• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

 स्वास्थ्य प्रवद्र्धनको बुझाइ र वास्तविकता

September 12th, 2018 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
 स्वास्थ्य प्रवद्र्धनको बुझाइ र वास्तविकता

शालिकराम धिताल,

जनस्वास्थ्य जनताको स्वास्थ्यसँग सम्बन्धित छ । यसले प्रतिकारात्मकदेखि उपचारात्मकसम्मको मात्र नभई संवेगात्मक र मनोभावनात्मकसम्मको कुरालाई समेट्छ । यसो भनिरहँदा के उपचारात्मक सेवा पनि जनस्वास्थ्य हो । किनकि एकजना डाक्टरले बिरामी जाँच गरेर उसलाई दिएको औषधि तथा अन्य परामर्श प्रत्येक व्यक्तिको स्वास्थ्यको लागि हो । अठारौैं शताब्दीतिर जनस्वास्थ्य एक मुख्य प्रतिकारात्मक सेवाको रूपमा स्थापित थियो जुन आवश्यक पनि थियो । जस अनुरूप निम्न कुराहरूमा ध्यान दिइयो ।

१. जनस्वास्थ्य एक उपयुक्त बासस्थान, सफा पानी र सरसफाइमा केन्द्रित थियो ।

२. जनस्वास्थ्य १९औं शताब्दीमा स्वास्थ्य कानुन तथा नीति नियम निर्माण गर्न पहल गर्ने विधाको रूपमा स्थापित थियो ।

३. जनस्वास्थ्य उपचारात्मक सेवामा केन्द्रीकृत थियो ।

४. जनस्वास्थ्य महामारी रोगसँग सम्बन्धित अध्ययन अनुसन्धानमा मात्र वैधानिक थियो ।

५. जनस्वास्थ्य भन्नाले रोग प्रतिरोधात्मक तथा रोग नलाग्नु नै स्वस्थ हुनु भनेर बुझिन्थ्यो ।

६. जनस्वास्थ्य विषय विशेषज्ञ केन्द्रित थियो ।

७. यसले व्यक्ति विशेषको स्वास्थ्यमा बढी जोड दिन्छ ।

अतः जनस्वास्थ्य एक बृहत् पक्ष हो । किनकि त्यसबेला विभिन्न खालका सरुवा रोगहरूको प्रकोप थियो त्यसका लागि चाहिने अति आवश्यक सेवासुबिधा पनि न्यून थियो । वातावरणीय प्रदूर्षणलगायत अन्य पानीजन्य रोग, भेक्टरजन्य रोग तथा अन्य महामारी रोगले जनस्वास्थ्य क्षेत्रमा प्रत्यक्ष असर पारिरहेको थियो र स्वास्थ्य विज्ञहरूमा यो कुराको चिन्ता बढेको थियो । एउटा व्यक्तिको स्वास्थ्य सकारात्मक राख्नु र उसलाई रोगबाट बचाउनु नै जनस्वास्थ्यको मुख्य आवश्यकता मानियो । सोहीअनुसार अन्तर्राष्ट्रिय सम्मेलन, भेला र राजनीतिमा भएका सन्धिसम्झौताकै आधारमा देशमा प्रतिकारात्मक सेवा, स्वास्थ्य मन्त्रालय र मातहतका निकायहरूबाट प्रदान गरिँदै आइयो र जसले केही उपलब्धिहरू पनि हासिल गरियो । तर समय परिस्थिति र रोग प्रकोपको स्थिति हेरेर यो देशमा जनस्वास्थ्य सेवालाई बुझ्न सकिएन ।

विकासको गति सँगसँगै जनस्वास्थ्यमा पनि परिवर्तन हुन जरुरी थियो । जस अनुरूप एक्काईसौं शताब्दीमा जनस्वास्थ्य विषयलाई समय अनुकूल बनाउनुपर्ने भएकोले नयाँ अवधारणा आयो । जसअनुसार निम्न कुराहरू समावेश गरेको छ ।

