• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 15th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

मधुमेहबाट बच्न सानो थाल

May 20th, 2016 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

डा. ज्योति भट्टराई
मधुमेहको प्रमुख कारणमध्ये अनियन्त्रित खानपान पनि एक हो । हामी एकै पटक थालभरि खान्छौं । कोचीकोची खान्छौ । हामीलाई लाग्छ, एक पटक खाए दिनभरिलाई पुग्यो । हामीमध्ये धेरैको घरमा खाना खाने थाल ठूला छन् । हामी जङफुडमा रमाउँछौ । आफ्नो सजिलोका लागि केटाकेटीलाई जङफुडमै टार्ने गर्छौं ।

खाजा भनेकै चाउचाउ, कुरकुरे, लेजजस्तै तयारी खानेकुरालाई ठान्छौं । स्वास्थ्यका लागि भन्दा पनि जिब्रोको स्वाद र सजिलोलाई बढी ख्याल गर्छौ । यही अनियन्त्रित खानापानले मोटोपन बढिरहेको छ । सहरमा त अहिले दुब्ला मान्छे देख्न कम भइसके । सार्वजजिक सवारीसाधनमा यात्रा गर्दा देख्न सकिन्छ, तीनजनाको सिटमा तीनजना अटाउनै मुस्किल परिरहेको हुन्छ । यही मोटोपनले उच्च रक्तचाप, श्वासप्रश्वास, मुटु, मिर्गौला रोगमात्र नभएर मधुमेह पनि ह्वात्तै बढाएको छ । मधुमेहले के बच्चा, के युवा र के प्रौढ कसैलाई पनि छोडेको छैन । पहिलेपहिले झाडापाखाला, हैजाजस्ता सरुवा रोगका कारण धेरै मानिसको ज्यान जान्थ्यो ।

अहिले ठीक उल्टो हुन थालेको छ । सरुवाभन्दा नसर्ने रोगको संक्रमणका कारण धेरैको ज्यान गइरहेको छ । सरुवा रोगको उपचार सस्तो हुन्छ । तर नसर्ने रोगको उपचार एकदमै महँगो हुन्छ । नसर्ने रोग लाग्नै नदिन हामी सबै स्वास्थ्यप्रति सचेत हुनुपर्छ । बिरामी भएपछि डाक्टर छँदैछन् वा अस्पताल छन्दैछन् नि भन्ने धारणा पालेर बस्नु हुँदैन । रोग लाग्न नदिन हामीले आफ्नो जीवनशैली परिवर्तन गर्नै पर्छ । यदि जीवनशैली परिवर्तन गर्न सकेनौं भने जति बेला पनि ठूलठूला रोगले संक्रमण गर्ने निश्चित छ । जीवनशैली परिवर्तन गर्नुपर्ने तरिका धेरै छन् । तीमध्ये एकै पटक धेरै खाने बानी छोड्नु पनि एक हो । थोरै भात खाऔ । दुई मुठी चामलको भातभन्दा बढी नखाऔ । त्यसमा पनि सकभर सेतो चामल कम गरौं । भातसंग दाल, सागसब्जी र सलाद खाऔं ।

एकै पटक धेरै खानुको सट्टा तीन—तीन घन्टाको फरकफरकमा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । दिनमा पानी कम्तीमा चार लिटर पिऔं । मधुमेहबाट बच्न यही खानुपर्छ भन्ने छैन । थोरैथोरै खाने, चिल्लो कम भएको खाना खाने, सागपात फलफूल खाने, पानी बढी पिउने, दैनिक शारीरिक अभ्यास गर्नुगर्छ । जङफुडबाट भने बच्नै पर्छ । हिजोआज जहाँजहाँ सडक पुगेको छ, त्यहाँ मधुमेहका बिरामी बढी देखिन थालेका छन् । त्यसको एउटै कारण हो जङफुड । जहाँ सडक त्यहाँ मधुमेहजस्तै भएको अहिले त । सडक नहुन्जेल मानिसहरू स्थानीय बजारमा गएर सागपात, तरकारी, फलफूल बेच्छे । बारीमा उम्रिएको खान्थे । तर अहिले समय फेरिएको छ । सडक पुग्नु नराम्रो होइन । विकास हो । तर यसले ग्रामीण जीवनशैली बदलिदिएको छ । बाटो पुग्यो कि त्यहाँ सबैभन्दा पहिले जङफुड पुग्छ । फलफूल बेच्ने पसले जङफुड बेच्न थाल्छन् । स्थानीयवासी सागपात खान छोडेर तयारी खान थाल्छन् ।

