• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ह्वात्तै किन बढे महिला यौनकर्मी ?

February 20th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ह्वात्तै किन बढे महिला यौनकर्मी ?

स्वास्थ्य मन्त्रायल मातहतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको समेत संलग्नतामा हालै गरिएको एक अध्ययनले नेपालमा महिला यौनकर्मीको संख्या ह्वात्तै बढेको रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टले ६ वर्षको अवधिमा नेपालमा महिला यौनकर्मीको संख्या दोब्बर बढेको देखाएको छ ।
स्वास्थ्य मन्त्रालयले ठिक ६ बर्ष पहिले गरेको सर्वेक्षणले नेपालमा २७ हजार यौनकर्मि रहेको अनुमान गरेको थियो । त्यसपछि ग्लोबल फन्डले गरेको आईबीबीएस (इन्टिग्रेटेड बायोलोजिकल एन्ड बिहेवियरल सर्भिलेन्स) सर्भेक्षणले पनि नेपालमा २७ हजार यौनकर्मी महिला रहेको औंल्याएको थियो । तर यो ६ बर्षको अवधिमा महिला यौनकर्मिको संख्या दोब्बर अर्थात ५४ हजार १९७ रहेको देखायो । केन्द्रको अगुवाईमा सेभ द चिल्ड्रेन, ग्लोबल फण्ड र यो क्षेत्रमा कार्यरत सम्बन्धित अन्य सञ्जालहरुको सहकार्यमा २०७३ भदौदेखि मंसिरसम्म ४४ जिल्लामा तथ्यांक संकलन र ३१ जिल्लाको आकलन गरि रिपोर्ट सार्वजनिक गरिएको छ । अध्ययनले नेपालमा महिला यौनकर्मीको संख्या न्युनतम ४३ हजार ८२९ देखि अधिकतम ५४ हजार १९७ रहेको देखाएको छ । यौन व्यवसाय परापूर्व कालदेखि नै चलिआएको व्यवसाय हो । यो एकाएक नेपालमा आयातित भएको होइन । संसारमा यौन व्यवसाय पुरानो पेसाका रूपमा लिइन्छ । युरोप, अमेरिका, अफ्रिकामात्र नभएर कतिपय एसियन देशका लागि समेत यौन व्यवसाय आयआर्जन गर्ने गतिलो माध्यम बनेको छ । थाइल्यान्ड, सिंगापुर, भारतलगायतका एसियाली मुलुकहरूले यौन व्यवसायबाट अर्बौं कमाउँछन् ।
यो व्यवसायलाई पर्यटन व्यवसायको मुख्य आधारका रूपमा लिइन्छ त्यहाँ । यौन व्यवसायलाई कानुनी मान्यता प्रदान गरेका देशहरूका लागि त यो मनोरञ्जनका साथै राजस्वको राम्रै स्रोत बनेको छ । हाम्रो देशमा यो व्यवसायलाई राज्यले कानुनी मान्यता दिएको छैन । तर यसको अर्थ यो व्यवसाय छैन भन्ने होइन । यो व्यवसायले कानुनी मान्यता नपाएपछि दिनप्रतिदिन फस्टाइरहेको छ । यसमा सयौं होइन हजारौ युवायुवती संलग्न छन् । राजधानीका तारे होटेलदेखि डान्सबारसम्म, गेस्ट हाउसदेखि भट्टीसम्म, बसपार्कदेखि सडकपेटीसम्म यो व्यवसाय व्याप्त छ । राजधानीलगायत नेपालका प्रमुख सहरहरू धरान, विराटनगर, नारायणघाट, पोखरा, नेपालगन्ज, बुटवल, धनगढी, वीरगन्जलगायत सबै सहरमा यौन व्यवसाय फस्टाउँदो छ । निजामती सेवादेखि प्रहरी, सुरक्षा निकाय, राजनीतिज्ञ, सवारीचालक, व्यापारी, उद्योगी यी सबै यौनकर्मिका ग्राहक हुन् ।
आखित किन बढ्दैछन त यौनकर्मी महिला ?
