• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ओपन हार्ट सर्जरीमा नेपाली चिकित्सकलाई नयाँ सफलता

August 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ओपन हार्ट सर्जरीमा नेपाली चिकित्सकलाई नयाँ सफलता

विष्णुप्रसाद नेपाल
काठमाडौँ, १० भदौः खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी)का क्षेत्रमा ऐतिहासिक एवं महत्वपूर्ण सफलता नेपाली चिकित्सकले प्राप्त गरेका छन् ।
त्रिवि शिक्षण अस्पताल स्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको हालसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया सफलता पूर्वक सम्पन्न गरी मुटु रोगका क्षेत्रमा नयाँ उपलब्धि प्राप्त भएको जनाएको छ ।
वरिष्ठ मुटु रोग विशेषज्ञ उपप्राध्यापक डा अनिल भट्टराईको नेतृत्वमा रामेछाप सुनपाती गाउँपालिकाकी २४ वर्षीया गर्भवती प्रमिला अर्यालको शुक्रबार मुटुको शल्यक्रिया सफलता पूर्वक सम्पन्न गरेको थियो ।
उहाँ ३७ हप्ताकी गर्भवती हुनुहुन्थ्यो । शल्यक्रिया पछि अहिले आमा र शिशु (छोरा) दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको डा भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिरामी अर्याललाई टाइप ए अरोटिक डिसेक्शन विथ प्रेगनेन्सी रोग लागेको थियो । यो अति दुर्लभ रोग हो । यो रोग लागेपछि बिरामी बाँच्ने सम्भावना अत्यन्तै न्यून हुन्छ ।
सेन्टर स्थापना भएपछि नौ वर्षको अवधिमा सो रोग लागेका बिरामीको पहिलो पटक यस प्रकारको शल्यक्रिया सफलता पूर्वक सम्पन्न हो । वरिष्ठ मुटु रोग विशेषज्ञ उपप्राध्यापक डा भट्टराईले नवजात शिशु जन्मिँदा बेहोस थियो, तीन घण्टापछि शिशुको होस आएको र आमालाई अहिले भेन्टिलेटरबाट छुट्याएर आइसियूमा सारिएको बताउनुभयो ।
आमा र बच्चा दुवै बचाउन सफल भएकामा खुशी व्यक्त गर्दै डा भट्टराईले, यो आफ्नो जीवनको अतिस्मरणीय र ऐतिहासिक सफलता भएको बताउदै यस्तो दुर्लभ रोग लागेका बिरामीको सफल शल्यक्रिया गरेर नयाँ जीवन दिन पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले सम्पूर्ण टिमलाई धन्यवाद दिनुभएको छ ।
सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले दुर्लभ रोग लागेको बिरामीको सफल शल्यक्रिया सम्पन्न गरेर आमा र शिशु बचाउन सफल भएकामा खुशी व्यक्त गर्दै ओपन हार्ट सर्जरीका क्षेत्रमा ऐतिहासिक एवं महत्वपूर्ण सफलता प्राप्त गरेको बताउनुभयो ।
उक्त शल्यक्रियामा डा भट्टराईका साथमा डा प्रभात खकुरेल, डा रवि बराल र डा निकेश भण्डारी हुनुहुन्थ्यो । यसैगरी एनस्थेसिया तर्फ डा विश्वास प्रधान, डा विभुष श्रेष्ठ, डा मन्दिरा बस्नेत, डा प्रिष्का बास्तोला र डा अर्जुन गुरुङ तथा गाइनोकोलोजीमा डा ज्योति शर्मा, डा बेखालक्ष्मी मानन्धर, डा सुनिति रावल, डा सुनिता बज्राचार्य र डा सुभाना मास्के सहभागी हुनुहुन्थ्यो । त्यस्तै बालरोग विशेषज्ञ डा प्रदीप पौडेल र डा कविता मानन्धर उपचारमा संलग्न रहनुभएको सेन्टरले जनाएको छ ।
मुटुरोग विशेषज्ञ डा भट्टराई सामाजिक सेवामा सक्रिय रही असहाय, गरीब तथा दुर्गमका मुटुरोगीको निःशुल्क उपचार गर्नुभएको छ । हालसम्म उहाँले ९० भन्दा बढी बिरामीको निःशुल्क मुटुको शल्यक्रिया गरिसक्नुभएको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जेसिजले रगत आपूर्तिको सहज व्यवस्था मिलाउने
Next article सोलुखुम्बुमा अत्याधुनिक एम्बुलेन्स संचालनमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132898
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web