• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हेल्थ टुडेका सम्पादक सहित चिकित्सक र स्वास्थ्य पत्रकारलाई हेल्थ अवार्ड

March 23rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हेल्थ टुडेका सम्पादक सहित चिकित्सक र स्वास्थ्य पत्रकारलाई हेल्थ अवार्ड

हेल्थ टुडे,
काठमाडौं, ९ चैत :  हेल्थ टुडेका सम्पादक पदमराज जोशी सहित चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य पत्रकारहरुलाई स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट सम्मानित गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शनिबार राजधानीमा आयोजित स्वास्थ्य दर्पण मिडिया चितवनका सातौ बार्षिकोत्सव एवं हेल्थ अवार्ड वितरण समारोहमा हेल्थ अवार्ड सहित सम्मानित गरेका हुन । हेल्थ अवार्डबाट सम्मानित हुनेहरुमा चिकित्सकहरु डा. श्याम शुन्दर दाश, डा. मदनकुमार पिया, डा. शुरेश कुमार कनौडिया, डा. निरेश थापा, डा. श्यामराज रेग्मी, डा. चन्द्रप्रकाश पाण्डे, डा. अजय न्यौपाने, डा. भरत खत्री रहेका छन् । त्यसैगरि मेलानका पूर्व अध्यक्ष कुष्णप्रसाख रिजाल र स्वास्थ्यकर्मी गोविन्द नेपाललाई पनि अवार्ड सहित सम्मान गरिएको छ ।

 

 

 

संस्थागत अस्पताल तर्फ नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरका अध्यक्ष डा. सुदीप श्रेष्ठ र निर्देशक स्वरुपा श्रेष्ठलाई सम्मान गरिएको छ । स्वास्थ्य पत्रकारिताको माध्यमबाट योगदान गरेको भन्दै हेल्थ टुडेका सम्पादक जोशीका अलावा कान्तिपुर दैनिकका प्रमुख समाचारदाता अतुल मिश्र, हेल्थपोष्टनेपाल अनलाईनका सम्पादक दीपक दाहाल, जनस्वास्थ्य सरोकारका सम्पादक पुरुषोत्तम घिमिरे, हाम्रो डाक्टर अनलाइनको सम्पादक उद्घवराज भेटुवाल र हेल्थ टिभी अनलाईनकी सम्पादक कल्पना आचार्यलाई हेल्थ अवार्ड सहित सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिति डा. कोइरालाले स्वास्थ्य पत्रकारिताको विकासले मात्र स्वस्थ्य समाज निर्माण हुने भएकाले स्वास्थ्य पत्रकारिताको विकासमा सबैको ध्यान पुग्नु पर्ने बताए ।

 

पूर्व स्वास्थ्य राज्यमन्त्री डा. वंशिधर मिश्रले स्वास्थ्यका समाचार संवेदनशिल हुने भएकाले स्वास्थ्य पत्रकारहरुले समाचार सम्प्रेषणमा गम्भिर हुनु पर्नेमा जोड दिए । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले निश्पक्ष र तथ्यपरक समाचारले मात्र स्वास्थ्य क्षेत्रलाई अगाढि बढाउन सकिने बताए । पत्रकार महासंघका महासचिव रमेश बिष्ट, कान्तिपुर दैनिकका प्रमुख संवाददाता अतुल मिश्र, मिर्गौला रोग विज्ञ डा. ऋषिकुमार काफ्ले, चिकित्सक संघका उपाध्यक्ष डा. ढुण्डीराज शर्मा लगायतले स्वास्थ्य पत्रकारिताका बिभिन्न आयामका बिषयमा प्रकाश पारेका थिए । स्वास्थ्य दर्पण मिडिया चितवनका अध्यक्ष सन्दीप श्रेष्ठले स्वास्थ्य क्षेत्रमा नकारात्मक भन्दा सकारात्मक समाचारको खाचो रहेको औल्याउदै स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र सञ्चारकर्मिलाई प्रोत्साहन दिन हेल्थ अवार्ड प्रदान गरिएको बताए ।

 

 

 

 

 

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चितवन जिल्ला बर्डफ्लुबाट सुरक्षितः जिल्लामा बर्डफ्लु भेटिएन
Next article स्वास्थ्य केन्द्र पुगेर पनि उपचार नगरी फर्किन बाध्य छन् बिरामी...

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133173
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web