• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गण्डकी मेडिकल कलेजको अनियमितता प्रकरणः २ जना आरोपीलाई ठगी मुद्दा दर्ता, ८ जना फरार

March 8th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गण्डकी मेडिकल कलेजको अनियमितता प्रकरणः २ जना आरोपीलाई ठगी मुद्दा दर्ता, ८ जना फरार

हेल्थ टुडे,
पोखरा,२४ फागुनः गण्डकी मेडिकल कलेजका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष खनाल र कर्मचारी लक्ष्मणप्रसाद शर्मामाथि बिहीबार प्रहरीले ठगी मुद्दा दर्ता गरेको छ । अनाधिकृत रुपमा शुल्क उठाएको भन्दै विद्यार्थीले उजुरी दिएपछि उनीहरुलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो ।

विद्यार्थीको उजुरीपछि बुधबारै कलेजका अध्यक्ष खुमा अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, लेखाकी हरिमाया पौडेल, प्रशासनका दिनेश पौडेल, पूर्व प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल, कलेजका कर्मचारीहरु तिलक पौडेल, लक्ष्मणप्रसाद शर्मा, कृष्ण पौडेल र कृष्ण घिमिरेलाई पक्राउ पुर्जी जारी गरेको थियो । तर, पक्राउ पुर्जी जारी गरिएका मध्ये ८ जना फरार भएका छन् । प्रहरीले फरार ८ जनाको खोजी भइरहेको जनाएको छ ।

सरकारले काठमाडौंबाहिर ४२ लाख ४५ हजार र भित्र ३८ लाख ५० हजार शुल्क तोके पनि कलेजले १५ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको भन्दै कलेजका विद्यार्थीहरु आन्दोलनमा छन् । विद्यार्थीले अतिरिक्त शुल्क उठाए पनि त्यसको बिल, चौचर नदिएको र कलेजका शिक्षकले व्यक्तिगत खातामा पैसा जम्मा गर्न लगाएको आरोप लगाएका छन् ।

विद्यार्थीहरुले सरकारले तोकेकै शुल्कमा पढ्न पाउनुपर्ने, अतिरिक्त तिरेको शुल्कको बिल, भौचर पाउनुपर्ने लगायत माग राख्दै माघ १६ गतेदेखि विद्यार्थी आन्दोलन गरिरहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौन तथा प्रजनन अधिकारका क्षेत्रमा उल्लेखनीय प्रगतिः स्वास्थ्य मन्त्री यादव
Next article ग्रामीण क्षेत्रका महिलामा पाठेघरको क्यान्सर समस्या बढ्दो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132128
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web