• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home

पार्टटाइम यौनकर्मी ७९ प्रतिसत

November 17th, 2017 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पार्टटाइम यौनकर्मी ७९ प्रतिसत

जमुना सिटौला

नेपालको संवैधानिक कानुनले कुनै पनि महिलामाथि हुने शारीरिक, मानसिक तथा अन्य जुनसुकै प्रकारका हिंसा दण्डनीय हुन्छ भनेर महिलाहरूको अधिकारलाई सुनिश्चित गरेको छ । यद्यपि, प्रजनन अधिकारको कुरा गर्दा जुनसकै पेसामा संलग्नलगायत सबै महिलाले यसको निर्वाधरूपमा उपभोग गर्न पाएका छन् कि छैनन्, यदि छैनन् भने ती महिलावर्गको पहिचान गरी पैरवीका प्रयासहरू गरिनुपर्दछ । नेपालको सन्दर्भमा यौनकर्मी महिला र उनीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार कहिल्यै पनि कसैको चासोको विषय बन्न सकेन ।  अव्यवस्थित र छरपस्ट ढंगले समाजमा दु्रतगतिमा पैmलिररहेको यो यौन व्यवसायसँगै यसको असर समाजका अन्य वर्गमा पनि पर्न जाने र त्यसबाट नसोचिएका समस्याहरू थपिँदै जाने जोखिम दिन प्रतिदिन बढिरहेको छ । नेपालमा यौनकर्मीहरूको संख्या कति छ भन्ने भरपर्दो र आधिकारिक तथ्यांक छैन । तर विभिन्न सरोकारी संस्थाहरूले गरेका अध्ययनका आधारमा नेपालमा यौनकर्मीहरूको संख्या २५ देखि ३० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । नेपालमा यौन व्यवसायलाई हेयको दृष्टिले हेर्ने र यसमा संलग्नलाई विभिन्न तवरले लाञ्छित गर्ने र बहिष्करणमा समेत पार्ने कारणले यस्तो कर्म कानुन र समाजलाई छलेर गरिने हुँदा यौनकर्मीहरूको संख्या योभन्दा निकै बढी हुन सक्ने अनुमान गरिएको छ ।

नेपाल पनि बढ्दो सहरीकरणको असरबाट अछूतो छैन, धमाधम नयाँ–नयाँ सहरहरू सिर्जना हुने र थुप्रै पुराना गाउँहरू नवनगरमा परिणत हुने क्रमसँगसँगै यौनकर्मीहरू पनि  विभिन्न नगरहरूमा अव्यवस्थित तवरले छरिने क्रम तीव्र गतिमा बढिरहेको छ । अध्ययनअनुसार काठमाडौंमा ८० प्रतिशत र पोखरामा ५० प्रतिशत यौनकर्मी बाहिरी तथा वरिपरिका जिल्लाबाट आएकाहरू छन् । यौनकर्मीहरूमा एच.आई.भी. संक्रमणको सम्भावना अन्य मानिसका तुलनामा १२ गुणा बढी हुने तथ्यहरूले देखाएका छन् । अधिकांश विवाहित र अशिक्षित छन् र ज्यादै थोरैलाई मात्र यौन संक्रमण÷एच.आई.भी. संक्रमणबारे ज्ञान भएको अध्ययनले जनाएको छ । यसरी यौनकर्मीहरूको अनियन्त्रित बसाइँसराइसँगसँगै उनीहरूको असुरक्षित व्यवहारले एच.आई.भी.लगायत विभिन्न यौनजन्य संक्रमणहरूको  जोखिम अत्यधिक रहेको देखिन्छ ।

गरिबी, बेरोजगारी, एकलजीवन, सम्बन्धविच्छेद, बसाइँसराइ तथा जीवननिर्वाहका वैकल्पिक उपायहरू नहुनु जस्ता सामाजिक संरचनागत समस्या नै महिलालाई यौन पेसामा धकेल्ने प्रमुख कारण हुन् । यद्यपि ७९ प्रतिशत यौनकर्मीहरूले अन्य रोजगारी पनि गरिरहेको तर पनि यौन पेसा नछोडेको देखिन्छ । यसको कारण ती वैकल्पिक रोजगारीले मात्र उनीहरूको गुजारा चल्न नसकेको अनुमान गर्न सकिन्छ । तसर्थ, समाजमा यौनकर्मीहरूको संख्या घट्नुको सट्टा दिनप्रतिदिन बढिरहेको छ र पर्याप्तरूपमा रोजगारीमा भरपर्दा विकल्पहरू सिर्जना नभएसम्म आउँदा दिनहरूमा झन् बढिरहने देखिन्छ ।

नेपालमा यौन व्यवसाय कानुनी र सामाजिक दुवै रूपमा दण्डनीय छ । परिवार नियोजनका अस्थायी साधनहरू साथमा लिएर हिँडेकै आधारमा त्यसलाई अनैतिक मान्दै प्रहरी प्रशासनबाट नै यौनकर्मीहरूमाथि भेदभाव, बहिष्कार, घृणा र अपमानित गर्ने कार्य भइरहेको अध्ययन अनुसन्धानले देखाएको छ । तर यौन व्यवसायीलाई दण्डित र बहिष्कृत गरेर यो व्यवसायलाई नियन्त्रण गर्ने आजसम्मका हाम्रा कानुनी, प्रशासनिक र सामाजिक प्रयासहरू असफल भएको देखिन्छ । अर्कोतर्फ नेपाल सरकारले सबै व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारलगायत लैंगिक समानताको सम्मान र संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ । नेपालको सर्वोच्च अदालतले समेत महिला यौनकर्मीहरूको मानवअधिकारलाई सुनिश्चित गरेको छ, तर अधिकांश महिला यौनकर्मी र सरोकारवालाहरू यसबारे जानकार छैनन्् ।

अतः यो विद्यमान सामाजिक यथार्थलाई मनन् गर्दै परम्परागत दृष्टिकोण राखेर वा कानुनको डन्डा चलाएरमात्र यसलाई रोक्न सकिन्छ भन्ने मान्यताबाट अलिकति हटेर यस व्यवसायलाई राज्यस्तरबाटै व्यवस्थित गर्न अब ढिलो भइसकेको छ । यौनकर्मी महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको संरक्षण गर्न राज्यका तर्फबाट अब यसको नीतिगत व्यवस्थापन गर्नु आजको प्राथमिक आवश्यकता भएको छ । अतः फैलिँदै गएको यौन संक्रमण तथा एच.आई.भी.रएड्सको व्यवस्थापनका लागि र हरेक व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता व्यवहारमै हुने गरी राज्यबाटै यौन व्यवसायलाई व्यवस्थापन गर्न नीतिगत निर्णय यथाशक्य चाँडो गरेर हरेक पेसामा संलग्न व्यक्ति र वर्गको स्वास्थ्य र अधिकारको सम्बोधन गरिनु पर्दछ ।

जमुना सिटौला परिवार नियोजनसंघकी वरिष्ठ एडभोकेसी अफिसर हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य विमा गराउनेमा महिला बढी
Next article सुष्मा कोइराला मेमोरियलले मनायो २०औं बार्षिकोत्सव

Health Today Nepal

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132095
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web