• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ग्रामीण क्षेत्रका महिलामा पाठेघरको क्यान्सर समस्या बढ्दो

March 8th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ग्रामीण क्षेत्रका महिलामा पाठेघरको क्यान्सर समस्या बढ्दो

हेल्थ टुडे,
जुम्ला,२४ फागुनः ग्रामीण क्षेत्रमा अधिकतम कार्यबोझका कारण महिलाको पाठेघरको मुखको क्यान्सरको बढ्दै गएको छ । पाठेघरको मुखको क्यान्सरको समस्या बढ्दै गएपछि स्थानीय सरकारले सावधानी अपनाउन थालेका छन् । उनीहरुले विभिन्न कार्यक्रममार्फत पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरेर तथा सचेतना फैलाएर सावधानी अपनाउन थालेका हुन् ।

जिल्लाको तातोपानी गाउँपालिकाले महिलाको पाठेघर खस्ने र पाठेघरको मुखमा क्याम्पस हुने रोगले ग्रामीण क्षेत्रमा महिला प्रताडित हुने गरेको भन्दै जनतासँग गाउँपालिका अध्यक्ष कार्यक्रममार्फत उपचार र सचेतना अभिवृद्धि कार्यक्रम अघि सारेको छ । सन्ध्या फाउण्डेशनसँगको साझेदारीमा क्यान्सर रोग विशेषज्ञ गाउँपालिकामै ल्याएर महिलाको पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरिएको छ ।

गाउँपालिका अध्यक्ष नवराज न्यौपानले दुर्गम क्षेत्रमा महिलाले बढी काम गर्नुपर्ने र प्रभावकारी सेवा नपाउँदा रोग पालेर बस्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै पाठेघरको निःशुल्क उपचारका लागि कार्यक्रम अघि सारेको बताए । गाउँमै पहिलोपटक महिलाको पाठेघरको मुखको क्यान्सर उपचार गराउन पाउँदा स्थानीय दङ्ग थिए ।

सदरमुकामसम्म पुग्ने खर्चको जोहो गर्न नसक्दा रोग पाल्नुको विकल्प नभएको अनुभव सुनाउँदै उनीहरुले स्थानीय सरकारले गाउँमै उपचार गराउने वातावरण बनाउँदा राहत महशुस गरको बताए । ग्रामीण भेगका महिलामा घरायसी कामको चाप, अधिकांश समय उकालो–ओराले गर्नुपर्ने भएका कारण पाठेघरमा फोहर जम्मा हुने भएकाले पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुने गर्छ ।

जुम्लाको गुठिचौर गाउँपालिकामा एक दिन र तातोपानी गाउँपालिकामा दुई दिन क्यान्सरको उपचार गरिएको थियो । तातोपानी गाउँपालिकामा ३०० र गुठीचौर गाउँपालिकामा १०० जना महिलाले पाठेघरको मुखको क्यान्सरको उपचार गराएका छन् । पाठेघरको मुखको क्यान्सरको उपचारका लागि काठमाडौँदेखि नेपाल क्यान्सर केयर फाउण्डेशनका निर्देशक डा सरिता घिमिरेसहितको सात जनाको टोली जुम्ला पुगेको थियो ।

उपचार गरेकामध्ये झण्डै २५ जनामा पाठेघरको मुखको क्यान्सरको सम्भावना देखिएको जनाइएको छ । जुम्लाका महिला प्रायः बालविवाह गर्ने, कम उमेरमै गर्भवती हुने, कार्यबोझका कारण खानपान र सरसफाइको अवस्थामा ध्यान नदिने जस्ता कारणले महिलाको पाठेघरमा समस्या आउने गरेको चिकित्सकले बताएका छन् ।

noteburner itunes audio converter

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौन तथा प्रजनन् स्वास्थ्य सेवामा ‘ग्लोबल ग्याग रुल ’ को नकारात्मक असर
Next article गण्डकी मेडिकल कलेजको अनियमितता प्रकरणः २ जना आरोपीलाई ठगी मुद्दा दर्ता, ८ जना फरार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134113
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web