• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

छोराको सम्झनामा स्वास्थ्यचौकीका लागि जग्गा प्रदान

August 7th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
छोराको सम्झनामा स्वास्थ्यचौकीका लागि जग्गा प्रदान

पर्वत, २२ साउनः पर्वतका एक दम्पतीले गाउँमा स्वास्थ्य चौकीको भवन बनाउन रु ३० लाख पर्ने जग्गा निःशुल्क दान गरेका छन् ।
पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा शहरी स्वास्थ्य चौकीको भवन बनाउनका लागि जग्गा अभाव भएपछि स्थानीय छत्रबहादुर क्षेत्री र उहाँकी श्रीमती भद्रकला क्षेत्रीले पाँच आना बराबरको जग्गादान गरेका हुन् ।
गाउँका नागरिकलाई प्रत्यक्ष रुपमा स्वास्थ्यको पहुँच पु¥याउने उद्देश्यले दिवंगत आफ्नो साहिलो छोरा खड्काबहादुर क्षेत्रीको स्मृतिमा जग्गादान गरेको छत्रबहादुरले बताउनुभयो । उहाँका छोरा खड्काबहादुर क्षेत्रीको करीब १२ वर्ष अघि रोजगारीको सिलसिलामा साउदी अरबमा मृत्यु भएको थियो ।
जग्गाको लाजपूर्जा आइतबार शहरी स्वास्थ्य केन्द्रको नाममा नामाकरण गरिएको छ । उक्त जग्गाको लालपूर्जा जग्गादाताले शहरी स्वास्थ्यचौकीका अध्यक्ष तथा वडाध्यक्ष यदुनाथ बास्तोलालाई हस्तान्तरण गर्नुभएको हो ।
स्वास्थ्य क्षेत्रको विकासका लागि योगदान गरेको भन्दै जग्गादातालाई कुश्मा नगरपालिकाका प्रमुख रामचन्द जोशी र कुश्मा नगरपालिका–२ खुर्कोटका वडाध्यक्ष यदुनाथ बास्तोलाले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । नगरप्रमुख जोशीले जग्गा प्राप्त भएसँगै आवश्यक सुविधा सहितको भवन निर्माण गर्ने प्रक्रिया अघि बढाइने बताउनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शिक्षा र स्वास्थ्य हेर्ने एउटै समिति गठन
Next article अधिकांश महिलामा श्रीमानकै कारण एचआइभीको संक्रमण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131638
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web