नेपालमा ६ बर्षमा किन बढे त महिला यौनकर्मी ? यसको उत्तर ठ्याक्के सहज छैन । यौनकर्मी महिलाको अधिकारर रक्षाका क्षेत्रमा कार्यरत जागृति महिला महासंघकी कार्यक्रम निर्देशक विजया ढकालका अनुसार नेपालमा यौन व्यवसायमा रहेका ठूलो संख्यामा रहेका महिला पढेलेखेका छैनन् । उनीहरुमध्ये अधिकांश जिवन निर्वाह गर्न पुग्ने रोजगारी नपाएर यो क्षेत्रमा आएका हुन । रहरले यो पेसामा आएका महिला भए पनि त्यो संख्या निकै कम र त्यो अदृश्य छ । जिवन निवार्ह गर्न पुग्ने रोजगारी नपाएरै यो व्यवसायमा महिलाको संख्या बढेको ढकालको बुझाई छ । यसका अलावा महिलामाथि हुने यौन हिंसा, घरेलु हिंसा र अन्य हिंसा सहन नसकी सबैबाट तिरस्कृत भए पछि बाच्नका लागि मात्र भएपनि यो पेसामा आएका महिला बढी छन् । पछिल्ला दिनमा कलेज पढ्दा पढ्दै यो व्यवसाय अंगाल्ने युवतीको संख्या बढ्दै गइरहेको पाइएको छ । शहरमा हाइफाई जिवनशैली जिउन चाहने तर घरबाट बुबाआमाले पढाईका लागि भनेर पठाएको सिमित खर्चले पुग्ने अवस्था नभएपछि कलेज अध्ययनरत केटीहरु यो व्यवसायमा आउने गरेको विजया सुनाउछिन । उनी भन्छिन, ‘राजधानीमा रोगजारी पाउन मुस्किल हुने र पाई हालेपनि न्युनतम तलवले महिनाको खर्च टार्न धौधौ हुने भएकाले सजिलै धेरै पैसा कमाउने पेसाको रुपमा उनीहरुले यो व्यवसाय सुरु गर्ने गरेको पाइन्छ । ’
महिला हिंसा सहन नसकेर बाध्यतावस यो व्यवसायमा लागेका अधबैसे महिलाको तुलनामा कलेज पढ्ने युवतीहरुले यो व्यवसायबाट महिलामा सजिलै लाख भन्दा बढी कमाउन सकिने भएकाले यौनकर्मी महिलाको संख्या बढेको पाइएको छ । यौनकर्मी महिलाको अधिकारका क्षेत्रमा कार्यरत शान्ति तिवारीका अनुसार गत वर्ष गएको भूकम्प पनि यौनकर्मि महिलाको संख्या बढाउने प्रमुख कारण हो । भूकम्पका कारण घरवार विहिन भएर राजधानी छिरेका महिलाहरु पनि पेट पाल्न र बालबच्चाको पढाईका लागि यौनकर्मि भएका छन् । यो संख्या ठूलो रहेको उनको अनुमान छ ।
बैदेशिक रोजागरीमा गएका नेपाली पुरुषको संख्या ३० लाख भन्दा बढी छ । त्यहा गएका सबैले राम्रो आम्दानी गर्छन र गरेका छन भन्ने छैन । लामो समयको लागि रोजागारीका लागि खाडी लगायत विदेश गएकाहरु मध्ये आधा भन्दा बढी विवाहित छन । लामो समयसम्म यौनसम्पर्क गर्न नपाउदा र खर्चको अभाव भएपछि उनीहरुका श्रीमती पनि यो पेसामा आउने गरेको पाइएको छ । यसले पनि यौनकर्मी महिलाको संख्या बढाउनमा बल पुगेको जागृति महिला महासंघका कार्यक्रम प्रवन्धक राजन केसी बताउछन् ।
आफ्नो श्रीमानबाट यौन सन्तुष्ट नहुने महिलाको संख्या पनि उल्लेख्य रहेको पाइन्छ । व्यापार व्यवसायमा बढी व्यस्त रहने, श्रीमतीलाई समय दिन नसक्ने, बाहिरको महिलासंग बढी हिमचिम गर्ने अधिकांश पुरुषका पत्नी कुनै न कुनै रुपले यौन व्यवसायमा लागेको पाइन्छ ।
धेरैजसो यौनकर्मीले बालबच्चालाई आफ्नो पेसा लुकाउछन् । उनीहरूलाई राम्रो स्कुल, कलेज पढाइरहेका छन् । आफ्ना अनुहार उनीहरूमा देखिरहेका हुन्छन् ।