जसको परिणामस्वरूप सडक पुगेका बस्तीमा मधुमेहको प्रकोप बढिरहेको छ । तरकारी बेचेर चाउचाउ किनेर लैजाने महिला थुप्रै छन् । सहरमा पाइने अधिकांश तरकारीमा विषादी प्रयोग गरिएको हुन्छ । विषादी हालेको तरकारी खाने मानिसमा दुई गुना मधुमेह हुने सम्भावना हुन्छ । मधुमेहका विषयमा सरकारी र निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्र्मीसमेत पूर्ण जानकार छैनन् । उनीहरूलाई मधुमेहसम्बन्धी तालिम दिनुपर्छ । स्कुल वरिपरि तयारी खाना बेच्न प्रतिबन्ध लगाउनुपर्छ । मधुमेह सबै उमेरसमूहमा देखिएको छ । युवा अवस्थामै यो समस्याले सताउन थालेको पाइन्छ । केही समय पहिले धरानमा गरेको अध्ययनमा २० वर्ष उमेरसमूहका साढे सात प्रतिशतमा मधुमेहको समस्या देखिएको छ । राजधानीमा त यो संख्या त्योभन्दा धेरै बढी छ ।

काठमाडौंमा गरिएको अर्को अध्ययनले २५ प्रतिशत मधुमेहलाई रोकथाम गर्न सकिने देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालसहित दक्षिण पूर्वी एसियाका मधुमेहको संक्रमण चार प्रतिशतबाट वृद्धि भएर साढे आठ प्रतिशत पुगेको छ । सन् २०१२ मा दक्षिणपूर्वी एसियामा रगतमा अत्यधिक चिनीका कारण १० लाख मानिसको मृत्यु भएको थियो । जसमा मधुमेहको प्रत्यक्ष कारणका साथै मधुमेहको जटिलता र परिणामहरू जस्तै मिर्गौलाले काम नगर्ने, मुटुसम्बन्धी रोग र क्षयरोग छन् । मधुमेहको समयमै उपचार नगराउँदा जटिल समस्या आउँछन् । यसले आँखा, मिर्गौला, मुटु र खुट्टामा समेत असर पर्छ । त्यसैले मधुमेहसहित अन्य नसर्ने रोगबाट बच्न आफ्नो जीवनशैली परिवर्तन गर्न जरुरी छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सूचनामा फेरि खड्का
Next article धुलिखेल अस्पतालमा अत्याधुनिक टेस्ला एमआरआई सेवा

Health Today Nepal

Related Posts

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

Leave a Reply Cancel reply

Timeline
Jan 14th 10:53 AM
समाचार

सुस्वास्थ्य हस्पिटल छैटौं वर्षमा , १० हजार भन्दा बढीको सफल उपचार 

Jan 14th 6:02 AM
समाचार

परराष्ट्रमन्त्रीले भारतसंग कोभिड–१९खोप नेपाल ल्याउन ठोस वार्ता गर्ने

Jan 13th 3:52 PM
बिशेषज्ञ लेख

किन हुन्छ बच्चा भक्भके ?

Jan 13th 3:35 PM
समाचार

कहिले आउँछ नेपालमा कोभिड–१९ विरुद्धको खोप ?

Jan 10th 10:50 AM
समाचार

भारतमा माघ ३ देखि कोभिड खोप दिन सुरु हुने, पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मीलाई दिइने

Dec 25th 3:59 PM
समाचार

स्वास्थ्य सामग्री खरिदमा मुछिएका ढकाल स्वास्थ्य मन्त्रीबाट हटाइए, स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी हृदयेश त्रिपाठीलाई

Dec 25th 3:49 AM
समाचार

वैद्यखानाको च्यवनप्राश उत्पादन ठप्प

Dec 17th 11:25 AM
समाचार

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे बुझ्न लेखाले  स्वास्थ्यमन्त्री ढकाललाई बोलायो

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

988
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web