• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
आयुर्वेद

आयुर्वेदबाट घातक रोगको उपचार

December 5th, 2017 आयुर्वेद 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आयुर्वेदबाट  घातक रोगको उपचार

हेल्थ टुडे,

 काठमाडौंको कलंकी बस्दै आउनुभएका ७४ वर्षीय हेमराज गौतम ‘प्रोस्टेटग्लान्ड’ बढ्ने समस्याले निकै पीडित हुनुभयो । चिकित्सकले शल्यक्रिया गरी खुर्केर फाल्नुपर्ने सुझाव दिए । चिकित्सकले दुई पटकसम्म शल्यक्रिया गरी खुर्केर पनि फालिदिए ।

तर निको भएन । फेरि पलायो । चिकित्सकहरुले तेस्रोपटक शल्यक्रिया गर्न नमिल्ने भन्दै उहाँको पिसाब थैलीमा झोला झुण्डाइदिए र अब निको नहुने घोषणा पनि गरिदिए ।

त्यसपछि भने उहाँ आयुर्वेदिक उपचारको खोजीमा लाग्नुभयो । गत वर्षको साउनमा उहाँ ललितपुरको महालक्ष्मी नगरपालिका, ९ स्थित लुभु, डाँडाथोकमा रहेको आरुष आयुर्वेद औषधालयमा पुग्नुभयो । त्यो औषधालय नै उहाँका लागि बरदान भैदियो ।

थलिएर बोल्नै नसक्ने अवस्थामा पुगेको थिएँ, सो औषधालयका आयुर्वेद चिकित्सक कृष्णप्रसाद पोखरेलको जडीबुटी औषधि ४५ दिन खाएपछि वर्ष दिनभन्दा बढी भयो पूरै निकै भएको छ । अहिले ग्लाण्ड बढेको छैन र सोही अस्पतालमा गएर देखाउँदा चिकित्सकले पनि निको भैसकेको भनेका छन्— उहाँ बताउनुहुन्छ ।

उहाँको जस्तै रोगबाट पीडित रामेछापका ८० बर्षीय कृष्णप्रसाद श्रेष्ठ पनि अहिले ठीक हुनुभएको छ । सो औषधालयमा भेटिनुभएका उहाँले भन्नुभयो—‘‘मलाई अहिले केही छैन डेढ महिना औषधि खाएँ, अहिले त तन्दुरुस्तै भएको छु । प्रोस्टेट ग्लाण्ड बढ्न नरोकिएपछि दुःख पाएको थिएँ, अहिले ठीक भएको छु ।’’

महालक्ष्मी नगरपालिका–८ मा बस्ने ४२ बर्षीय कुमार राई पनि जडिबुटीबाटै आफ्नो ज्यान बचेको बताउनुहुन्छ । उहाँको कलेजो पूरै डल्लो परेको थियो । ‘लिबर सिरोसिस’ भनिने यस रोगका कारण सिकिस्त भएका उहाँलाई ३७ दिनसम्म आइसियूमा राखेर उपचार गरियो ।

कलेजो प्रत्यारोपण नगरेसम्म निको नहुने चिकित्सकले बताए । तर विदेश गएर लाखौँ रुपैयाँ खर्च गरेर उपचार गर्ने क्षमता नभएकोले त्यसै घर फर्किनुभयो । चिकित्सकले बढीमा ६ महिनामात्र बाच्ने सल्लाह उहाँको परिवारलाई दिए ।

विसं २०७२ को मंसिरमा पाटन अस्पतालबाट डिस्चार्ज भएपछि एकजना छिमेकीको सल्लाहबाट सो औषधालयामा आएका राई ४५ दिनको औषधि सेवनपछि ठीक हुनु भयो । अहिले सामान्य मानिससरह काम गरिरहनुभएका राई भन्नुहुन्छ—‘‘दुई बर्षयतादेखि म पूरै आराम छु, तर अस्पतालमा खर्च भएको तीन लाख रुपैयाँ अहिले झल्झली सम्झिरहेको छु ।’’

