• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 6th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

किन लाग्छ आँखामा बादल

November 29th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
किन लाग्छ आँखामा बादल

हेल्थ टुडे,

नमराज भट्ट

पाँच दशक नाघिसकेका भरत शर्मा केही समययता दृष्टि समस्याले चिन्तित छन् । सामान्य रूपले स्वस्थ रहेका केसीका आँखा अगाडि अचेल धर्साधर्सी, दाग देखिन थालेको छ । पहिले त उनले यसलाई केवल सोचाइको फल माने, तर समस्या यथावत् रहेपछि उनी पनि गम्भीर भए । ‘एक्कासि यो समस्या देखिएको हो,’ उनले भने, ‘मलाई खासै कुनै रोगव्याधी छैन, तर दृष्टिमै अप्ठ्यारो हुन थालेपछि आत्तिएर डाक्टरको सल्लाह लिन गएँ ।’ नेत्र रोग विशेषज्ञहरूले रमेशलाई ‘फ्लोटर्स’ रोग भएको बताए । आँखाअगाडि दाग वा तैरिरहेका केही धर्का देखिनु फ्लोटर्सको लक्षण हो । ‘हामीकहाँ आउने कुल आँखा रोगीहरूमध्ये ६ प्रतिशतसम्म फ्लोटर्सको रेफरल केस हुने गरेको छ,’ राजधानीको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालका रेटिना विशेषज्ञ डा. छविन्द्रलाल प्रधानांग यो समस्या कुनै पनि उमेरमा हुन सक्ने औँल्याउँदै भन्छन्, ‘सामान्यतया यो रोग ५० वर्ष नाघिसकेका व्यक्तिहरूलाई बढी हुने गर्छ ।

तर यसको अर्थ, युवाहरूलाई हुन सक्दैन भन्ने होइन ।’ यसमा आँखाअगाडि गहिरो धर्को, धब्बा, बिन्दु आँखा पौडिरहेको देखिन्छ । यो आकाशतिर हेर्दा भने बढी स्पष्ट रूपमा देखिने गरिन्छ । ‘धर्को, धब्बा, बिन्दु आँखाको अगाडि देखिए पनि वास्तवमा भने आँखाभित्र पौडिरहेका कणहरू हुन्,’ डा.प्रधानांग भन्छन्, ‘फ्लोटर्सले गर्दा आँखामा हुने परिवर्तन नोक्सानदायक हुन्छ ।’ अमेरिकास्थित नेसनल आई इन्स्टिच्युट (एनईआई) को तथ्य पत्रअनुसार आँखाभित्र जैलीजस्तो तत्व हुन्छ जसलाई ‘भिट्रियस’ भनिन्छ । यो आँखाको लेन्सद्वारा आउने प्रकाशलाई दृष्टिपटलसम्म पु¥र्याउँछ । भिट्रियस आँखाभित्र खाली रहेको ठाउँलाई भर्नेसमेत गर्छ । उमेरमा वृद्घि भएसँगै बिट्रियस खुम्चिन थाल्छ । यस कारण आँखामा केही झुप्पा र गुच्छा बन्न थाल्छ जसलाई फ्लोटर्स भनिन्छ । मुख्य रूपले फ्लोटर्स बढ्दो उमेरको समस्या मानिए पनि पोस्टिरियर बिट्रियस डिटैचमेन्ट (पीबीडी) समेत यो रोग हुने कारण रहेको उल्लेख गर्दै डा. प्रधानांग भन्छन्, ‘फ्लोटर्स हुने अन्य गम्भीर कारणमा आँखाको संक्रमण, सुन्नाई (यूभीआईटिस), रक्तस्राव, रेटिना च्यातिनु, चोटपटकसमेत हो ।’ पीबीडी एउटा अवस्था यस्तो अवस्था हो जसमा बिट्रिस जेल रेटिनाबाट खिचिन थाल्छ ।

माइग्रेन, बिट्रियस हेमरेज आदि समेत फ्लोटर्स उत्पन्न हुने कारण हो । उमेर वृद्घिसँगै फ्लोटर्स हुने सम्भावना बढ्नु सामान्य मानिए पनि निकट दृष्टिदोष, मधुमेह भएकाहरूसँगै मोतीबिन्दुको शल्यक्रिया गराएकाहरूमा यो समस्या देखिने जोखिम हुन्छ । ‘फ्लोटर्सको समस्या देखिए सम्भव भए रेटिना विशेषज्ञ नभए नेत्र रोग विशेषज्ञसँग तुरुन्त जँचाउनुपर्छ,’ डा.प्रधानांग भन्छन्, ‘युवाहरूमा फ्लोटर्स देखिए तुरुन्त जचाउनुस्, रोग बढ्दै जाँदा अन्य खराबीसमेत हुन्छ ।’ एनईआईको अनुसार धेरैजसो समय फ्लोटर्स हानिरहित मानिन्छ । तर यो रेटिना च्यातिने लक्षणसमेत हुन सक्छ । यदि तपार्इं एक्कासि फ्लोटर्समा वृद्घि अनुभव गर्नुहुन्छ भने वा तपाईं फ्लोटर्ससँगै आँखामा बिजुली चम्केजस्तो प्रकाश (फ्लासेज) अनुभव गर्नुहुन्छ भने यो रेटिना च्यातिएको वा आफ्नो ठाउँबाट हटेको लक्षण हुन सक्छ । यस्तो स्थितिमा तुरुन्त चिकित्सकीय सहयोग आवश्यक हुन्छ ।

फ्लोटर्स र फ्लासेजले गर्दा आँखामा हुने परिवर्तनको उपचार नहुँदा दृष्टिसमेत गुम्ने खतरा रहेको डा.प्रधानांग बताउँछन् । बिरामीलाई फ्लोटर्ससँगै आँखामा बिजुली चम्केजस्तो प्रकाश (फ्लासेज) आउन थाल्यो भने यसलाई खतरनाक मान्नुपर्छ । यस्तो स्थितिमा तुरुन्त रेटिना विशेषज्ञसँग सल्लाह लिनुपर्छ । ‘फ्लासेज विस्तारै चार–पाँच दिनमा आफैं हराउँछ,’ डा.प्रधानांग भन्छन्, ‘नहराए सावधानीपूर्वक नेत्र रोग विशेषज्ञको सल्लाह लिनुपर्छ ।’ फ्लोटर्सको समस्या धेरै बढी भएर दृष्टिलाई नै प्रभावित गरिरहेको छ भने यसलाई शल्यक्रियाको माध्यमले सफा गर्न सकिन्छ । मुलुकमा समेत उपलब्ध यस्तो शल्यक्रियामा एकडेढ घन्टादेखि रोगको परिस्थिति हेरी बढी समयसम्म समेत लाग्न सक्ने डा.प्रधानांग बताउँछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महिनावारीमा यौनसम्पर्क कति जायज ?
Next article  तपाईको पनि खुट्टा निदाउछ ? 

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131648
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web