• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

बर्षायाममा कसरी स्वस्थ रहने?यी छन उपाय

May 21st, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बर्षायाममा कसरी स्वस्थ रहने?यी छन उपाय

काठमाडौ, ७ जेठः बर्षायामको बेला छ । यतिवेला विभिन्न किसिमको संक्रमणहरुकोे भय रहन्छ । शरीरको प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ । त्यसैले सानोतिनो संक्रमणले पनि निकै दुख दिन्छ । खासगरी शरीरमा रोग प्रतिरोधात्मक क्षमताको कमी भएमा यस्ता संक्रमण हुने गर्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुन नदिन यी उपायहरु अपनाउन सकिन्छ ।
पानीः पानी आफैमा प्राकृतिक औषधी हो । पर्याप्त मात्रामा पानीको सेवनले शरीरमा जमेको विषाक्तलाई बाहिर निकाल्न सकिन्छ । जसका कारण रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने गर्छ । तर पानी खाँदा सकेसम्म सादा पानी वा उमालेको पानी खानुपर्छ । फ्रिजमा राखेको पानीले शरीरमा हानी र्पुयाउने गर्दछ ।
फलफूलः मौसम, सुन्तला लगायतका रसिलो फलफूलमा भिटामिन सीका साथै भरपूर मात्रामा खनिज तत्व पाइन्छ । यसले शरीरको प्रतिरोधात्मक क्षमता बढाउन समेत महत्वपूर्ण भूमिका खेल्दछ । फलफुल सिधै, काटेर वा त्यसको जुस बनाएर पनि सेवन गर्न सकिन्छ । यस्ता फलफुल नुन वा चिनीको विना नै सेवन गर्नु उपर्युक्त हुन्छ ।
सलादः खानामा सलादको सेवन जति धेरै गर्यो, स्वास्थ्यका लागि त्यति राम्रो मानिन्छ । सलादले खानालाई पचाउन मद्दत गर्छ । काँक्रो , टमाटर, मुला, गाजर , प्याज, चुकन्दर सलादमा पर्दछ । यसमा नुनको मात्रा पर्याप्त हुने भएकोले थप नुनको आवश्यक्ता पर्दैन ।
टुसा उमारेको खानेकुराः मुङ्ग, दाल, चना, केराउ, लगायतका टुसा उमारेको खानेकुरामा भरपूर मात्रामा पोषण तत्व पाइन्छ । यसलाई पचाउन समेत सजिलो हुने तथा शरीरका लागि पोषण प्रदान गर्ने हुदाँ यस्ता खानेकुरालाई धेरै भन्दा धेरै खानु उपर्युक्त हुन्छ ।

योगः योग वा प्राणायामले शरीरलाई स्वस्थ तथा रोगमुक्त राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले, दिनमा कम्तीमा पनि आधा घण्टा योग तथा प्राणायाम गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
तुलसीः बहु गुणयुक्त तुलसी आफैमा एउटा औषधी हो । तुलसीमा एन्टीवायोटिक तत्व हुन्छ, जसउले गर्दा यसले दुखाई कम गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । दिनमा ३देखि ५ वटा पत्ता तुलसीको सेवन गर्ना शरीरमा रोगको संक्रमण हुने सम्भावना न्युन हुन्छ ।
खुशी रहनेः स्वस्थ शरीरका लागि हास्न जरुरी छ । हास्नाले शरीरमा रक्तप्रवाह प्रभावकारी रुपमा हुने गर्छ । त्यस्तै, शरीरमा अक्सिजनको पूर्ति राम्ररी हुन्छ । साथै यसले रिस कम गर्नुका साथै तनावलाई समेत कम गर्दछ । त्यतिमात्र हैन, यसले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने हुदाँ दिनमा धेरैभन्दा धेरै हास्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।
मनतातो पानी पिउनेः नियमित रुपमा दिनमा दुई, चार गिलास मनतातो पानी पिउनुपर्छ । यसले पाचन प्रक्रिया चुस्त एवं तन्दुरुस्त हुन्छ । मुटु रोगको खतरा पनि कम हुन्छ ।
सही खानपान गरौंः हरेक दिन नियमित तालिका अनुसार खानेकुरा सेवन गरौं । खानेकुरा सुपाच्य, सन्तुलित होस् । तर, एकै पटकमा थरीथरीका खानेकुरा सेवन नगरौं । बरु दिनभरमा पटक(पटक थरीथरीका खानेकुराको सन्तुलन मिलाउनुपर्छ । विजातिय खानेकुरा सेवन नगरौं । सकेसम्म सात्विक भोजन लिनुपर्छ । मसला कम भएको, शाकाहारीलाई प्राथमिकता दिनुपर्छ ।
खाना अघि पानी पिउनु हुँदैनः खाना खानुअघि वा खाना खाए लगत्तै पानी पिउनु हुँदैन । खाना खानु आधा घण्टा अघि वा पछि मात्र पानी पिउनुपर्छ । यद्यपी खानाका साथमा थोरै पानी सेवन गर्न सकिन्छ ।
खाना खाएपछि नुहाउन हुन्नः खाना खाए लगत्तै तुरुन्तै बलको काम नगरौं । साथै नुहाउनु पनि हुँदैन । खाना खानसाथ सुत्नु हुँदैन ।
केहि समय घाममाः हरेक दिन कम्तीमा आधा घण्टा घाममा बिताउनुपर्छ । यसले भिटामिन डि प्राप्त हुन्छ । शरीरको कतिपय दुखाई कम हुन्छ ।
सोझो पोजिसनमा बसौंः झुकेर, खुम्चिएर बस्नु हुँदैन । यसरी बस्दा शरीरका भित्री अंगहरुको कार्य संचालनमा बाधा पुगिरहेको हुन्छ । सोझो वा मेरुदण्डलाई सिधा बनाएर बस्नुपर्छ ।
गहिरो निन्द्रा आवश्यकः हरेक दिन कम्तीमा सात वा आठ घण्टा सुत्नैपर्छ । सुत्ने कोठा खुला वा हावा आउजाउ गर्ने हुनुपर्छ । सुत्ने समयमा मनमा अनेक कुरा खेलाउनु हुँदैन ।
एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article काजु खानुका फाइदा यस्ता छन
Next article बजुरामा २०० ले निःशुल्क स्वास्थ्य जाँच गराए

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132568
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web