• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकारी चिकित्सक पनि नयाँ स्वास्थ्य सचिवको विरोधमा

December 11th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकारी चिकित्सक पनि नयाँ स्वास्थ्य सचिवको विरोधमा

हेल्थ टुडे,

काठमाडौं, २५ मंसिर :  सरकारले राजनीतिक भागबण्डा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नियम बिपरित प्रशासन तर्फको सचिव नियुक्त गरेकोमा सरकारी चिकित्सक संघ नेपाल ( गोदान) ले पनि विरोध गर्दै उक्त निर्णय तत्काल सच्याउन माग गरेको छ । स्वास्थ्य जस्तो प्राविधिक विषयमा योग्य अनुभवी स्वास्थ्यकर्मी हुदाहुदै भागबण्डाका आधारमा प्रशासनको कर्मचारीलाई सचिवको जिम्मेवारी दिदै स्वास्थ्य क्षेत्र नै तहसनहस हुने भन्दै संघले निर्णय नसच्याए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ । संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले हस्तक्षरित गरेको  विज्ञप्तिमा भनिएको छ, स्वास्थ्यमा आजिवन अनुभव भएका कुशल सचिव हुन योग्य स्वास्थ्यकर्मी हुदाहुदै उहाँको योगदान, अनुभव र दूरदर्शितालाई पाखा लगाउदै केवल राजनीतिक भागबण्डाको आधारमा सचिव नियुक्त गर्दा सम्पूर्ण स्वास्थ्यकर्मी निरास हुनुका साथै स्वास्थ्य क्षेत्र नै धरासायी हुने छ । ’ 

मन्त्रीपरिषद्ले गत सोमबार प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरुवा गरेको थियो । अधिकारीले एक हप्तापछि सोमबार पद बहाली गरेका छन् । उनले पद बहाली गरेसँगै देश भरिका चिकित्सक र स्वास्थ्यकर्मी आन्दालिन भएका छन् । देश भरिका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले सोमबार नै विज्ञप्ति प्रकाशित गरि नियम बिपरित प्रशासनको कर्मचारीलाई सचिव नियुक्त गरिएकोमा विरोध गर्दै निर्णय सच्याउन सरकारलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीको गत असोज २८ गते प्रधानमन्त्री कार्यालय सरुवा गरेपछि निमित्त स्वास्थ्य सचिवको जिम्मेवारी प्रमुख विशेषज्ञ डा. शुशिलनाथ प्याकुरेलले सम्हालै आएका छन् । प्रधानमन्त्री कार्यालयका सचिव अधिकारीलाई स्वास्थ्यमा सरुवा गरेको सूचना ६ दिनपछि बल्ल बाहिर आएको थियो । स्वास्थ्यमा प्राविधिक र प्रशासनका गरि दुई सचिव राख्ने निर्णय गरेको हो वा प्रशासन तर्फको एक जना सचिवले मात्र मन्त्रालयको नेतृत्व गर्ने हो त्यो अझैसम्म पनि सार्वजनिक गरेको छैन । नियम अनुसार स्वास्थ्यमा प्रशासन तर्फको कर्मचारीले सचिव हुन पाउदैन ।

यो भन्दा पहिले डा. चौधरी, डा. किरण रेग्मी, डा. सेनेन्द्र उप्रेति, डा. सुधा शर्मा, डा. प्रविण मिश्र, डा. दीर्घसिंह बम, डा. निराकारमान श्रेष्ठ लगायतका चिकित्सकले सचिवको जिम्मेवारी सम्हालिसकेका छन । स्वास्थ्य मन्त्रालय मातहत करिव ३७ हजार कर्मचारी छन । ती मध्ये ठूलो संख्यामा स्वास्थ्यकर्मी छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article केदारबहादुर अधिकारीलाई स्वास्थ्य सचिवबाट फिर्ता गर्न चिकित्सक संघको माग
Next article जैविक विविधता संरक्षण र प्रजनन शिक्षा सँगसँगै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web