवार्ड, २०१७ मा वेस्ट हेल्थकेयर हवार्ड, वेस्ट क्यान्सर अस्पताल तथा २०१८ मा वेस्ट टिचिंग अस्पताल अवार्ड तथा टप १० ईन्नोभेटिभ कम्पनी, भारत अवार्ड प्राप्त गरिसकेको छ ।

यो कार्यक्रमको व्यवस्थापन एक्सप्लोर हेल्थकेयर प्रालिका संचालक कृष्ण पाण्डेले गर्दैछन । एक्सप्लोर हेल्थकेयरले विदेशी बिशेषज्ञ तथा टे«नरहरुलाई स्वदेश ल्याई बिगत ८ महिनामा ६ भन्दा बढि कलेजो, मृगौला, क्यान्सर, नशा, संबेदनसिल उपचार, गेस्ट्रिक तथा रोबोटिक सर्जरि सम्बन्धी सिएमई वर्कशपहरु काठमाण्डौंमा गरिसकेको छ । एक्सप्लोर हेल्थकेयर एउटा अन्तर्राष्ट्रिय क्षेत्रमै मेडिकल टुरिजम विकास, हेल्थकेयर व्यवस्थापन तथा आईएसओ ९००१ः२०१५ प्रमाणीत कम्पनी हो । यस कम्पनीले अर्गान्स केयर तथा न्युट्रिसपी नामक ब्रान्ड अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाई नेपाली बहुराष्ट्रिय कम्पनीको रुपमा आफुलाई परिचित गराएकोछ ।

एक्सप्लोर हेल्थकेयर नेपालमा मेडिकल टुरिजम विकासको लागि टेलिमेडिसिन तथा टेलिरेडियोलोजि सेवाहरु संचालन गर्दै आईरहेको तथा स्वदेशी तथा विदेशी बिशेषज्ञ डाक्टरहरुको संजाल बनाई नेपालमा बिदेशी बिरामीहरु भित्राई मेडिकल टुरिजमको विकासको लागि प्रयत्नरत छ । एक्सप्लोर हेल्थकेयरले स्वदेशी डाक्टर, नर्स तथा प्राविधिकहरुलाई सम्बन्धीत क्षेत्रमा दक्ष बनाउन छोटो अवधिको तालिम, फेलोसिप प्रोग्रामको लागि निःशुल्क व्यवस्थापन गर्दछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सिनामंगलमा खुल्यो बाग्मती हेल्थ हव
Next article डा देवकोटालाई अभिनन्दनपत्र प्रदान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133168
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web