• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रेडियोलोजीमा जनशक्ति अभाव

November 26th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रेडियोलोजीमा जनशक्ति अभाव

चिकित्सा विधामा रेडियोलोजी भित्रिए पछि उपचार प्रक्रिया सजिलो हुँदै गएको छ । शल्यक्रिया गर्दा शरीर चिरेर ठूला घाउ बनाउनुपर्ने बिरामीको समस्या पनि रेडियोलोजीले कम गरिदिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) को रेडियोलोजी विभागकी प्रमुख डा. बेनु लोहनी भन्छिन, ‘जति सानो घाउ बनाएर शल्यक्रिया गर्यो,  बिरामीलाई संक्रमण हुने खतरा कम हुन्छ ।’

अस्पतालमा शल्यक्रिया गरेका अधिकांश बिरामीको संक्रमणकै कारण मृत्यु हुन्छ । एक्स–रे, सीटी स्क्यान, मेमोग्राम, फ्लुरोस्कोपी, एन्जियोग्राफी, अल्ट्रासाउन्ड, एमआरआई लगायतबाट रेडियोलोजी उपचार, रोग पत्ता लगाउन र निदान गरिन्छ । रेडियोलोजीबाट शल्यक्रिया गर्दा सानो घाउ बनाइने, लामो समयसम्म अस्पताल बस्नु नपर्ने, शल्यक्रियाका लागि बेहोस पार्न नपर्ने हुँदा रेडियोलोजी उपचार विधिमा बिरामीको रोजाइ बढेको छ । राजधानीका सरकारी अस्पतालमा रेडियोलोजीका उपकरण निकै कम छन् । भएका उपकरण पनि पुराना भइसकेका कारण खासै प्रभावकारी हुन सकेको छैन । नेपालमा धेरै बिरामीको रोजाइमा परेको यो उपचार विधि सीमित जनशक्ति, खर्चिलो र उपकरण अभावका कारण फस्टाउन नसकेको रेडियोलोजिस्टहरू बताउँछन् । कमभन्दा कम समयमा शरीरभित्रका विभिन्न अगंको जानकारी लिन मिल्ने भएकाले आकस्मिक उपचारमा यसको प्रयोग महत्त्वपूर्ण हुने उनीहरूको तर्क छ ।

टिचिङका रेडियोलोजिस्ट डा. सुजितकुमार झा भन्छन, ‘विकसित मुलुकहरूको आकस्मिक विभागमा रेडियोलोजी टोली अनिवार्य रूपमा हुन्छ, हाम्रो देशमा अझै यस्तो व्यवस्था हुन सकेको छैन ।’  टिचिङ अस्पतालमा रेडियोलोजीका उपकरण अपुग छन् । बिरामीको चापलाई अस्पतालको उपकरण र जनशक्तिले थेग्नै गाह्रो हुने गरेको डा. लोहनी बताउँछिन् । ‘दैनिक एक हजार बिरामी आउँछन । विभागमा जम्मा १२ कर्मचारी छन, लोहनीले भनिन, ‘करार कर्मचारीका भरमा बिरामी थेग्न बाध्य छौं ।’  अस्पतालमा भएका उपकरण पनि १० वर्ष पुराना भइसकेको उनले सुनाइन् । पुराना उपकरणले ढिलो काम गर्ने र त्यसबाट हुने उपचार पनि खासै गुणस्तरीय नहुने उनले बताइन् । ‘उपकरण र जनशक्ति कम हुँदा बिरामीले सेवा ढिलो पाउँछन, रोग जति चाँडो पत्ता लाग्यो, उति चाँडो उपचार सुरु हुन्छ,’ उनले भनिन्, ‘पुराना डाक्टर अवकाशप्राप्त हुँदै छन,  नयाँ कर्मचारी भर्ती हुन सकेका छैनन, सेवा प्रवाह गाह्रो भइरहेको छ ।’ टिचिङमा रेडियोलोजीबाट विशिष्टखालका उपचार सेवा लिनका लागि बिरामीलाई १५ दिन कुर्नुपर्छ । विभागको ठाउँ पनि निकै साँघुरो छ । रेडियोलोजी उपचार सेवामा देशको केन्द्रीय अस्पताल वीरको अवस्था पनि उस्तै नाजुक छ । उपकरण र जनशक्ति निकै कम छ । भएका उपकरण पुराना भइसकेका छन् ।

नयाँ भित्रन सकेका छैनन् । वीरमा आउने कुल बिरामीमध्ये २० प्रतिशतलाई रेडियोलोजीको उपचार चाहिने अस्पताल रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्माले बताए । ‘सबै उपकरण एक थान मात्रै छन, एउटा बिग्रियो भने मर्मत नहुन्जेल सेवा ठप्पै हुन्छ,’ उनले भने, ‘उपकरण पुराना भइसके, यसबाट सेवा गुणस्तरीय हुँदैन, व्यवस्थापन गाह्रो छ ।’ वीरका रेडियोलोजी उपकरण पनि कम्तीमा १० वर्ष पुराना छन् । विकसित उपकरण भित्र्याउन सकिए उपचार सेवा छिटो र गुणस्तरीय बनाउन सकिने डा. शर्माले बताए । वीरमा रेडियोलोजीबाट उपचार सेवा पाउन बिरामीले कम्तीमा एक साता कुर्छन् । थापाथलीस्थित प्रसूतिगृहको रेडियोलोजी सेवामा पनि उस्तै समस्या छ । विभागभित्र कर्मचारीको दरबन्दी दुई जनाको मात्रै छ । उपकरण न्यून संख्यामा छन, पुराना पनि छन् । ( फातिमा बानु, कान्तिपुर दैनिक

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ३०० बेडको हुने भयो सेती अञ्चल अस्पताल
Next article प्रोस्टेट समस्याको उत्तम विकल्प अप्रेसन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133320
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

34
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web