• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हरेक अञ्चल अस्पतालमा डाइलासिस सेवा

March 9th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

स्वास्थ्य मन्त्री गगनकुमार थापाले देशका सबै अञ्चल अस्पतालमा मिर्गौलाका विरामीका लागि डाइलासिस सेवा सञ्चालन गर्न लागिएको बताएका छन् । विश्व मिर्गौला दिवसको अवसरमा मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठान, पुल्चोकको संयुक्त आयोजनामा राजधानीको खुल्ला मञ्चमा आयोजना गरिएको विशेष समारोहमा मन्त्री थापाले डाइलासिस सेवा राजधानी सहित बाहिरका केही अस्पतालमा मात्र उपलब्ध भएकाले सयौं विरामीलाई आउजाउमा समस्या परेकोले यो सेवा छिट्टै अञ्चल अस्पतालसम्म विस्तार गर्न लागिएको जानकारी दिएका हुन । मन्त्री थापाले आउँदो बैसाखदेखि सरकारले मिर्गौला प्रत्यारोपण समेत निशुल्क गर्ने गृहकार्य भइरहेको बताए । मिर्गौला रोग लागेपछि त्यसको उपचारमा राज्यले गर्न सक्ने सबै कुरा गरिसकेको दाबी गर्दै अब उपचारभन्दा यो रोग लाग्नै नदिन तर्फ लाग्ने अहिलेको अर्को आवश्यकता रहेको औल्याए । उनले भने, ‘ सरकारले यो भन्दा बढी गर्न सक्ने अवस्था छैन । अव उपचारमा भन्दा रोग लाग्नै नदिने हामी सबै लाग्नु पर्छ । ’ आफू मन्त्री भएपछि डाइलासिस सेवा निशुल्क, मस्तिष्क मृत्यु सम्बन्धि कानून र एक हजार स्वास्थ्य चौकीमा मिर्गौला रोग परिक्षण सेवा उपलब्ध गराइसकेको जानकारी गराउदै मन्त्री थापाले
मिर्गौला बचाउन व्यापक जनचेतना आवश्यक रहेको बताए ।
कार्यक्रममा मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले विश्वमा तिब्र गतिमा बढी रहेको मोटोपनले मिर्गौलाको समस्या पनि बढी रहेको बताए ।
उनले भने, ‘ मोटा व्यक्तिहरुमा ५ देखि ७ गुणा ज्यादा मृगौला फेल हुने जोखिम हुन्छ । ’
समारोहमा आरोग्य प्रतिष्ठानका अध्यक्ष एवं गायिका आनी छोईङ्ग डोल्माले मन्त्री थापालाई अंगदान कार्ड हस्तान्तरण गरिन । थापाले हालै अंगदान गरेका थिए । विश्व मिर्गौला दिवसको अवसरमा मानव अंग प्रत्यारोपण केन्द्रले टुडिखेलमा सर्वसाधारणका लागि निशुल्क मृगौला, मुटु, कलेजो तथा अङ्गदान शिविर सञ्चालन गरेको थियो । कार्यक्रममा पत्रकारिताका माध्यममाबाट मिर्गौला रोगको रोकथाम सम्बन्धि जनचेतना जगाउनमा उल्लेख्य योगदान गरेको भन्दै कान्तिपुर दैनिकका वरिष्ठ स्वास्थ्य पत्रकार अतुल मिश्रलाई नगद २५ हजार सहित सम्मान गरिएको थियो । मिर्गौला रोगका बिषयमा जनचेतना जगाउदै बसन्तपुरबाट बिहान सुरु भएको र्याली टुडिखेलमा आएर सभामा परिणत भएको थियो । कार्यक्रममा गायिका छोइङ्ग डोल्मा, संगितकार न्ह्यु बज्राचार्य, श्याम नेपाली र बिश्व नेपालीलगायतले आफनो साङ्गितिक प्रस्तुतिले मनोरन्जन प्रदान गरेका थिए । हरेक वर्ष मार्च महिनाको दोस्रो विहिवार विश्व मिर्गौला दिवस बनाइने गरिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किड्नी जोगाउन डा.काफ्लेको प्रिस्कृप्सन
Next article विश्व मिर्गौला दिवसमा ‘ किड्नी वाक ’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132235
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web