१. स्वास्थ्य प्रवद्र्धनले व्यावहारिक जीवनशैलीका विषयमा बढी जोड दिन्छ ।

२ स्वास्थ्य प्रवद्र्धनले स्वास्थ्यमा हरेक नीति नियमहरू स्वास्थ्यसँग केन्द्रित हुनुपर्छ भन्ने अवधारणाको विकास गर्छ ।

३. स्वास्थ्य प्रवद्र्धनले स्वास्थ्यलाई अन्तरविषयवस्तुसँग पहिचान गर्न आवश्यक ठान्दछ ।

४. स्वास्थ्य प्रवद्र्धन दर्शनले स्वास्थ्यको लागि सामुदायिक सहभागितामा जोड दिन्छ ।

५. स्वास्थ्य प्रवद्र्धनले रोग प्रतिरोध, स्वास्थ्य प्रवद्र्धन तथा स्वास्थ्यको सकारात्मक परिभाषामा जोड दिन्छ ।

६. स्वास्थ्य प्रवद्र्धनले धेरै अध्ययन अनुसन्धानको विधिहरूलाई वैधानिकता दिन्छ ।

७. स्वास्थ्य प्रवद्र्धनले हरेक समस्यालाई दिगो समाधानको लागि स्वास्थ्यसँग दाँजेर हेर्नुपछ ।

८. स्वास्थ्य प्रवद्र्धनले समता र सामाजिक न्याय नयाँ जनस्वास्थ्यको बृहत् उद्देश्य हो ।

९. स्वास्थ्य प्रवद्र्धनले यसले समुदायको स्वास्थ्यमा बढी जोड दिन्छ ।

मूलतः सन् १९८६ पछि स्वास्थ्य प्रवद्र्धनमा अन्तर्राष्ट्रिय सम्मेलन र त्यसबाट पारित गरिएका घोषणापत्रलगायत अन्य सिद्धान्तहरू जस्तै स्वस्थकर स्वास्थ्य नीति, अनुकूल वातावरणको सिर्जना , एक्काइसौं शताब्दीमा स्वास्थ्य प्रवद्र्धनको नेतृत्व , सामाजिक समतामा भएको दूरी कमगर्ने , समुदाय सशक्तीकरण र स्वास्थ्य सुधार , स्वास्थ्य प्रवद्र्धन र विकास कार्यान्व्यनमा भएको दूरी बन्द गर्ने या स्वास्थ्य साक्षरता , स्वस्थ व्यवहार र स्वास्थ्य प्रणालीमा सशक्तीकरण, साझेदारी र अन्तरसम्बन्धी कार्य, स्वास्थ्य प्रवद्र्धनको लागि तालिम ( सहरमा जनस्वास्थ्यको भविष्य र सबै नीतिहरूमा स्वास्थ्य ।

