हेल्थ टुडे,
काठमाडौं, २४ मंसिर : आज मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा पद बहाली गरेका केदारबहादुर अधिकारीलाई तत्काल फिर्ता बोलाउन नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ । देश भरिका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गैर स्वास्थ्यकर्मीलाई सचिवको जिम्मेवारी दिएकोमा आपत्ती जनाउदै विरोधमा उत्रिन देशभरिका चिकित्सक र स्वास्थ्यकर्मीलाई आव्हान गरेको छ । संघले विज्ञप्ति जारी गर्दै निर्णय फिर्ता लिन माग गरेको हो । मन्त्रीपरिषद्ले गत सोमबार प्रधानमन्त्री कार्यालयका सचिव अधिकारीलाई स्वास्थ्य मन्त्रालय सरुवा गरेको थियो ।
‘स्वास्थ्य सेवा ऐनको दफा १९ अनुसार वरिष्ठ स्वास्थ्यकर्मी स्वास्थ्य सचिवमा नियुक्त हुँदै आएकोमा हाल उक्त ऐनको भावना र मर्म विपरित गैर स्वास्थ्यकर्मीको स्वास्थ्य सचिवका रुपमा सरुवा गरिएको निर्णयबाट नेपाल चिकित्सक संघ स्तब्ध भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘ सरकार आफैले निर्माण गरेको ऐन विपरित सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको भावनामा चोट पुग्ने गरी गरिएको यसप्रकारको निर्णयले नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई गम्भिर आघात र्पुयाएको छ । यस्तो बिषयपूर्ण परिस्थितिमा निर्वाध रुपमा र्पुयाउँदै आएको स्वास्थ्य सेवा प्रवाहमा तत्काल असर पर्ने भएको हुँदा उक्त निर्णय यथासिघ्र फिर्ता लिन नेपाल चिकित्सक संघ नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ।’
संघले संघसँग ०७१ भदौ ८ गते विपरित गैर स्वास्थ्यकर्मीलाई सचिवको रुपमा स्वास्थ्य मन्त्रालयमा ल्याइएको हुनाले उक्त कार्यको विरोधका लागि संघका सबै शाखा कार्यालयलाई तयारी अवस्थामा बस्न र देशभरका डाक्टर तथा स्वास्थ्यकर्मीलाई विरोध जनाउन पनि अपिल गरेको छ ।
Leave a Reply