• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल मेडिकल काउन्सिलद्वारा ‘सीपीडी’ लागु, लाइसेन्स नवीकरण गर्न एक सय अङ्क ल्याउनै पर्ने

June 4th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल मेडिकल काउन्सिलद्वारा ‘सीपीडी’ लागु, लाइसेन्स नवीकरण गर्न एक सय अङ्क ल्याउनै पर्ने

हेल्थ टुडे,
काठमाडौ,२१ जेठः नेपाल मेडिकल काउन्सिलले ‘निरन्तर पेशागत उन्नयन कार्यक्रम (सीपीडी)’ लागु गरेको छ । काउन्सिलले जारी गरेको सीपीडी अनुसार अबदेखि चिकित्सकको अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न पाँच वर्षभित्र एकसय अङ्क ल्याउनै पर्ने भएको छ । सीपीडी अनुसार पाँच वर्षभित्र चिकित्सकले एकसय अङ्क ल्याउन नसके चिकित्सकको लाइसेन्स नवीकरण हुने छैन् । सीपीडी लागू भएसंगै लाइसेन्स नवीकरणका लागि चिकित्सकले पाँच वर्ष भित्र एक सय अङ्क ल्याउनै पर्ने बाध्यता भएको छ ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.धर्मकान्त बाँस्कोटाले नेपालमा चिकित्सा सेवा दिएका सम्पूर्ण चिकित्सकको ज्ञान र सीपलाई अझ परिष्कृत गर्न यस्तो ब्यबस्था ल्याइएको जानकारी दिए । उनले चिकित्सक र उपचाररत बिरामीबीच उत्पन्न हुने असमझदारीलाई न्यूनीकरण गर्न सिपिडीले मद्धत गर्ने भन्दै अस्वाभाविक रूपमा लेखिने औषधि तथा परीक्षणलाई व्यवस्थित गर्न सकिने विश्वास व्यक्त गरे ।

नेपाल मेडिकल काउन्सिलले कन्टिन्युइङ प्रोफेसनल डिभलप्मेन्ट (सीपीडी) लागू गरेसँगै डाक्टरले पाँच वर्षभित्रमा एक सय अङ्क ल्याउनुपर्छ । जस अन्र्तगत ३० अङ्क तोकिएको अनिवार्य विषयमा ल्याउनुपर्ने छ भने बाँकी ७० अङ्क आफ्नो व्यावसायिक रुचिको क्षेत्रबाटै आर्जन गर्न सकिनेछ । व्यावसायिक रुचि अनुसारको क्षेत्र भन्नाले रुचि अनुसारको क्षेत्रमा शैक्षिक योग्यता, तालिम, प्रकाशित गरेको लेख, रचना, सम्मेलन, सेमिनार, लगायतका आधारमा ७० अङ्क आर्जन गर्नुपर्नेछ ।

चिकित्सकको काउन्सिलले सिर्जना गरेको सफ्टवेयर प्रणालीमा रेकर्ड बन्दै जाने र त्यही आधारमा अनिवार्य विषयमा ३० र अन्य विषयबाट ७० अङ्क ल्याए पछि मात्र सिपिडी पास मानिने छ । काउन्सिलको यो व्यवस्थाले चिकित्सकलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा रूपमा अब्बल साबित गर्ने विश्वास लिइएको छ ।

अनिवार्य मानिएका आचारसंहिता, सञ्चार सीप,संक्रमण रोकथाम र नियन्त्रण, औषधिको सही प्रयोगसँगै व्यावसायिक क्षेत्रमा शैक्षिक योग्यता, तालिम, प्रकाशित गरेका लेखरचना, पुस्तक, सभा–सम्मेलन तथा कार्यशालामा सहभागिता समेत चिकित्सकलाई अङ्क प्रदान गरिनेछ ।
त्यसका लागि चिकित्सकले सुरुमा काउन्सिल वेभसाइटमा सीपीडी कार्यक्रममा लगइन गरेर आफूलाई दर्ता गर्ने र आफ्ना कार्यक्रमहरूलाई दर्ता गर्दै मूल्याङ्कन राख्दै जानुपर्नेछ ।

नेपालमा चिकित्सा व्यवसायको उन्नति गरी स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि सीपीडी लागू गरिएको काउन्सिलले जनाएको छ । सीपीडी कार्यक्रमले बिरामी र डाक्टरबीचको दूरी नजिक बन्ने र कार्यक्रमको कार्यान्वयनले चिकित्सकलाई निरन्तर अद्यावधिक रहन मद्दत गर्ने काउन्सिलको विश्वास छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव, बिरामी मारमा
Next article ७ बुँदे सहमतिपछि वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न डाक्टर काममा फर्किए

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134422
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web