• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home

यौन असन्तुष्टिले डिप्रेसन

November 15th, 2017 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यौन असन्तुष्टिले डिप्रेसन

डिप्रेसनले श्रीमान्–श्रीमतीबीचको सम्बन्ध बिग्रने गरी यौन एवं पारिवारिक जीवनमा समेत नकारात्मक असर पार्छ । यौन जीवनमा असन्तुष्टिले पनि डिप्रेसन निम्त्याउँछ । विराटनगरस्थित कोसी अञ्चल अस्पतालको मानसिक रोग एकाइमा दैनिक उपचारका लागि आउने बिरामीमध्ये १० प्रतिशत यससँगै सम्बन्धित हुन्छन् ।

उक्त अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट एवं वरिष्ठ मनोरोग विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार यस्तोमा बेलैमा उपचार नभए जोडीबीच बढ्दो दूरीका कारण उत्पन्न हुने दैनिक कलहले उग्र रूप लिँदा पारपाचुकेसम्म हुन्छ । यौनलाई चरित्रसँग जोड्ने संकीर्ण सामाजिक सोचले गर्दा महिलाहरू शारीरिक असन्तुष्टिका बारेमा केही बोल्न चाँहदैनन्, जसले गर्दा उनीहरू यौन कुण्ठाको सिकार बन्न पुग्छन् । महिलाको हकमा अनुमति लिएर मात्र यौनसम्बन्धी प्रश्न सोध्ने गरिएको यो जटिल विषयको परामर्शमा संलग्न एक चिकित्सकले बताए ।

कोसी अञ्चल अस्पतालमा दैनिक आउने मानसिक रोगीमा करिब ५० प्रतिशत पुरुष तथा २० प्रतिशत महिलाले मात्र खुलेर यौनजीवनका सम्बन्धमा जानकारी दिने चिकित्सकहरू बताउँछन् । यौन सन्तुष्टिमा कमीका कारण थाहै नपाई महिला तथा पुरुषहरू विभिन्न खालका मनोरोगबाट ग्रसित हुन पुग्छन् ।

लुकाउँदा रोग झनै बल्झिने हुनाले सही उपचारका लागि रोगीलाई विश्वासमा लिएर निर्धक्क बोल्न प्रोत्साहित गर्ने गरिएको डा.पोखरेलले बताए । परामर्शदाताहरूका अनुसार यौनक्रीडाका क्रममा श्रीमती वा महिला मित्रको सहयोग नहुने तथा शीघ्र वा ढिलो वीर्य पतन हुने अधिकांश पुरुषको गुनासो हुन्छ ।

आफूले सन्तुष्टि महसुस गर्नै नपाइ श्रीमान् वा पुरुष साथी चाँडै चरमोत्कर्षमा पुग्दा थप शारीरिक एवं मानसिक तनाव हुने कुरा महिलाहरूले बताउने गरेको चिकित्सकहरू बताउँछन् । डा. पोखरेलका अनुसार यौन उत्तेजनाका क्रममा प्राकृतिक रूपमै छाती एवं यौनांगको आकार बढ्छ । सन्तुष्ट हुन नपाउँदै पुरुष साथी स्खलित भए महिलाको छाती, यौनांग र टाउको दुख्छ अनि निद्रा लाग्दैन, डा.पोखरेलले भन्छन्— कतै कसैलाई भन्न वा सेयर गर्न नसकिने यस्तो समस्याले दैनिक गतिविधि नै प्रभावित हुन्छ ।

डा. पोखरेलका अनुसार जीवनमा चिन्ता वा तनाव जसलाई पनि हुन्छ, त्यसको समाधान नखोज्दा मात्र रोग लाग्ने हो । श्रीमान् विदेशमा रहेका सबै महिला मानसिक रोगले ग्रस्त हुँदैनन् । डा. पोखरेल भन्छन्— समस्या छ भने समाधान पनि छ, आफूलाई परिवेशअनुरूप ढाल्न सक्नेलाई कहिल्यै कुनै समस्याले गाँज्न सक्दैन । एक दशकअघि र अहिले दैनिक उपचारका लागि आउनेहरूको संख्या नियाल्दा मानसिक रोगी निकै बढेको पाइन्छ । डा. पोखरेल १० वर्षअघिको तुलनामा यस्ता बिरामी अढाई गुनाले बढेको बताउँछन् ।

