• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यौन तथा प्रजनन अधिकारका क्षेत्रमा उल्लेखनीय प्रगतिः स्वास्थ्य मन्त्री यादव

March 5th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यौन तथा प्रजनन अधिकारका क्षेत्रमा उल्लेखनीय प्रगतिः स्वास्थ्य मन्त्री यादव

हेल्थ टुडे,

काठमाडौं : यौन तथा प्रजनन अधिकार क्षेत्रमा नेपालले गरेका पछिल्लो उपलब्धिलाई अन्तर्रा्ष्ट्रिय क्षेत्रबाट सरहना गरिएको छ । नेपालको संविधानमा यौन तथा प्रजनन अधिकारलाई मौलिक अधिकारका रुपमा राखिएको छ । यो अधिकारको प्रभावकारी कार्यान्वयन गर्न यससम्बन्धी ऐनसमेत कार्यान्वयनमा ल्याएको छ । महिला अधिकारका लागि विश्वव्यापी अभियान (सिडिसाइडस्) दिवसका अवसरमा आजदेखि यहाँ शुरु भएको अन्तर्रा्ष्ट्रिय सम्मेलनका सहभागीले सो प्रशंसा गर्दै महिलाको शरीरमा महिलाको अधिकार हुनुपर्नेमा जोड दिए । दुईदिने सम्मेलनमा नेपालसहित २५ देशका २५ वर्षमुनिका २५ युवायुवतीको सहभागिता रहेको छ । सम्मेलनमा सन् १९९४ मा सम्पन्न भएको जनसङ्ख्या तथा विकासका लागि अन्तर्रा्ष्ट्रिय सम्मेलन (आइसिपिडी) पछिको जनसङ्ख्या र विकासका क्षेत्रमा भएका उपलब्धिका समीक्षासमेत हुनेछ ।

 आइसिपिडीमा प्रतिबद्ध गरेका आत्मनिर्णयको र छनोटको अधिकारको स्वतन्त्रतालाई साकार पार्न अगामी दिनमा गर्नुपर्ने कामका बारेमा समेत छलफल गरिनेछ । सन् २०१७ मा सिडिसाइडस्लाई विश्वव्यापी अभियानका रुपमा विकसित गरिएको थियो । किशोरी महिलाले आफ्नो शरीर, जीवन र भविष्यका बारेमा आफैँले निर्णय लिन पाउनुपर्छ भन्ने यस अभियानको मुख्य ध्येय छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सम्मेलनको शुभारम्भ गर्दै संविधान प्रदत्त यौन तथा प्रजनन अधिकार कार्यान्वयन गर्न यससम्बन्धी ऐन जारी भएको बताए । महिला अधिकारका बारेमा ग्रामीण क्षेत्रमा जनचेतना आवश्यक रहेको बताउँदै उनले महिला र पुरुषबीचको विभेद अन्त्य गर्न सम्पत्तिमा समान हकको आवश्यक रहेको धारणा व्यक्त गरे । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनएफपिए)का एशिया प्रमुख वियोन एण्डरसनले यौन तथा प्रजनन अधिकारमा महिलाको अधिकार स्थापित हुनुपर्छ भने । यसैबिच सी डिसाइट्स सम्बन्धी दुई दिने कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकारी चिकित्सकका माग सम्बोधन गर्न समिति गठन
Next article गण्डकी मेडिकल कलेजको अनियमितता प्रकरणः २ जना आरोपीलाई ठगी मुद्दा दर्ता, ८ जना फरार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131906
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web