• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

स्वास्थ्यप्रति सचेत एनपी

November 30th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यप्रति सचेत एनपी

 

चुनावी चटारोमा अहिले अधिकांश नेताहरु । दिनरात नभनि चुनावी प्रचार प्रसारमा लाग्नु पर्ने भएकाले उनीहरुको दिनचर्या पूरै फेरिएको छ । शास्त्रले निर्दिष्ट गरेको जीवन चर्या अनुसार युवा नेता एनपी साउदको पनि आहारबिहार मिल्दो छैन । अबेर सुत्नुपर्ने र बिहान अलि अबेर उठ्नुपर्ने बाध्यतालाई आफूले टार्ने प्रयत्न जारी राखेको नेता साउद बताउँछन् । राजनीतिक जिम्मेवारी र परिस्थितिले यो बाध्यात्मक बने पनि उनले सामान्य प्रेसरबाहेक कुनै दीर्घ रोगको सामना भने गर्नु परेको छैन ।  साउद बिहानको नित्यकर्म गरेर बाहिर निस्कँदासम्म उनी कार्यकर्ताले घेरिएको अवस्थामा हुन्छन् । कार्यकर्तामाझ जानुअघि धर्मपत्नी ज्योत्सना साउदले पस्किएको फलफूल र चियाबाट उनको दिनचर्या सुरु हुन्छ । कार्यकर्ताका सुझाव, सल्लाह र गुनासा धैर्यपूर्वक सुन्नु उनको नित्यकर्मजस्तै हो ।

यति धेरै कार्यकर्ताका गुनासा, आग्र्रह, पूर्वाग्रहले मानसिक रूपमा कति प्रभाव पार्ला ? तर साउद भन्छन्, ‘हामी चाइल्डहुडबाटै राजनीतिमा लाग्यौं, अब त लाग्छ हाम्रो शरीरको मेटापोलिजम नै त्यस्तै बनिसक्यो कि !’ तर कार्यकर्ता तथा नेताका स्वार्थप्रेरित आग्रह पूर्वाग्रहले भने उनको मन पनि कहिलेकाहीँ अस्वस्थ (दिक्क) बनिदिन्छ । साथीभाइसँग बस्ने, उठ्ने, कुरा र गुनासा सुन्ने कुरालाई भने तनावको रूपमा आपूmले नलिने गरेको उनले बताए ।

‘बिमारीको मृत्यु हुँदा बाहिर कोही रोइरहेको, कराइरहेको, दुःखी भइरहेको अवस्थामा कतिको होस हुँदैन, कतिले खाना खाँदैनन् तर डाक्टर अप्रेसन रुमबाट निस्किएर त्यही बिरामीलाई चिरफार गरेर पोस्टमार्टम गर्न पनि कमजोर बन्दैन’, साउदले भने, ‘राजनीतिज्ञको जीवनचर्या पनि त्यस्तै हो, समाजका कुरा सुन्ने, बुझ्ने, सघाउने हो तर आफैं भयंकर दुःखी भइहाल्ने, उत्तेजित हुने, भावुक हुने होइन । आफंै कोलाहलमा मिसिने होइन ।’ त्यसो गर्दा समाजमा लिडरसिप नहुने उनले बुझेका छन् ।

राजनीति एकान्तमा बसेर नहुने भएकाले राजनीतिज्ञले भीडभाडमै रमाउन जान्नुपर्ने उनको धारणा छ । यति हुँदाहुँदै पनि कहिलेकाहीँ परिवार, बालबच्चाका लागि समय निकाल्ने प्रयत्न र रहर भने हुने गरेको साउदले बताए । तर बाध्यता, परिस्थिति र जिम्मेवारीले त्यो पनि पूरा नहुने गरेको अनुभव साउदसँग छ । त्यसले कहिलेकाहीँ मन अस्वस्थ्य (एकखाले खल्लोपन) अनुभूति साउदलाई पनि हुन्छ ।

बालबच्चा, परिवारसँग घरमा बसेर सम्भव भएको दिन सँगै खाना खाने रहर र प्रयास भने साउदको पनि हुन्छ । यी र यस्ता पारिवारिक र सामाजिक विषयले कहीँ न कहीँ मन अस्वस्थ्य भने बनाउने उनको अनुभूतिमा छ । तर सार्वजनिक जीवन बिताइरहेको मान्छेले जिम्मेवारी र दायित्वलाई लत्याएर पार्टी, समाज र देशलाई बिमारी पार्न नहुने उनले बुझेका छन् । त्यसका लागि केही व्यक्तिगत इच्छा र चाहना मार्नुपर्ने उनको अनुभूति छ । ‘घरभरि कार्यकर्ता भरिएको बेला मेरो मुड चल्यो भनेर किताब, कापी लिएर केही पढ्न बस्नु, अध्ययन गर्छु भन्नु त अस्वस्थ्य व्यवहार भयो नि’, साउदले भने, ‘राजनीतिज्ञ यसैका लागि बनेको हो, यसलाई व्यवस्थापन गर्नुपर्छ ।’

साउद स्वस्थ्य मन र शरीरका लागि विपत्सना जान्छन् । मेडिटेसन गर्छन् । भ्याएसम्म योगा गर्छन् । पतञ्जलीका कार्यक्रममा सहभागी हुन्छन् । एकताका १२ दिन जति शिवपुरीमा भएको शिविरमा सहभागी भएका छन् । आर्यमौन गरेका छन् । सम्भव भएसम्म मर्निङ वाक जान्छन् । नेपालीले स्वास्थ्यले वार्निङ बेल नबजाएसम्म स्वास्थ्य जाँच नगराए पनि साउद हरेक भदौको पहिलो हप्ता होल बडी चेक गराउने गरेका छन् ।

साउदको नजरमा आफूहरूजस्ताले बनाउँछु भनेको देश अलमल अलमलका कारण बिरामीस्तो देखिएको बताए । २००७ सालको प्रजातन्त्र स्थापनाको लडाइँदेखि संविधान निर्माण र अहिले कार्यान्वयनको चरणमा पुग्दासम्मका उतारचढावले देश बिमारीजस्तो बनेको उनको ठम्याइँ छ । तर यसलाई दृढतापूर्वक आफूहरू र आफ्नो पार्टी संस्थागत गर्न लागिपरेको बताए । नेपालीले आफू हिँड्ने बाटो तय गरिसकेकाले त्यो बाटोमा समाजका सबै वर्ग, तह, तप्का, लिंग र सोचका मान्छेलाई हिँडाउन सके देश स्वस्थ्यमात्र होइन सुन्दर हुने देखेका छन् ।

‘मैले देखेको छु, मेरो देशमा एउटा मान्छे दुईचार हजार कसैलाई बकस दिँदै हिँड्ने अवस्थामा छ, त्यही समाजमा अर्को मान्छे दुईचार हजारका लागि जिन्दगीभर तड्पिएर बाँचेको छ’, साउदले भने, ‘यो स्वस्थ्य देशको संकेत होइन । यही अवस्थाको अन्त्य गर्नु मेरो र मेरो पार्टीको ध्येय र उद्देश्य हो । राज्यले पनि यस्ता विभेद, असमानता, अन्याय र अभावको अन्त्य गर्नु सुन्दर र स्वस्थ्य देश निर्माणको पहिलो सर्त हो ।’ ( प्रस्तुति शिवराज योगी )

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article योग गर्दा यी कुरा नबिर्सौ 
Next article भैंसी बेचेर गर्भपतन !

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134334
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web