यो र त्यो उमेर समूहका भन्दा पनि किशोरकिशोरीदेखि पाकासम्म मानसिक रोगले ग्रस्त पाइएको डा. पोखरेलले जानकारी दिए । बेलैमा चिकित्सकहाँ पुगे परामर्श एवं औषधीबाट ६ महिनादेखि एक वर्षभित्र यस्ता रोग निको हुने डा. पोखरेल बताउँछन् ।

एक दशकअघिसम्म दैनिक २० जना मानसिक रोगका बिरामी अस्पताल आउने गरेको डा. पोखरेलले बताए । अहिले उक्त संख्या निकै बढेको छ, डा. पोखरेल भन्छन्— अशिक्षा, चेतनाको अभाव र पर्याप्त ज्ञान वा जानकारी नहुँदा अस्पताल वा चिकित्सककहाँ नपुग्ने, धामी–झाँक्रीकहाँ जाने मानसिक रोगीको संख्या योभन्दा धेरै बढी हुन सक्छ ।

यसले समग्र सामाजिक, मानसिक एवं पारिवारिक जीवनमा असर पार्ने हुनाले यो चिन्ताको विषय हो । डिप्रेसन, एन्जाइटी (डर/त्रास), पेनिक फोयिबा (अत्तालिनु/काँम्नु/छिटो श्वास चल्नु) जस्ता सामान्य प्रकारका मानसिक रोग अचाक्ली बढेको उक्त अस्पतालले जनाएको छ ।

विषम सामाजिक परिस्थिति, विभिन्न खालको तनाव, खानपीनमा लापरवाही, कामको भार, अनियमित दिनचर्या एवं दुव्यर्सनका कारणले मानसिक समस्या सिर्जना हुने डा. पोखरेल बताउँछन् । दैनिक आउने मानसिक रोगीहरूमध्ये झन्डै २ प्रतिशत विद्यालय/कलेज पढ्ने डिप्रेसनका सिकार छात्रछात्रा हुन्छन् ।

विद्यालय/कलेज पढ्ने किशोरकिशोरीमा डिप्रेसन देखिने कारणमा रक्सी पिउने बानीका कारणले पिताले समय दिन नसक्नु र बा–आमाले सन्तानको मनोभाव नै नबुझी उच्च आकांक्षा राख्नु भएको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् ।

शिक्षित एवं अशिक्षित तथा धनी एवं गरीब दुवै वर्गका केटाकेटीमा यस्तो समस्या पाइन्छ, डा. पोखरेल भन्छन्— बेलैमा उपचार गराउँदा यस्ता बिरामीमध्ये ८० प्रतिशत पूर्णतया स्वस्थ भएका छन् ।’ सबै थोक पुगेका आफ्ना छोराछोरी डिप्रेसनको सिकार हुनै नसक्ने सोचले पनि अभिभावकहरू मनोचिकित्सककहाँ ढिलो पुग्ने गरेको डा. पोखरेलले बताए । चिकित्सकले मानसिक रोगीलाई नियमित औषधी सेवनसँगै पर्याप्त निद्रा, शारीरिक सरसफाइ, स्वस्थ खानपिन एवं वयष्क जोडी भए पर्याप्त यौनसम्बन्ध कायम गर्न सल्लाह दिन्छन् ।

(कान्तिपुर साप्ताहिकको सहयोगमा )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिसो बढ्दैछ, रुघाखोकीबाट यसरि बचौ !
Next article अन्तर्राष्ट्रिय प्याथोलोजी दिवसमा वाकाथन

Health Today Nepal

Leave a Reply Cancel reply

Timeline
Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134174
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

126
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

129
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web