• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 13th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कुष्ठरोगीको खोजी गर्न स्वास्थ्यकर्मीलाई गाउँमा खटाइने

June 6th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कुष्ठरोगीको खोजी गर्न स्वास्थ्यकर्मीलाई गाउँमा खटाइने

काँकडभिट्टा, २३ जेठः मेचीनगर नगरपालिकाले सन्दिग्ध कुष्ठरोगीको खोजी गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउने भएको छ । स्वास्थ्यकर्मीको टोलीले घरघरै पुगेर फेला पारेका सन्दिग्ध व्यक्तिहरुलाई स्वास्थ्य केन्द्रमा बोलाएर कुष्ठरोग लागेको हो कि होइन भनी यकिन गरेर उपचारको निःशुल्क व्यवस्था मिलाइने बताइएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार वडाध्यक्ष र सञ्चारकर्मीसँग गरेको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

यही जेठ २३, २४, २५ र २६ गते घरघरै पुग्नका लागि नगरपालिकाले चार दर्जनभन्दा बढी सङ्ख्यामा स्वयम्सेवी कार्यकर्तालाई तालीम दिएको छ । तालीम पाएका तिनै व्यक्तिहरु खोजपड्तालमा जानेछन् । कुष्ठरोगीको खोजपड्ताल टोलीमा महिला र पुरुष दुवै हुनेछन् । टोलीले शङ्का लागेमा शरीरको पूरै जाँच गरी कुष्ठरोगको लक्षण पहिल्याउनेछन् । एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्ने र मासु र स्नायु लट्ठिने भएकाले रोगीले उपचारमा बेवास्ता गर्दा कुष्ठरोग निवारणमा समस्या आइरहेको मेचीनगरकी स्वास्थ्य संयोजक शशिकला राई बताउनुहुन्छ ।
शरीरका विभिन्न अङ्गमा फुस्रो र नचिलाउने दाग आउनु, स्नायु लट्ठिनु, छाला वा घाउमा घोच्दासमेत नदुख्नु आदि यस रोगका लक्षण हुन् । झापा जिल्लामा ५२१ जनाले कुष्ठरोगको औषधि सेवन गरिरहेको र नियमित औषधि सेवनबाट रोग निको हुने संयोजक राईले बताउनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकारले चिकित्सकको वैज्ञानिक व्यवस्था सकेन
Next article तलब नपाएपछि स्वास्थ्यकर्मी धर्नामा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132199
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web