यौनकर्मी महिलाको संख्या ह्वात्तै बढ्नु स्वास्थ्यको दृष्टिले जोखिमपूर्ण मानिन्छ । एचआईभी र एड्सको जोखिममा रहेका समूहमध्ये महिला यौनकर्मी पहिलो नम्बरमा आउछन । जानेर होस वा नजानेर होस र कहिले काही बाध्यताबस समेत उनीहरु असुरक्षित यौन सम्पर्कको अवस्थाामा पुग्ने गरेका छन् । धेरैलाई असुरक्षित यौन सम्पर्कका कारण यौनरोगका साथै एचआईभी संक्रमण हुने थाहा भए पनि उनीहरुका ग्राहकले कण्डम लगाउन नमान्ने प्रवृतिले उनीहरु उच्च जोखिममा रहेका हुन्छन । यौनकर्मी महिलाको संख्या बढ्नु भएको एचआईभी संक्रमणको जोखिम बढ्नु हो । त्यसैले सरकारले यो समूहसम्म एचआईभी जनचेतना जस्ता कार्यक्रम लैजानु पर्छ । अनिश्चित गर्भपतन, बलात्कार, यौनदुव्यवहार लगायतका घटना पनि उनीहरुमाथि बढी हुने गरेको छ ।सरकारले एचआईभी र यौनकर्मी महिलासंग गरिदै आएको दोहोरो चरित्र देखाउनु हुदैन । एकातिर एचआईभी संक्रमण रोक्न भनेर सरकारी निकाय स्वास्थ्य मन्त्रालयले महिला यौनकर्मीलाई सुरक्षित यौन सम्पर्कका लागि कण्डम बाढ्दै हिड्ने र अर्को निकाय गृह मन्त्रालय मातहतका प्रहरीले कण्डम बोकेकै निहूमा यौनकर्मीलाई पक्रने गर्नु बन्द गर्नु पर्छ । यौनकर्मी महिलामाझ परिवार नियोजनका कार्यक्रम बिस्तार गर्नु पर्छ ।
उनीहरुले सहज रुपमा परिवार नियोजन सेवा उपलब्ध गराउनु पर्छ । नेपाल परिवार नियोजनले उनीहरुको पहूच बढाउन प्रयास गरिरहेको भए पनि त्यो प्रयाप्त हुन सकेको छैन । यसमा सरकारले सहयोग गर्नु पर्छ । संविधानले नै हरेक महिलालाई प्रजनन् तथा स्वास्थ्यका अधिकार प्रदान गरेको छ । त्यसका् ग्यारंटी सरकारले गर्नु पर्छ ।
स्वास्थ्य सेवासम्म पहूच नभएकाले अधिकांश यौनकर्मि आफ्ना स्वास्थ्य समस्या लुकाएर राख्ने गरेका छन । किनकी यौनकर्मि भएको थाहा पाए पछि भर्ना गरिएको विरामीको समेत उपचार हुने अवस्था छैन । अधिकांश यौन व्यवासायी आफ्नो पेसा परिवर्तन गर्न चाहन्छन् तर उनीहरुका सामुन्ने उचित विकल्प छैन् । सानोतिनो सिलाई, बुनाई, कटाईको तामिल गरेर सुरु गर्ने व्यवसायबाट त हातमुख जोर्न पनि सकिदैन । अनी उनीहरु त्यही पेसामा फर्कन बाध्य छन् । सरकारले साच्चिकै यौनकर्मी महिलालाई यो पेसाको विकल्प दिने हो भने उनीहरुको जिविकोपार्जन हुने किसिमको रोजागारीको प्रवन्ध गर्नु पर्छ । नत्र गरेको जस्तो देखाएर नाम मात्रका सिपमूलक तालिमले यो पेसामा लाग्ने महिलाको संख्या घट्दैन । – पदमराज जोशी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यमा सुदूरपश्चिम उत्कृष्ठ
Next article शिल्पाले सार्वजनिक गरिन् हेल्थ वेभसाइट

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133371
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

52
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

41
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web