• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

डा.रञ्जिताको सपना , दाँतको छुट्टै अस्पताल

May 4th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा.रञ्जिताको सपना ,  दाँतको छुट्टै अस्पताल

 

देशमा आँखा अस्पताल छन्, हड्डीका अस्पताल छन् । मुटुको मात्रै उपचार हुने छुट्टै अस्पताल खुले । न्युरोको मात्रै उपचार गर्ने अस्पताल स्थापना भए । डा. रञ्जिताको सपना छ राज्यले अब दाँतको मात्रै उपचार गर्ने विशेष अस्पताल पनि स्थापना गरोस् !

त्यसो किन त  आम मानिसजस्तै डाक्टर नबन्दासम्म रञ्जितालाई पनि मुख स्वास्थ्यबारे त्यति धेरै चाँसो थिएन । उनको घरको वातावरण नै यस्तो भइदियो कि ‘कोभन्दा को के कम ’ डा.रञ्जिता पनि कम भइनन् ।

बालबालिकाका लागि सिकाइको पहिलो स्रोत उसको घरपरिवार नै हो भन्ने कुरा रञ्जिताको जीवनमा लागू भयो । त्यही परिवारले रञ्जितालाई डाक्टर बनायो । डा. रञ्जिताकी दिदी डा. रेश्मी श्रेष्ठ, राजिता श्रेष्ठ र दाइ दिनेशलाल श्रेष्ठ सानैदेखि पढाइमा अब्बल थिए । दिदी रेश्मी असाध्यै मेहनती, लगनशील र अनुशासित लाग्थ्यो । दिदी र दाइको आनीबानी आफूमा लागू गर्न उनले सधंै प्रयास गरिन् ।

बुवा राजेशलाल श्रेष्ठ र आमा राजेश्वरी श्रेष्ठको सपना छोरालाई इन्जिनियर,  छोरीहरुलाई डाक्टर र कान्छीलाई वकिल बनाउने थियो । राजधानीको फ्युचर स्टार्सबाट एसएलसी गरेपछि भने रञ्जिताले विश्व निकेतनबाट आईएस्सी गरिन् । उनले बुवाको चाहनाभन्दा पनि दिदी रेश्मीकै पथ पछ्याइन् ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पहिलो ब्याचमा बीडीएस (ब्याचलर अफ डेन्टल सर्जरी) गरेर उनी वीर अस्पतालमा दुई महिना भोलेन्टियर सेवा गरिन् । वीर अस्पतालमा सेवा सुरु गरेको दुई महिनापछि डा. रञ्जिता युनाइटेड मिसन टु नेपालमा दुई वर्ष जागिरे भइन् । त्यहाँ सेवारत रहँदा १३ वर्षपछि वीरमा खुलेको स्थायी दन्तचिकित्सकको विज्ञापनमा आवेदन गरिन् । सधंै पढाइमा प्रथम र अब्बल रञ्जिताको नाम ननिस्कने कुरै भएन । त्यसपछि उनी सरकारी डाक्टरका रूपमा नियुक्त भएर भक्तपुरमा सेवा गर्न थालिन् ।

दुई वर्ष भक्तपुरमा स्वास्थ्यकर्मी भएर बिताएपछि वीरमा पहिलोपटक पेरियो डेन्टोलोजी एन्ड ओरल इम्प्लान्टोलोजी पढाइ सुरु भयो । उनी मास्टर गर्न त्यहाँ भर्ना भइन् । पहिलो ब्याजमा पहिलो श्रेणीमा पास गरेपछि उनले मुख स्वास्थ्यमा केही गर्नुपर्छ भन्ने सपनाका साथ सेवा अगाडि बढाउने निधो गरिन् । ‘मैले मेरो सेवाका क्रममा मानिसले मुख स्वास्थ्यलाई निकै कम प्राथमिकता दिएको पाएँ’, उनले भनिन्, ‘कताकता राज्यले पनि मुख स्वास्थ्यलाई अन्य जस्तै गम्भीर रूपमा नलिएको भान हुन्छ, किनकि अहिलेसम्म आँखा, हड्डी, न्युरोजस्तै मुख वा दाँतको छुट्टै अस्पताल वा विभाग स्थापना सरकारले गरेको छैन ।’

