• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. पौडेल बढुवा भएको ५ दिनमै अवकाश

November 28th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. पौडेल बढुवा भएको ५ दिनमै अवकाश

हेल्थ टुडे

काठमाडौं, १२ मंसिर :  स्वास्थ्य मन्त्रालयको कर्मचारीमध्येको सवोच्चत तह १२ औं तह प्रमुख विशेषज्ञ पदमा बढुवा भएको ५ दिनमै डा.तरुण पौडेल सेवा निवृत भएका छन् । ६० वर्षे उमेर हदका कारण उनी मंसिर १२ देखि सेवा निवृत भएका हुन् ।

राष्ट्रिय एचआईभी एड्स तथा यौनरोग केन्द्रका निर्देशक डा. पौडेललाई मन्त्रीपरिषद्ले पाँच दिन पहिले १२ औं तहमा बढुवा गरेको थियो । स्वास्थ्य मन्त्रालयमा १२ औ तह भनेको सचिव स्तरको पद हो । बढुवा समितिले कोशी अञ्चल अस्पतालका प्रमुख डा. रोशन पोखरेल, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. सुशिल प्याकुरेल र डा. पौडेललाई रिक्त दुई पदका लागि सिफारिस गरेको थियो । मन्त्रीपरिषद्ले सिफारिस भएका तीन जना चिकित्सक मध्ये डा. प्याकुरेल र डा. पौडेललाई बढुवा गरेको थियो । अहिले मन्त्रालयमा सचिव डा. किरण रेग्मी बाहेक १२ औ तहमा डा. पुष्पा चौधरी, डा. विनोदमान श्रेष्ठ र डा. शुसिल प्याकुरेल छन् ।

स्वास्थ्य मन्त्रालयमा चिकित्सकहरुको पदावधि ६२ वर्ष हुनु पर्ने माग धेरै अगाडि देखि उठेपनि सफल हुन सकेको छैन् । तर क्लिनिकल पदका चिकित्सकको पदावधि भने सरकारले आवश्यक ठानेमा बढीमा २ वर्ष बढाउन सक्ने प्रावधान छ । उमेर हदका कारण सेवा निवृत भएका डा. पौडेलको सोमबार स्वास्थ्य मन्त्रालयले विदाई गरेको छ । कार्यक्रममा मन्त्रालयका विभिन्न महासाखा प्रमुखहरुको उपस्थिति थियो । मन्त्रायलकी सचिव डा. किरण रेग्मी विदेश रहेकाले उनको अनुपस्थितिमा स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चूडामणी भण्डारीले डा. पौडेललाई मायाको चिनो प्रदान गरेका थिए । डा. पौडेलले लामो समय बाग्लुङमा बसेर जनताको सेवा गरेका थिए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article को बन्ला स्वास्थ्य सचिव ?
Next article नेताहरुले उपचार गर्न विदेश जानै पर्ने किन   

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web