• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

जुम्राबाट स्क्रब टाइफस

November 21st, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जुम्राबाट  स्क्रब टाइफस

      
स्क्रब टाइफस’ यो एक प्रकारको सरुवा रोग हो । यो ‘ओरिनसिया सुसुगामुसी’ नामक जीवाणुले गर्दा हुन्छ । झाडीमा मुसाको रगत चुसेर जिउने ‘माइट’ (सूक्ष्म कीरा) नामक परजीवीको माध्यमबाट मानिसमा स्क्रब टाइफस देखिने गर्छ । माइटमार्फत ‘ओरेन्सिया सुसुगामोसी’ जीवाणु शरीरमा प्रवेश गरे व्यक्तिमा यो रोग संक्रमण हुन्छ । यसको सबैभन्दा ठूलो समस्या भनेको रोग पहिचान गर्न हुने गर्छ । अन्य रोगमा जस्तै रुघा लाग्ने, ज्वरो आउनेजस्ता कमन लक्षणहरू देखिने हुँदा मानिसहरू झुक्किने गरेका छन् । त्यही झुक्किने कारणले गर्दा सामान्य उपचारमा निको हुने बिरामी पनि गम्भीर अवस्थामा अस्पताल आइपुगेर मृत्युवरण गर्नुपरेको अवस्था छ । बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार रिकेटसियाबाट संक्रमित जुम्राको टोकाइबाट समेत यो संक्रमण हुन्छ ।
सर्छ
मुसा (माइट) प्रजातिमा पाइने लार्भा चरणको ‘टोम्रविक्युलिट माइट’ नामक वाहकले यो रोग सर्दछ । यो मुसाको कान वा अन्य जीवजन्तुमा पनि भेटिन्छ । यो प्रायः झारपात, तथा झाडीमा पाइने भएकाले त्यस्ता ठाउँमा रहेर काम गर्नेहरू बढी सचेत हुनुपर्छ । माइटले मानिसलाई टोकेमा मात्र यो रोगको संक्रमण हुने सम्भावना बढी हुन्छ । तर, मानिसबाट मानिसमा भने सर्ने सम्भावना हँुदैन । विशेष गरी, हातगोडा खुला राखेर धान गोड्ने, झाडीमा पस्ने मानिसले लामो बाउलाका कपडा लगाउने, लामो जुत्ता प्रयोग गर्ने गर्दा उपयुक्त हुन्छ ।
‘माइट’को जीवनचक्र एग, लार्भा, निम्फ र एडल्ट गरि चार चरणमा पूरा हुने भए पनि, लार्भायुक्त अवस्थाले मात्र यो रोग सार्दछ । ‘माइट’ले टोकेको भागमा कालो रङको ‘ब्ल्याक इसकार’बग्छ, जसबाट स्क्रब टाइफसको प्रारम्भिक पहिचान गर्न सहयोग पुग्दछ । विशेष गरी यो रोग लागेको माइटले टोक्दा वा यसबाट संक्रमित मानिस तथा खाद्य पदार्थको सम्पर्कबाट यो रोग सर्दछ ।
चिकित्सकका अनुसार यो रोग संक्रमण भएपछि मानिसलाई उच्च ज्वरो आउँछ । कतिपयको शरीरमा रातो बिबिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ । स्क्रब टाइफस जीवाणु शरीरमा प्रवेश गरेको ५ देखि ६ दिनपछि व्यक्तिलाई कडा ज्वरो आउने, टाउको असाध्यै दुख्ने, शरीर दुख्ने, रातो बिबिरा देखिने, ग्रन्थी सुन्निने समस्या हुन्छ । साथै, परजीवीले टोकेको स्थानमा सानो घाँउजस्तो देखिन्छ र क्रमश बढ्दै जान्छ । यो रोगको समयमै उपचार नगरे कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अंगमा संक्रमण फैलिइ बिरामीको मृत्यु हुने चिकित्सक बताउँछन् ।
उच्च जोखिममा को ?
सामान्यतया यो परजीवी झाडी तथा फोहोर स्थानमा हुने गर्छ । त्यसकारण यसको जोखिममा धेरैजसो कृषिजन्य काम गर्ने मानिसहरू नै पर्दछन् । स्क्रब टाइफस फैलाउने सूक्ष्म कीरा मुख्यतः झाडी, घाँस जंगल, खेतको छेउछाउ, पहाडी इलाका आदि भएको ठाँउमा रहने मुसा प्रजातिका जनावरमा बढी पाइन्छन् । त्यसै गरी वर्षा याममा पनि शहरी क्षेत्रमा समेत जंगली बोटबिरुवा वा घाँस नजिक यो कीराले टोक्ने खतरा रहने भएकाले यो क्षेत्रमा बस्ने मानिसहरूको यो रोगको जोखिम बढी रहन्छ ।
घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडी हटाएर जोखिम कम गर्न सकिन्छ । घाँस भएको भुइँमा सीधै बस्ने या पल्टिने क्रममा यो परजीवी छालामा टाँसिन सक्छ । खेतबारीमा जाँदा लामो बाहुला भएका लुगा लगाउने, खुट्टामा लामो बुट तथा हातमा पञ्जा लगाउँदा रोगबाट जोगिन सकिन्छ ।

 

लक्षण
– १०५ डिग्रीसम्म ज्वरो आउने
– टाउको दुख्ने
– जिउ दुख्ने
– खोकी लाग्ने
– गर्धन र घाँटीवरपर मसिना बिबिरा आउने
– धेरै पसिना आउन
– परजीवीले टोकेको स्थानमा घाउ देखिने
– भोक नलाग्नु
– वाकवाकी लाग्नु
– शरीर काम्नु
– आँखाको म्युकस मेमरेनको संक्रमण हुनु
–सास फेर्न समस्या हुनु,
– शरीर बाउँडिनु
– बिरामीको गम्भीरताअनुसार रगतमा प्लेटलेटसको संख्या कम हुनु

बच्ने उपायहरू
– घरवरपरको सरसफाइमा ध्यान दिने
–झाडीमा जाँदा लामो बाहुला भएको कपडा तथा गम्बुट लगाउने
–व्यक्तिगत तथा सामुदायिक सरसफाइमा ध्यान दिने
– सूक्ष्म जीवहरू (माइट) जस्तै सुलसुले, उपियाँ, टोभ्रविक्यूलिड आदिको टोकाइबाट बच्ने
– घर वरपर झारपात तथा घाँसपात उम्रन नदिने ।
– खुला चौर या बगैँचामा नसुत्ने
–लक्षण देखिनासाथ उपचारका लागि जाने

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article समाज यसरी बन्दैछ यौनमा उदार  
Next article ४१ प्रतिशत बच्चा अझै घरमै जन्मन्छन्

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131549
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web