गएका केही बर्षयतादेखि उक्त आयुर्वेद उपचार केन्द्रमा बिरामीको भीड लाग्ने गरेको छ । विशेषतः कलेजोमा देखिएका गम्भीर प्रकृतिका समस्या, आधुनिक उपचार पद्धतिले निको नहुने खालका विभिन्न प्रकारका हेपटाइटिस्, पिसाब नली एवम् पित्तथैलीका साथै यौनाङ्गमा हुने जटिलता, ‘प्रोटेस्टो मेघाली’ जस्ता समस्याको यहाँ सफल उपचार भइरहेको छ ।

गोरखा खरिबोट–९ मा जन्मिनुभएका ६५ वर्षीय कृष्णप्रसाद पोखरेलले केही बर्षयतादेखि लुभुमा जडिबुटी उपचार गर्दै आउनुभएको छ । औपचारिक रुपमा आयुर्वेद चिकित्सा अध्ययनको प्रमाणपत्र नलिएको भएपनि उहाँमा अरु अब्बल चिकित्सक भन्दा कुनै कमी छैन । यसको रहस्य के हो भन्ने प्रश्नमा पोखरेलको भनाइ छ—‘‘मेरा बाजे, हजुरबुबा र बुबा गरी कम्तीमा तीन पुस्ताबाट गरिँदै आएको वैद्य पेसाबाट नै मैले यो उपचार पद्धति सिकेको हुँ । कम्तीमा ४० वर्षदेखि यो काम गर्दै आएको छु ।’’

सुरुमै यहाँ आउँदैनन्, ठूला अस्पतालले निको हुन्न भनेपछि मात्र मकहाँ आउने हुन् । अनि मेरो औषधिले निको भएपछि तिनै डाक्टरसँग जचाउन जाँदा पत्याउँदैनन् र कतिपय डाक्टर त मेरो औषधालयमै आएर मलाई सोध्ने गरेका छन् ।

उहाँको औषधिको स्रोत नेपालकै जडीबुटी हुन् । तर उहाँ आफै हिमाल, पहाड, तराई पुगेर आफैले जडिबुटी ल्याउने गर्नुभएको छ । भन्नुहुन्छ—‘‘जडिबुटी म आफै ल्याउँछु, अरुले ल्याएकामा मलाई विश्वास लाग्दैन । म आफँै गएर जडिबुटी ल्याउँछु र आफैँ औषधि बनाउँछु ।’’

पोखरेलको लुभुस्थित उपचार केन्द्रमा कहिलेकाहीँ भारत, हङकङ, सिङ्गापुर र थाइल्यान्डका बिरामी पनि आएका छन् । ती विदेशीमा मिर्गौलाले काम नगरेको र एड्स पीडित हुन् । ‘‘जडीबुटी उपचारमा हामीलााई भन्दा विदेशीलाई बढी विश्वास छ’’—उहाँ भन्नुहुन्छ । करिब २० जना जति विदेशीको पनि उपचार गरेको उहाँले बताउनुभयो ।
लाखौँ रुपैयाँ अस्पतालमा खर्च गर्दा पनि निको नभएपछि अन्तिम विकल्पको रुपमा आफूकहाँ आउने हुँदा अधिकांशको उपचार निःशुल्क गर्नुपर्ने अनुभव छ उहाँको । तर त्यति ठूला समस्या पनि जडीबुटीले नै निको भएको पाउँदा भने खुसी लाग्ने उहाँ बताउनुहुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मुगुमा भाइरल ज्वरोको प्रकोप
Next article नर्सिङमा सेवाभन्दा विदेश मोह

Health Today Nepal

Related Posts

सिहदरवार वैद्यखाना पनि चाडै जिएमपीमा 

सिहदरवार वैद्यखाना पनि चाडै जिएमपीमा 

आयुर्वेद उपचार पद्धति भरपर्दो

आयुर्वेद उपचार पद्धति भरपर्दो

Leave a Reply Cancel reply

Timeline
Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133127
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

39
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web