• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

इजरायलका प्रवासीले पर्वतका दुई बिरामीलाई गरे आर्थिक सहयोग

June 24th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
इजरायलका प्रवासीले पर्वतका दुई बिरामीलाई गरे आर्थिक सहयोग

पर्वत, १० असारः रोजगारीका लागि इजरायलमा रहेका प्रवासीहरूले पर्वतका दुईजना गम्भीर रोगका बिरामीलाई आर्थिक सहयोग गरेका छन् ।
‘मातृभूमिका लागि पर्वत सेवा समाज इजरायल’ले रक्तक्यान्सर रोगबाट पीडित पर्वतको कुश्मा नगरपालिका–१४ का १५ वर्षीय अर्जुन गौतम र मिर्गौला पीडित पर्वतको कुश्मा नगरपालिका–३ की अमृता शर्मालाई उपचारका लागि झण्डै रु डेढ लाख आर्थिक सहयोग उपलब्ध गराएको हो ।
गौतमलाई रु एक लाख २० हजार र मिर्गौला पीडित शर्मालाई रु २८ हजार सहयोग हन्तान्तरण गरिएको समाजका अध्यक्ष अर्जुन पौडेलले जानकारी दिनुभयो ।
रक्तक्यान्सर पीडित गौतम विगत पाँच महिनादेखि भरतपुर क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ भने मिर्गौला पीडित शर्मा विगत एक महिनादेखि उपचारका लागि काठमाडौँमा रहनुभएको छ ।
दुई सन्तानकी आमा बनिसकेकी अमृता यतिबेला आफ्ना दुवै मिर्गौलाले काम गर्न छाडेपछि डाइलोसिस गरेर जीवन धान्न बाध्य हुनुभएको छ । दुवै परिवार निकै विपन्न रहेकाले अभियान नै सञ्चालन गरेर रकम संकलन गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । शुक्रबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा शिक्षा विकास समन्वय एकाइ पर्वतका प्रमुख उद्धिमराज पौडेलले मानवीय जीवनमा रोगले कतिबेला आक्रमण गर्छ भन्ने कुराको ग्यारेन्टी नहुने बताउँदै विपत्को अवस्थामा सबैले हातेमालो गरेर सहयोग गर्नुपर्ने बताउनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न
Next article चिकित्सा शिक्षा विधेयक संशोधन नगर्न माग गर्दै धर्ना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134258
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

139
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

139
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web