हेल्थ टुडे,
काठमाडौ,४ बैशाखः गोङ्गबुस्थित नयाँ बसपार्कमा चालक तथा सहचालकको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको आयोजना तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल प्रहरी अस्पतालको सहकार्यमा मंगलबार चालक तथा सहचालकलाई निःशुल्क स्वास्थ्य शिविर तथा आँखा परीक्षण गरिएको हो ।
उपत्यकालगायत देशका विभिन्न भागमा चालकको लापरबाहीबाट दुर्घटना बढ्न थालेपछि महानगरीय प्रहरी वृत्त महाराजगञ्जले ट्राफिक सप्ताह कार्यक्रमअन्तर्गत नयाँ बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा परिक्षण गरिएको हो ।
लामो दूरीका सवारी साधनका चालकलाई तन्दुरुस्त राख्न तथा दुर्घटना न्यूनीकरणका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको आयोजकले जनाएका छन् । स्वास्थ्य शिविरमा ३०० भन्दा बढी चालक तथा सहचालकले आँखा तथा शरीरको स्वास्थ्य परिक्षण गराएका छन् ।
Leave a Reply