• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

मधुमेहबाट बच्न सानो थाल

May 20th, 2016 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

डा. ज्योति भट्टराई
मधुमेहको प्रमुख कारणमध्ये अनियन्त्रित खानपान पनि एक हो । हामी एकै पटक थालभरि खान्छौं । कोचीकोची खान्छौ । हामीलाई लाग्छ, एक पटक खाए दिनभरिलाई पुग्यो । हामीमध्ये धेरैको घरमा खाना खाने थाल ठूला छन् । हामी जङफुडमा रमाउँछौ । आफ्नो सजिलोका लागि केटाकेटीलाई जङफुडमै टार्ने गर्छौं ।

खाजा भनेकै चाउचाउ, कुरकुरे, लेजजस्तै तयारी खानेकुरालाई ठान्छौं । स्वास्थ्यका लागि भन्दा पनि जिब्रोको स्वाद र सजिलोलाई बढी ख्याल गर्छौ । यही अनियन्त्रित खानापानले मोटोपन बढिरहेको छ । सहरमा त अहिले दुब्ला मान्छे देख्न कम भइसके । सार्वजजिक सवारीसाधनमा यात्रा गर्दा देख्न सकिन्छ, तीनजनाको सिटमा तीनजना अटाउनै मुस्किल परिरहेको हुन्छ । यही मोटोपनले उच्च रक्तचाप, श्वासप्रश्वास, मुटु, मिर्गौला रोगमात्र नभएर मधुमेह पनि ह्वात्तै बढाएको छ । मधुमेहले के बच्चा, के युवा र के प्रौढ कसैलाई पनि छोडेको छैन । पहिलेपहिले झाडापाखाला, हैजाजस्ता सरुवा रोगका कारण धेरै मानिसको ज्यान जान्थ्यो ।

अहिले ठीक उल्टो हुन थालेको छ । सरुवाभन्दा नसर्ने रोगको संक्रमणका कारण धेरैको ज्यान गइरहेको छ । सरुवा रोगको उपचार सस्तो हुन्छ । तर नसर्ने रोगको उपचार एकदमै महँगो हुन्छ । नसर्ने रोग लाग्नै नदिन हामी सबै स्वास्थ्यप्रति सचेत हुनुपर्छ । बिरामी भएपछि डाक्टर छँदैछन् वा अस्पताल छन्दैछन् नि भन्ने धारणा पालेर बस्नु हुँदैन । रोग लाग्न नदिन हामीले आफ्नो जीवनशैली परिवर्तन गर्नै पर्छ । यदि जीवनशैली परिवर्तन गर्न सकेनौं भने जति बेला पनि ठूलठूला रोगले संक्रमण गर्ने निश्चित छ । जीवनशैली परिवर्तन गर्नुपर्ने तरिका धेरै छन् । तीमध्ये एकै पटक धेरै खाने बानी छोड्नु पनि एक हो । थोरै भात खाऔ । दुई मुठी चामलको भातभन्दा बढी नखाऔ । त्यसमा पनि सकभर सेतो चामल कम गरौं । भातसंग दाल, सागसब्जी र सलाद खाऔं ।

एकै पटक धेरै खानुको सट्टा तीन—तीन घन्टाको फरकफरकमा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । दिनमा पानी कम्तीमा चार लिटर पिऔं । मधुमेहबाट बच्न यही खानुपर्छ भन्ने छैन । थोरैथोरै खाने, चिल्लो कम भएको खाना खाने, सागपात फलफूल खाने, पानी बढी पिउने, दैनिक शारीरिक अभ्यास गर्नुगर्छ । जङफुडबाट भने बच्नै पर्छ । हिजोआज जहाँजहाँ सडक पुगेको छ, त्यहाँ मधुमेहका बिरामी बढी देखिन थालेका छन् । त्यसको एउटै कारण हो जङफुड । जहाँ सडक त्यहाँ मधुमेहजस्तै भएको अहिले त । सडक नहुन्जेल मानिसहरू स्थानीय बजारमा गएर सागपात, तरकारी, फलफूल बेच्छे । बारीमा उम्रिएको खान्थे । तर अहिले समय फेरिएको छ । सडक पुग्नु नराम्रो होइन । विकास हो । तर यसले ग्रामीण जीवनशैली बदलिदिएको छ । बाटो पुग्यो कि त्यहाँ सबैभन्दा पहिले जङफुड पुग्छ । फलफूल बेच्ने पसले जङफुड बेच्न थाल्छन् । स्थानीयवासी सागपात खान छोडेर तयारी खान थाल्छन् ।

जसको परिणामस्वरूप सडक पुगेका बस्तीमा मधुमेहको प्रकोप बढिरहेको छ । तरकारी बेचेर चाउचाउ किनेर लैजाने महिला थुप्रै छन् । सहरमा पाइने अधिकांश तरकारीमा विषादी प्रयोग गरिएको हुन्छ । विषादी हालेको तरकारी खाने मानिसमा दुई गुना मधुमेह हुने सम्भावना हुन्छ । मधुमेहका विषयमा सरकारी र निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्र्मीसमेत पूर्ण जानकार छैनन् । उनीहरूलाई मधुमेहसम्बन्धी तालिम दिनुपर्छ । स्कुल वरिपरि तयारी खाना बेच्न प्रतिबन्ध लगाउनुपर्छ । मधुमेह सबै उमेरसमूहमा देखिएको छ । युवा अवस्थामै यो समस्याले सताउन थालेको पाइन्छ । केही समय पहिले धरानमा गरेको अध्ययनमा २० वर्ष उमेरसमूहका साढे सात प्रतिशतमा मधुमेहको समस्या देखिएको छ । राजधानीमा त यो संख्या त्योभन्दा धेरै बढी छ ।

काठमाडौंमा गरिएको अर्को अध्ययनले २५ प्रतिशत मधुमेहलाई रोकथाम गर्न सकिने देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालसहित दक्षिण पूर्वी एसियाका मधुमेहको संक्रमण चार प्रतिशतबाट वृद्धि भएर साढे आठ प्रतिशत पुगेको छ । सन् २०१२ मा दक्षिणपूर्वी एसियामा रगतमा अत्यधिक चिनीका कारण १० लाख मानिसको मृत्यु भएको थियो । जसमा मधुमेहको प्रत्यक्ष कारणका साथै मधुमेहको जटिलता र परिणामहरू जस्तै मिर्गौलाले काम नगर्ने, मुटुसम्बन्धी रोग र क्षयरोग छन् । मधुमेहको समयमै उपचार नगराउँदा जटिल समस्या आउँछन् । यसले आँखा, मिर्गौला, मुटु र खुट्टामा समेत असर पर्छ । त्यसैले मधुमेहसहित अन्य नसर्ने रोगबाट बच्न आफ्नो जीवनशैली परिवर्तन गर्न जरुरी छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सूचनामा फेरि खड्का
Next article पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

किड्नी जोगाउन डा.काफ्लेको प्रिस्कृप्सन

किड्नी जोगाउन डा.काफ्लेको प्रिस्कृप्सन

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132526
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web