• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जापानले दियो चार एम्बुलेन्स

July 6th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जापानले दियो चार एम्बुलेन्स

नेपाल रेडक्रस सोसाइटीलाई जपान सरकारले सहयोगस्वरुप चार वटा एम्बुलेन्स प्रदान गरेको छ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नेपालकालागि जापानका  राजदूत मासासीओगाआले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाको उपस्थिथिमा ती एम्बुलेन्सहरूको साँचो नेपाल रेडक्रसका चारवटा जिल्ला शाखाका सभापतिहरूलाई हस्तान्तरण गरेका हुन । एम्बुलेन्स प्राप्तगर्नेहरूमा रौतहट, धनकुटा, जाजरकोट र खोटाङ रेडक्रस रहेका छन् । ती हरेक एम्वुलेन्सको लागत नौलाख ५६ हजार चार सय ३२ रुपैया रहेको छ । कार्यक्रममा स्वागत गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्नधाख्वाले नेपाल रेडक्रस सोसाइटीलाई जापान सरकार र जापानी रेडक्रसले लामो समयदेखि विभिन्न प्रकारले सहयोग गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै जापानिज राजदूत मासासीओगाआले नेपालका ग्रामीण समुदायका मानिसहरूलाई स्वास्थ्य सेवाको खाँचो परिपूर्ति गर्न एम्बुलेन्स सहयोग गरिएको बताए ।  जापान सरकारले जनस्तरीय आयोजना र मानवीय सहयोग कार्यक्रम अन्तर्गतविगत २५ वर्षदेखि नेपाललाई सहयोग गर्दै आएको छ ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले नेपाल रेडक्रससँग तीन दशक अगाडिदेखि खानेपानी, सरसफाइलगायत मानवीय सेवाकार्यमा सहयोग गर्दै आएकोमा जापान सरकार, जापानिज रेडक्रस र जापानी जनताप्रति आभार प्रकट गरे ।

 

पहाडमा एम्वुलेन्स सञ्चालन कार्य चुनौतिपूर्ण रहेको बताउँदै जाजरकोट जिल्ला शाखा सभापति सनतकुमार कार्कीले जाजरकोट जिल्लाशाखाले पहिलो पटक सञ्चालन गर्न लागेको र नगरपालिका तथा गाउँपालिकासँग समन्वय गरेर दीगो रुपमा सेवा सञ्चालनगर्ने योजना रहेको बताए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब खेलाडीको उपचार गर्न छुट्टै अस्पताल
Next article मिर्गौला काण्ड छानविन गर्न सभासद्हरुको माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132531
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web