यी माथिका सबै आजको सन्दर्भमा अति सान्दर्भिक भएकै कारण विश्वका विकसित मुलुकहरूले समय सीमाभित्र स्वास्थ्य प्रवद्र्धनमा काम गर्दै आइरहेका छन् र त्यसमा सफलता पनि हासिल गरेका छन् । नेपालमा राजनैतिक परिवर्तन सँगसँगै स्वास्थ्यमा परिवर्तन हुने कुरा त छँदैछ । तर पनि विदेश भ्रमणबाट प्राप्त स्वास्थ्य प्रवद्र्धनसम्बन्धी ज्ञानलाई सरकारको मुख्य ओहोदामा बसेर काम गर्ने जनस्वास्थ्यकर्मीलगायत अन्य विशिष्ट व्यक्तिहरूले यसको बारेमा अझै बुझ्न नसकेको वा बुझेर पनि बुझ पचाएको कुरा यस विषयलाई गौणमा राखेको कुराले प्रष्ट पार्छ । उहाँहरू जनस्वास्थ्य विज्ञान र चिकित्सा शिक्षा बिज्ञानबाट मात्र मानिसको स्वास्थ्य स्वस्थ रहन सम्भव छ भन्ने गरेको थुप्रै उदाहरणहरू छन् । कति कुराहरू त नेपालको सहस्राब्दी लक्ष्य, नयाँ स्वास्थ्य संरचनाको खाकामा प्रयोग भएका विभेदकारी शब्दावली जस्तैः जनस्वास्थ्य प्रवद्र्धनले प्रष्ट पार्छ । यसो हुनु भनेको स्वास्थ्य क्षेत्रमा ठूलो दुर्भाग्य हो र यो निजी स्वार्थका लागि गरिएको व्यक्तिबादी तथा समूहबादी प्रवृत्ति हो, जसले जनताको स्वास्थ्यमा परिवर्तन त आउँदैन नै बरु देशको आर्थिक तथा सामाजिक विकासमा नै असर पार्छ । उहाँहरूले अहिलेसम्म पनि स्वास्थ्य प्रवद्र्धनको सातौं अन्तर्राष्ट्रिय सम्मेलन जुन अफ्रिकाको केन्याबाट पारित कुराहरूको विषयमा ज्ञान हासिल नगरेको वा गरेर पनि बुझ पचाएको वा जनस्वास्थ्यलाई समय परिस्थितिअनुसार बदल्न नसकी उही पुरानै पाराले आफ्नो स्वार्थ पूरा गर्ने वा दुनो सोझ्याउने काम भएको प्रष्ट देखिन्छ । यदि यो अवस्था यसरी नै रहिरहने हो भने नेपालमा नयाँ जनस्वास्थ्य वा स्वास्थ्य प्रवद्र्धनले स्थान पाउने अबस्था न्यून छ ।

देशका सबै नागरिकहरूको स्वास्थ्य स्थिति असल राख्ने र सर्ने तथा नसर्ने रोगको प्रकोप घटाउने हो भने अब स्वास्थ्यसेवालाई स्वास्थ्य प्रवद्र्धन सिद्धान्तअनुसार प्रवाह गर्नुपर्छ । त्यसको लागि कुनै पनि स्वास्थ्य समस्या न्यून गर्ने वा त्यसलाई प्रवद्र्धन गर्नकै लागि हरेक व्यक्तिमा सही र वैज्ञानिक खोजको आधारमा, नयाँ प्रविधियुक्त कार्यशैलीको आधारमा स्वास्थ्य प्रवद्र्धन गर्नुपर्छ । त्यसका लागि कुनै पनि स्वास्थ्य समस्या न्यून गर्न वा त्यसलाई बढ्न नदिनको लागि हरेक व्यक्तिहरूमा सही र बैज्ञानिक खोजको आधारमा नयाँ प्रविधियुक्त कार्यशैलीको आधारमा स्वास्थ्य प्रदान गर्न आवश्यक छ । जनतालाई स्वास्थ्य शिक्षा दिनुको साथै दिइएको शिक्षालाई अनुसरण गर्नका लागि अनुकूल वातावरण बनाउन स्थानीय स्तरमा आवश्यक पर्ने स्रोतसाधनको समुुचित व्यवस्थापन गर्नुपर्छ । अन्त्यमा उक्त सेवालाई प्रभावकारी रूपमा प्रदान गर्न र स्वास्थ्य प्रदायकको सजिलोको लागि उपयुक्त नीति नियमको व्यवस्थापन गर्न साथै त्यसको प्रभावकारी कार्यान्वयन गराउन झन् महत्वपूर्ण हुन्छ । यी सिद्धान्तहरू स्वास्थ्य प्रवद्र्धनका लागि मूलभूत मार्गदर्शन हुन् ।

लेखक द युनिभरसिटी अफ न्युकासल अस्ट्रेलियामा  स्वास्थ्य प्रवद्र्धनमा पीएचडी गर्दैछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मानव अंग प्रत्यारोपण केन्द्रमा अत्याधुनिक सिटी स्क्यान
Next article जनस्वास्थ्य विधेयक–३२ सांसदले १ सय ९९ वटा संशोधन प्रस्ताव दर्ता

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web