हेल्थ टुडे,
काठमाडौ,१ साउनः कान्ति बाल अस्पतालमा बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टिङ) र जमिन मुनीको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) जडान गरिएको छ। स्मार्ट पानीले बोर्टलस नेपालको सहयोगमा यो योजनालाई कान्तिमा जडान गरि अस्पताललाई हस्तान्तरण गरेको हो ।
रेन वाटर हार्भेस्टिङ प्रणालीले वर्षातको पानीलाई संचित गरेर खडेरीको सिजनमा यसलाई पुनःप्रयोग गर्न मद्दत गर्दछ। यस प्रविधिले पानीको राम्रो व्यवस्थापन गर्न पनि मद्दत पु¥याउने बोटलर्स नेपालले जनाएको छ।
कान्ति बाल अस्पतालका निर्देशक डा.गणेश कुमार राईले अस्पताल परिसरमा ग्राउन्ड वाटर रिचार्ज प्रणाली लागू गरेपछि ड्रेनेजको उचित व्यवस्थापन गरेर पानीलाई अस्पतालभित्र छिर्नबाट रोक्न सक्ने बताए।
हस्तान्तरण कार्यक्रममा कान्ति बाल अस्पतालका डा.गणेश राई, स्मार्ट पानीका सुमन शाक्य र बोटलर्स नेपालका प्रदीप पाण्डेको उपस्थिति रहेको थियो ।
Leave a Reply