• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दिउँसै बन्द हुन्छन् जुम्लाका स्वास्थ्य चौकी

September 28th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दिउँसै बन्द हुन्छन् जुम्लाका स्वास्थ्य चौकी

मानदत्त रावल
जुम्ला, १३ असोजः सरकारी कार्यालय १० देखि ५ बजेसम्म खोल्ने अनिवार्य नियम हो, तर जुम्लामा त्यो नियम लागू छैन । दिउँसै स्वास्थ्य संस्था बन्द हुने यहाँको परम्परा जस्तै छ भएको छ ।
तिला गाउँपालिका–५ मा रहेको सामुदायिक संस्था केन्द्र कहिल्यै पनि कार्यालय समयसम्म नखुल्ने ढिमकोटका गोर्ख शाहीले बताउनुभयो । कार्यालयमा एउटै मात्र कर्मचारी रहेका र ती पनि मन लागे कार्यालयमा आउने अरू बेला नआउने गरेको उनको भनाइ थियो ।
सदरमुकाममा रहेका स्वास्थ्य संस्थाको पनि हालत उस्तै छ । चन्दननाथ नगरपालिका–८ मा रहेको तलिउम स्वास्थ्य चौकी पनि १ बजेपछि दैनिक बन्द हुने गरेको स्थानीय सम्राट परियारले बताउनुभयो । उहाँका अनुसार उपचारका लागि स्वास्थ्यकर्मी नै भेटिँदैनन, भेटिहालेमा कहिले औषधि अभाव, अहिले सम्बन्धित मान्छे हुनुहुन्न भन्ने गरेका छन ।
छिटै स्वास्थ्य चौकी बन्द हुने गरेपछि आम नागरिक पनि २ बजेपछि स्वास्थ्य संस्थामा उपचारका लागि नआउने गरेको नागरिक अगुवा शोभाकर विश्वकर्माले बताउनुहुन्छ । राज्यले अनिवार्य ५ बजेसम्म कार्यालय वा स्वास्थ्य संस्था खोल्ने निर्देशन त गरेको छ तर उक्त निर्देशनलाई लत्याउदै २ नबज्दै स्वास्थ्य चौकीका ढोका बन्द गरेको उहाँको भनाई छ ।
हिमाली जिल्ला जुम्लामा अझै पनि मानिस बिरामी पर्दा स्ट्रेचरको विकल्प हटेको छैन । भौगोलिक रूपमा विकट भएका कारण यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा नसक्नुका साथै बिरामीलाई स्टे«चरमै बोकेर स्वास्थ्य संस्थामा पु¥याउने र ल्याउने गर्दै आएका छन् ।
ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मी कार्यालय समयसम्म नबस्ने समस्या नौलो होइन, १ देखि ४ घण्टा पैदल हिँडेर स्वास्थ्य संस्था पुग्दासमेत यहाँका बासिन्दालाई उपचार पाउन कठिन भएको छ ।
पातारासी गाउँपालिका तल्लो लोर्प गाउँका कर्ण बोहोराकी छोरी अघिल्लो महिना बिरामी परिन् पहिरोले सडक अवरुद्ध हुँदा एम्बुलेन्स सञ्चालन नभएपछि स्ट्रेचरमै स्वास्थ्य चौकी उर्थु चौतारामा र्पुयाउन उउनि बाध्य भए। दुई दिनको उपचारपछि स्ट्रेचरमै हिलाम्मे बाटो छिचोल्दै पुनः घर ल्याउनु परेको थियो ।
स्थानीय तहले थुप्रो राक खर्च गरी डोजर लगाएर सडक खने पनि स्ट्रेचरको विकल्प नहटेको यहाँका बासिन्दाको गुनासो छ । लाखौँ खर्च गरेर ल्याएको एम्बुलेन्सले यहाँका बासिन्दाकोे समस्या टार्न नसकेको गुनासो स्थानीयवासी पूर्णबहादुर बुढाले गर्नुभयो । कोही बिरामी पर्दा गाउँका युवा गुहार्नु पर्छ तर अधिकांश युवा कामका लागि विदेश र पढ्नका लागि जिल्ला बाहिर गएका कारण गाउँमा उनीहरूको उपस्थिति पातलो रहेको उहाँले बताउनुभयो ।
उक्त गाउँपालिकालाई भारतीय दूतावासले उपलब्ध गराएको एम्बुलेन्स अहिले प्रयोगविहीन अवस्थामा छ । बिरामी मात्रै होइन दैनिक उपभोग्य वस्तु आयात गर्न पनि खच्चड प्रयोग गर्नुपर्ने यहाँका बासिन्दाको बाध्यता छ । रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बि. एण्ड बि.मा मुटु सम्बन्धी दुई दिने स्वास्थ्य सिविर
Next article प्रति वर्ष ६० लाखलाई परिवार नियोजन सेवादिने उद्घोष

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web