• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य केन्द्र पुगेर पनि उपचार नगरी फर्किन बाध्य छन् बिरामी…

March 26th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य केन्द्र पुगेर पनि उपचार नगरी फर्किन बाध्य छन् बिरामी…

हेल्थ टुडे,
जाजरकोट,१२ चैतः बारेकोट गाउँपालिकाको लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा बिरामी समस्यामा परेका छन् । घण्टौ हिडेर स्वास्थ्य केन्द्रमा आउनुपर्ने बाध्यता एकता तिर छदैछ भने अर्कोतिर स्वास्थ्य चौकीमा चिकित्सक नहुँदा उपचार बिनै घर फर्किनुपर्ने बाध्यता अर्को तिर छ । हेर्दा चिटिक्क परेको सुविधायुक्त स्वास्थ्यको भवन, त्यसमा गाउँपालिकाको कार्यालय रहेकाले लिम्सामा चहलपहल बढेपनि चिकित्सक नहुँदा बिरामीको उपचार हुन सकिरहेको छैन् । बिरामीहरु निजी औषधि पसलमा गएर उपचार गराउन बाध्य छन् ।

स्वास्थ्य संस्थामा औषधि र उपकरण भए पनि सञ्चालन गर्ने चिकित्सक नहुँदा सयौँ बिरामी अस्पतालको ढोकाबाटै दिनहुँ फर्कने गर्दछन् । स्वास्थ्य केन्द्रमा एक एमबिबीएस चिकित्सकको दरबन्दी छ । त्यहाँ कार्यरत मेडिकल अधिकृत डा.सन्दीपकिरण प्रधान एमडी अध्ययनका लागि बिदा छन् । त्यसले गर्दा छ महीनादेखि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा चिकित्सकविहीन भएको हो । चिकित्सक मात्र होइन, नौ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको उक्त स्वास्थ्य संस्थामा स्टाफ नर्स, अनमी र ल्याव असिस्टेन्ट पद पनि लामो समयदेखि रिक्त छ ।

आवश्यक उपकरणको व्यवस्था भए पनि ल्याव सेवा सञ्चालनमा नआएको वर्षौं भइसक्यो । बारेकोट गाउँपालिका जिल्लाको अन्य स्थानीय तहमध्ये बढी दुर्गम मानिन्छ । जुम्ला र डोल्पाको सिमाना रहेको बारेकोट गाउँपालिका साविकका चार गाविस मिलेर बनेको छ । बारेकोटबाट जाजरकोट सदरमुकाम आउन तीन दिन लाग्ने गर्छ ।

उपकरण र चिकित्सकको दरबन्दी भएको स्वास्थ्य संस्था लिम्सा भएकाले यहाँ बिरामीको चाप हुने गर्छ । बिरामी बढे पनि चिकित्सक नहुँदा निराश हुनुपर्ने अवस्था रहेको स्थानीयवासीले बताएका छन् । स्थानीय औषधि पसलमा उपचार गराएर हजारौँ रकम खर्च गर्न बाध्य भएको बारेकोटवासीको गुनासो छ ।

लिम्सा स्वास्थ्य केन्द्र स्थापना भएको दुई दशक भए पनि प्रभावकारी सेवा प्रवाह नहुँदा दैनिक समस्या हुँदै आएको छ । बारेकोटवासी अहिले पनि एक्सरे, ल्याव सेवा लिनका लागि नलगाड नगरपालिकाको दल्ली र जाजरकोट सदरमुकामस्थित जिल्ला अस्पताल र नेपालगञ्ज जाने गर्दछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हेल्थ टुडेका सम्पादक सहित चिकित्सक र स्वास्थ्य पत्रकारलाई हेल्थ अवार्ड
Next article कुखुरामा रानीखेत रोगको प्रकोप

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web