छोराछोरीबीच विभेद गरिने नेपाली समाजमा रञ्जिताले भने त्यो झनकसम्म पाइनन् । तर उनले स्वास्थ्य सेवामध्ये मुख स्वास्थ्यलाई व्यक्तिदेखि सरकारसम्मले अलिक विभेद गरेको हो कि भन्ने भान उनलाई हुन्छ । डा. रञ्जिताले भनिन्, ‘मुखमा यदि ब्याक्टेरियल संक्रमण भयो भने यसले शरीरका सबैभागलाई असर गर्छ ।’

मानिसले औंला मर्किनासाथ हड्डीको डाक्टर खोज्छन् । थोरै चोट लाग्यो वा काटियो भने अस्पताल धाउँछन् । कम्मर दुखोस् वा टाउको मानिस उपचारका लागि तयार हुन्छन् । तर मुखभित्र दाँतमा चिसो तातोले असर गर्दा होस् कि गिजा सुन्निँदा होस् मानिसले त्यति धेरै प्रवाह गरेको हुँदैन । डा. रञ्जिता यो नै भविष्यका लागि जटिल समस्याको कारण भएको सुनाउँछिन् । मुख स्वास्थ्य सम्पूर्ण स्वास्थ्यका लागि अनिवार्य भएको उनको ठम्याइँ छ । यदि मानिसको मुखमा ब्याक्टेरियल इन्फेक्सन भयो भने त्यसको असर शरीरको अन्य भागमा पनि पर्नेबारे डा.रञ्जिता सचेत गराउँछिन् । ‘मुख मानिसको शरीरका लागि प्रवेशबिन्दु हो’, डा. रञ्जिताले भनिन्, ‘त्यही संक्रमित भयो भने त्यसको असर आन्द्रामा पर्छ, मुख, दाँत, गिजाको रोगले मुटुरोग, श्वासप्रश्वासको रोग, अल्जाइमर र अप्रत्यक्ष रूपमा दिमागी रोगसम्म हुन सक्छ ।’

नेपाली समाजमा अहिले पनि गर्भवती र सुत्केरी अवस्थामा दाँत माझ्न हुन्न भन्ने गरिन्छ । ‘त्यो त सरासर गलत हो’, डा.रञ्जिता भन्छिन्, ‘ गर्भवती र सुत्केरी अवस्थामा त झन् मुख स्वास्थ्यलाई विशेष ध्यान दिनु पो पर्छ, गर्भवती महिलाको मुखमा संक्रमण भयो भने त्यसको असर गर्भावस्थामा पर्छ । यसले समय नपुग्दै बच्चा जन्मने र कम तौलको बच्चा जन्मने खतरा हुन्छ ।’ त्यतिमात्रै होइन आमाको मुख स्वास्थ्य राम्रो भएन भने बच्चाको वृद्धिसमेत राम्रो नहुने डा.रञ्जिता बताउँछिन् ।

डाक्टर बन्नका लागि आमा, बुवा, दाजु, दिदीहरूको प्रेरणा जति ऊर्जाशील रह्यो डाक्टर बनिसकेपछि सासू, ससुरा, श्रीमान् सबैको हौसला र साथ झन् बढी अमूल्य रहेको उनको अनुभव छ । सन् २००९ मा इन्जिनियर दिपेश गोर्खालीसँग विवाह गरेर गोर्खाली परिवारमा समाहित भएपछि रञ्जिता कहिल्यै आफू बुहारी भएको अनुभव गरिनन् । उनले घरमा जहिल्यै छोरीको जस्तै स्नेह र माया पाइन् । ‘उहाँहरूले यो फिल्ड बुझेकाले पनि त्यस्तो भएको हो कि ?’, रञ्जिताले भनिन्, ‘मेरो जहिल्यै वास्ता गर्नुभयो, समयको महत्वमात्र होइन, मेरा समस्याहरू के हुन सक्छन् भन्ने पनि सासू, ससुराले नै हेक्का राखिदिनुभयो ।’

