• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

पाठेघरको मुखको क्यान्सरको लक्षण र बच्ने उपाय

June 7th, 2019 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पाठेघरको मुखको क्यान्सरको लक्षण र बच्ने उपाय

हेल्थ टुडे,
काठमाडौ,जेठः पछिल्लो समय नेपाली महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढिरहेको विभिन्न तथ्याङ्ले देखाएको छ । शहरमा बस्ने भन्दा ग्रामीण भेगमा बस्ने महिलाहरुमा यो समस्या बढीरहेको चिकित्सकहरुले बताएका छन् । नेपालमा महिलामा बढी देखिने पहिलो क्यान्सरमा पाठेघरको मुखको क्यान्सर बढी देखिएको छ । विशेषगरी ४० वर्ष नाघेपछि देखिने गरेको पाठेघरको मुखको क्यान्सर पछिल्लो समय कम उमेरमा पनि देखिन थालेको छ ।

यो रोगबाट बच्न कम उमेरमा विवाह नगर्ने, गुप्तांगको सरसफाईमा विशेष ध्यान दिन, धेरै बच्चा नजन्माउन, सूर्तीजन्य पदार्थको सेवन नगर्ने र हरेक एक वर्षमा पाठेघरको (प्याप–स्मेयर) परीक्षण गराएमा यो रोगबाट बच्न सकिने चिकित्सकको सुझाव छ । तर धेरै पाठेघरको मुखको क्यान्सरका बिरामीहरु अन्तिम अवस्थामा मात्र अस्पताल उपचारका लागि आउने गरेका छन् ।

ह्युमन प्यापिलोमा भाइरसका कारण महिलामा क्यान्सर लाग्ने गरेको चिकित्सकहरु बताउँछन् । त्यसैगरी अमेरिकन क्यान्सर सोसाइटीका अनुसार सबै महिलाको स्क्रिनिङ २१ वर्षको उमेरमा सुरू गर्नुपर्ने हुन्छ । एचआईभी संक्रमण भएका अंग प्रत्यारोपण गरेका, शरीरको रोगसँग लड्ने क्षमता कम भएको स्थितिमा यस्ता स्क्रिनिङ अलि छिटो अर्थात् धेरै गर्नुपर्ने सोसाईटीले जनाएको छ । नेपाल सरकारसँग पाठेघरको मुखको क्यान्सरका कति बिरामी छन् भन्‍ने यकिन तथ्यांक समेत छैन् । विश्व स्वास्थ्य संगठनका अनुसार कम आय भएका देशहरुमा पाठेघरको मुखको क्यान्सर बढी देखिने गरेको छ ।
पाठेघरको मुखको क्यान्सरका लक्षणहरु…
१.महिनावारी भइसकेपछि पनि पुन रक्तश्राव हुने
२.तल्लो पेट दुख्ने
३.यौनसम्पर्कको समयमा बढी पीडा हुने
४.तौल अस्वाभाविक रूपमा घट्ने वा बढ्ने
५.पेट सुन्निने तथा हावा भरिएजस्तो हुने
६.पिसाब गर्न पीडा र गाह्रो अनुभव हुने आदि
कसरी बच्ने त ?
१.कम उमेरमा विवाह नगर्ने
२.गुप्तांगसम्बन्धी रोगहरूको समयमै उपचार गराउने
३.हरेक एक वर्षमा पाठेघरको (प्याप–स्मेयर) परीक्षण गराउने
४.एकभन्दा बढी व्यक्तिहरूसँग यौनसम्पर्क नगर्ने
५.धेरै बच्चा नजन्माउने
६.गुप्तांगको सरसफाईमा विशेष ध्यान दिने
७.सूर्तीजन्य पदार्थको सेवन नगर्ने ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘म स्वस्थ, मेरो नगर स्वस्थ’ अभियान शुरु
Next article के छ ल्यानसेट कमिसनको विश्वव्यापी सार्वजनिक प्रतिवेदनमा ?

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132097
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web