• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मिर्गौला काण्ड छानविन गर्न सभासद्हरुको माग

July 7th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिर्गौला काण्ड छानविन गर्न सभासद्हरुको माग

मनमोहन मेडिकल कलेजबाट केही दिन पहिले विरामीलाई थाहै नदिई पत्थरीको शल्यक्रिया गर्ने बेला मिर्गौला समेत निकालीदिएको घटनाको छानविन हुनु पर्ने माग सभासद्हरुले राखेका छन् । अस्पतालले यो प्रकरणलाई गुपचुप राख्न खोजे पनि सञ्चारमाध्यममा यस बिषयमा समाचार प्रकाशन भएपछि यो घट्नाले शुक्रबारको संसद् बैठकमा पनि प्रवेश पाएको हो ।

अस्पतालबाटै विरामीको ‘मिर्गौला चोरी’ प्रकरणका बिषयमा संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद रामनारायण विडारीले इमान्दार नेताको नाममा खुलेको अपस्तालले विरामीको मिर्गौला चोरी गरेको खबरले स्तब्ध भएको बताउदै यसमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मिमाथि छानविन हुनु पर्ने माग गरे ।  उनले भने, ‘अस्पतालको स्पष्टिकरण पढेपछि भयंकर बेइमानी गरेको रहेछ कि भन्ने भन्ने देखियो । यसमा कोको संलग्न छन् ? न्यायिक आयोग बनाएर छानविन गरियोस् ।’ यस किसिमका गम्भिर गल्तीमा समेत  छानविन नगर्ने हो भने देशमा मानव अंग तस्करको साम्राज्य चल्ने सम्भावना हुने उनको भनाई थियो ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सम्मानित नेताको नाममा खुलेका अस्पतालहरुलाई व्यापारिक केन्द्र बनाएर कोही व्यक्ति धनाड्य हुने माध्यम बनाउन दिन नहुने बताए ।  उनले विरामीको मिर्गौला नचोरिएको वा अप्ठ्यारो स्थिति सृजना नभएको भए अस्पतालले किन सम्झौता गर्यो ?  भन्ने प्रश्न समेत गरे ।

केही दिन पहिले नुवाकोटका शिव रिमाल पत्थरीको अपरेशन गर्न मनमोहन अस्पतालमा भर्ना भएका थिए । तर पत्थरीको अप्रेसन गर्दा चिकित्सकले उनको मिर्गौला समेत निकालिदिएका थिए । यो कुरा पछि थाहा भएपछि अस्पतालले उनको उपचारमा लाग्ने खर्च नलिने, जागिर लगाईदिने जस्तो सम्झौता गरेर यो घटनालाई गुपचुप राख्न चाहेको थियो । तर, अस्पताल प्रशासनले भने उपचारका क्रममा गम्भीर समस्या आएपछि पीडितको मिर्गौला झिकिएको र त्यो अस्पतालमा सुरक्षित रहेको दाबी गरेको छ । यो प्रस्तावित मेडिकल कलेजमा धार्दिडका सांसद एवं पूर्व मन्त्री राजेन्द्र माण्डे, पूर्व स्वास्थ्य राज्यमन्त्री एवं एमाले नेता डा. बंशीधर मिश्र सहित एमालेका वरिष्ठ नेताहरुको सेयर लगानी छ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जापानले दियो चार एम्बुलेन्स
Next article नारायणी हस्पिटलमा चाडै रोबट सर्जरी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131636
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web