• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
आयुर्वेद

सिहदरवार वैद्यखाना पनि चाडै जिएमपीमा 

December 14th, 2017 आयुर्वेद 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सिहदरवार वैद्यखाना पनि चाडै जिएमपीमा 

हेल्थ टुडे

काठमाडौं,२८ मंसिर  : सरकारी स्वामित्वमा रहेको देशकै पुरानो आयुर्वेदिक केन्द्र सिंहदरबार वैद्यखाना विकास समितिले यसै वर्षबाट जिएमपी मापदण्डअनुसार औषधि उत्पादन गर्ने भएको छ । वैद्यखानाका प्रबन्ध निर्देशक डा. वंशदीप शर्मा खरेलले चालु आवको अन्त्यसम्मका कम्तीमा चार उत्पादन जिएमपीअर्थात गुड म्यानुफ्याक्चरीङ प्राक्टिसअनुसार उत्पादन गरिने जानकारी दिए । त्यसका लागि अन्तरराष्ट्रिय मापदण्डमा आधारित उत्पादन गर्न पहिलो चरणको गृहकार्य सकिएको उनले बताए । प्रबन्ध निर्देशक खरेलले वैद्यखाना नेपालको सबैभन्दा पुरानो आयुर्वेद औषधि उत्पादन गर्ने उद्योग भएकाले यसका उत्पादनलाई पनि अन्तरराष्ट्रिय मापदण्डअनुसार बनाउन आगामी पाँच वर्षमा सबै उत्पादन जिएमपी मापदण्डअनुसार उत्पादन गर्ने लक्ष्य रहेको बताए ।

स्वास्थ्य नीति २०७१ अनुसार औषधि उत्पादन गर्दै आएको वैद्यखाना सिंहदरबार वैद्यखानाले २०५२ सालदेखि समितिमार्फत सञ्चालन हुँदै आएको छ । जिएमपीमा जानका लागि औषधि व्यवस्था विभागबाट समितिले स्वीकृति पाइसकेको छ । जिएमपीमा जानका लागि कुनै पनि औषधि उद्योगले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको उपकरण प्रयोग गरी उत्पादन गर्नुपर्ने हुन्छ । उत्पादन भएको औषधि परीक्षण गर्ने ल्याब पनि सोहीअनुसारको हुनुपर्छ । समितिले उत्पादन गरेका पाउडर (चूर्ण), ट्याब्लेट र क्याप्सुलका विभिन्न उत्पादनलाई जिएमपीअनुसार उत्पादन गर्ने तयारी गरेको छ ।जिएमपीमा औषधि जाने भएपछि विश्वबजारमा उचित मूल्यमा बिक्री–वितरण भई व्यवसायीलाई फाइदा हुने वैद्यखानाको भनाइ छ । समितिले देशमा उपलब्ध प्राकृतिक जडीबुटीको प्रयोग गरी १८५ प्रकारका आयुर्वे्दिक औषधिको उत्पादन गर्दै आएको छ । अहिले उत्पादन भइरहेका औषधिको संख्या पनि बढाउने गृहकार्य भइरहेको खरेलले बताएका छन ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अख्यितारको कारवाही पत्र स्वास्थ्यबाट गायव
Next article चुम्बनबाट पनि यौन रोगको जोखिम

Health Today Nepal

Related Posts

आयुर्वेदबाट  घातक रोगको उपचार

आयुर्वेदबाट घातक रोगको उपचार

आयुर्वेद उपचार पद्धति भरपर्दो

आयुर्वेद उपचार पद्धति भरपर्दो

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134333
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web