रञ्जिताका ससुरा महेश गोर्खाली नेपाल फर्मास्विटिकल्सका अध्यक्ष, नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष र नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने अभियानका अभियन्ता हुन् । उनीकी सासू दीपा गोर्खाली नेपाल फर्मास्विटिकल्सकी डाइरेक्टर हुन् । रञ्जिताका दुई छोरी छन् सान्भी र दृशा  । साढे तीन वर्ष र डेढ वर्षकी दुवै छोरीको स्याहारसुसारमा उनले कहिल्यै तनाव लिनु परेन । सासूससुरा र परिवारकै सदस्यले त्यो सबै गरिदिएपछि उनलाई वीर अस्पतालमा डेन्टिस्ट बनेर जनतालाई सेवा दिइरहन सहज भयो ।

‘मभन्दा मेरो करिअरको चिन्ता सासू, ससुरालाई छ’, रञ्जिताले भनिन्, ‘उहाँहरू घरको समस्यामा मलाई अल्झिन दिनुहुन्न । मलाई जहिल्यै माया गर्नु हुन्छ । यदि श्रीमान्को सपोर्ट र परिवारको साथ भएन भने म एक्लैले चाहेर यो सबै कहाँ सम्भव हुन्थ्यो होला र ? १७ महिनाको छोरी छोडेर म सेवामा भइरहन पनि त गाह्रो हुन्थ्यो नि ।’

देवर अनिश गोर्खाली र देवरानी श्रद्धा गोर्खाली पनि डाक्टर छन् । पारिवारिक वातावरण नै उस्तै भएकाले पनि रञ्जितालाई निकै सहज भएको उनले बुझेकी छन् ।

मुख स्वास्थ्यका क्षेत्रमा लामो अनुभव सँगाल्दै गएकी डा.रञ्जिता प्रायः नेपाली ओरल हाइजिन मेन्टिनेन्समा सचेत नभएको देख्छिन् । सानो चोटपटक लाग्दा पनि अस्पताल दौडने मानिस मुखमा भएको समस्याले ह्वात्तै नआत्तिने प्रवृत्ति रहेको बताउँछिन् । सरसफाइको कमी, सुर्तीजन्य पदार्थको सेवन, दाँत माझ्ने तरिका नपुगेर पनि समस्या जटिल बन्ने गरेको उनले पाएकी छन् । सरकारले पनि दाँत स्वास्थ्यलाई अन्य स्वास्थ्य समस्या जस्तै प्राथमिकतामा नराखेकै कारण यो क्षेत्र पछाडि परेको उनको ठम्याइँ छ ।

नेप्लिज सोसाइटी अफ पेरियो डन्टोलोजी एन्ड ओरल इम्प्लान्टोलोजीकी महासिचवसमेत रहेकी डा. रञ्जिता नेपालमा मुख स्वास्थ्यलाई पनि पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँछिन् । उनी व्यक्तिगत र संस्थागत रूपमा मुख स्वास्थ्यको छुट्टै अस्पतालहरू निर्माणमा राज्य लाग्नुपर्ने माग राख्छिन् । विशेषज्ञका रूपमा उनी आम नागरिकलाई हरेक ६ महिनामा मुख र दाँतको परीक्षण गराएर जीवनमा स्वस्थ्य भएर जिउन सुझाउँछिन् । भन्छिन,‘ दिनमा दुई पटक फ्लोराडयुक्त मञ्जनले दाँत माझ्नु बिर्सनु हुदैन । ’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मुटु र व्यायाम
Next article फेरि जीवनजलको उत्पादन सुरू

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132698
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web