• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

‘स्नायु नसा पुनः जोड्ने विधि’पछि हात खुट्टा नचल्ने पक्षघात बिरामीले यसरी पाए नयाँ जीवन

July 5th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘स्नायु नसा पुनः जोड्ने विधि’पछि हात खुट्टा नचल्ने पक्षघात बिरामीले यसरी पाए नयाँ जीवन

हेल्थ टुडे,
बीबीसी,२० असारः अस्ट्रेलियाका शल्य चिकित्सकहरूले पक्षघात भएका मानिसहरूको शरीरमा नसालाई पुनः जोडेर उनीहरूको हात र औँलाहरू चल्नसक्ने बनाइएको बताएका छन्। पक्षघात भएका बिरामीहरूले अब आफैँ खान, श्रृङ्गार गर्न, ढोकाको ताल्चा खोल्न, पैसा सम्हाल्न र कम्प्यूटरमा टाइप गर्न सक्छन्। ब्रिसबेनका ३६ वर्षीय पल रोबिनसनले यो नयाँ शल्यक्रियाले आफूलाई कहिल्यै नसोचेको स्वतन्त्रता दिएको बताएका छन्। पूर्ण रुपमा सामान्य व्यक्तिको जस्तो शरीर चल्ने नभए पनि बिरामीका लागि यो सुधार जीवन बदल्ने खालको भएको बताएका छन्।

यो उपचार प्रणालीले कसरी काम गर्छ ?

मेरुदण्डमा चोटपटक लागेपछि बाँकी शरीरलाई नियन्त्रण गर्नका लागि दिमागले सूचना लिन बन्द गर्छ। स्नायु नसाहरू टुटेपछि यस्तो हुने गर्दछ। यसैको असरलाई पक्षघात भनिन्छ। परीक्षणमा राखिएका बिरामीहरूमा दुवै हात र दुवै खुट्टा नचल्ने क्वाड्रिप्लेगिया थियो। तर पनि उनीहरूको हातको माथिल्लो भागको मांसपेसी भने चल्थे। मेरुदण्डबाट चल्ने नसालाई यी मांसपेशीमा पुनः जोडियो। नसालाई काटेर अरू मांसपेसीलाई नियन्त्रण गर्ने नयाँ नसासँग जोडियो । उक्त नसाले हात खोल्ने र बन्द गर्ने अनि अगाडि बढाउने काम गर्न सक्छ।

उदाहरणका लागि, हत्केला उचालेर अनुहारसम्म लैजान सक्ने नसाले हातका सबै औंलाहरू पनि फैलाउन सक्छ। त्यसैले अब जब बिरामीले आफ्नो हात घुमाउने सोच्छ उसको औंलाहरू फैलिन्छन्।  ‘हामीलाई विश्वास छ कि नसा परिवर्तन गर्ने शल्यक्रियाले उत्साहजनक नयाँ विकल्प दिन्छ, जसले पक्षघात भएका बिरामीलाई दैनिक कामकाज गर्न धेरै स्वतन्त्रताका साथै हातले पुनस् काम गर्न थाले परिवारिक र व्यवसायिक जीवनमा भाग लिने क्षमता दिन्छ’, मेलबर्नस्थित अस्टिन हेल्थकी डाक्टर नताशा भ्यान जीलले भनिन्।
यसको लाभ कसलाई ?
पल रबिनसन एकजना परीक्षणमा राखिएका बिरामी थिए। सन् २०१५ को फेब्रुअरीमा आफ्नो मोटरसाइकल दुर्घटनामा परेपछि उनको गर्दनको मेरुदण्ड भाँचियो। उनले भने,‘मेरो हात र औंलाहरू चल्दैन थिए, मेरो पाखुरा कमजोर थियो र त्यहाँभन्दा तल हात चल्दैन थियो ।’ आफ्नो यस्तो अवस्थाले उनी आफ्ना अभिभावकसँग बस्न जानुपर्‍यो ।

उनलाई खानेकुरा टुक्रा बनाउने जस्ता काममा पनि मद्दत चाहिन्थ्यो। सन् २०१५ को क्रिशमसको दुई दिनअगाडि उनको नसा पुन जोडियो। उनलाई त्यो जीवनकै सबैभन्दा पीडादायी अनुभव लाग्छ। त्यसपछि उनको निको हुने प्रक्रिया सुरु भयो र उनले हात र औंलाहरू चलाउन सिक्न फिजियोथेरापी थाले। पलले बीबीसीलाई भने,‘हालसालै म आफ्नै घरमा सरे र अहिले आफैँ बाँचिरहेको छु। मैले मेरो जीवनमा यो सम्भव होला भन्ने कहिल्यै पनि सोचेको थिइन ।’

‘म ह्वीलचियरमा बसेर बल पास गर्ने रग्बी भन्ने खेल खेल्छु र इन्जिनियरिङ पनि पढिरहेको छु।’ ‘यसले मेरो जीवनमा ठूलो परिवर्तन ल्याएको छ–म आफैँ खानेकुरा टुक्र्याउन, सामान्य काँटा चम्मा समाउन र विश्वविद्यालयमा कलम समाएर लेख्न सक्छु ।’
मानिसहरूले आफ्नो शरीरमा कति नियन्त्रण हासिल गर्न सक्छन् ?
यो प्रणालीबाट उपचार गरेपछि कोही पनि कन्सर्टमा पियानो बजाउन सक्ने खालको नहुने डाक्टरहरू बताउँछन्।‘हामी पक्कै पनि सामान्य मानिसले जसरी हात चलाउन सक्ने बनाउँदैनौं,’ डाक्टर भ्यान जीलले बीबीसीलाई भने।

हाम्रो ध्यान खासगरी दुईवटा क्षेत्रमा छ – हात खोल्ने र बन्द गर्ने अनि केही सामान लिनका लागि कुइनोलाई यताउता गर्न सक्ने। डाक्टर भ्यान जीलले थपे,‘त्यसैले तपाईँले आफ्नो हात खोल्न सक्नुहुन्छ र वरपर लैजान सामान टिप्न अनि चिमोट्न सक्नुहुन्छ।’ यतिले पनि कसैको जीवनलाई निकै सहज बनाइदिनसक्छ।
के यसले सबै बिरामीलाई काम गर्छ ?
कस्तो खालको चोटपटक लागेको हो भन्ने कुरामा भरपर्छ। यदि पूर्ण रूपमा पक्षघात हुने गरी मेरुदण्डमा चोटपटक लागेको छ भने त्यस्तो परिस्थितिमा नसालाई पुनस् जोड्नका लागि काम गर्ने अर्को नसा हुँदैन। र यदि मेरूदण्डको निकै तल चोटपटक लागेको छ र हातमा असर गरेको छैन भने यो प्रक्रिया नै आवश्यक पर्दैन।

यद्यपि, अनुसन्धानकर्ताहरूका अनुसार प्रत्येक वर्ष विश्वभर क्वाड्रिप्लेगिया हुने बिरामीको सङ्ख्या २ लाख ५० हजार सम्म हुन्छ। डाक्टर नताशा भ्यान जिलले भनिन्,‘त्यसेले यसबाट बिरामीहरूको ठूलो सङ्ख्याले लाभ लिनसक्छ।’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गर्भपतन गराउने औषधिको जथाभावी प्रयोगले बाँझोपनको समस्या
Next article चिकित्सा शिक्षा आयोगको जिम्मेवारी लिन अनिच्छा, ११ दिनसम्म परेन आवेदन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134104
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web