• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुत्केरी भत्ता ५ हजार

December 21st, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुत्केरी भत्ता ५ हजार

नवलपरासी : नवलपरासीको (बर्दघाट सुस्ता) पूर्व नवलपुरमा रहेको हुप्सेकोट गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई प्रोत्साहन रकम दिन थालेको छ । स्वास्थ्य चौकी र अस्पतालमा सुत्केरी हुने आमालाई लक्षित गरी नमूना सुरक्षित मातृत्व कार्यक्रममार्फत जनही पाँच हजार रुपैया प्रोत्साहन भत्ता रकम प्रदान गर्न शुरु गरिएको हो । गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई गाउँपालिकाले प्रोत्साहनस्वरुप रकम दिन लागेको गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताए । यस कार्यक्रमले महिलालाई स्वास्थ्य संस्थामा नै गएर गर्भ जाँच गराउने र बच्चा जन्माउनुपर्छ भन्ने धारणालाई अभिप्रेरित गर्ने पाण्डेको भनाइ छ ।

ग्रामीण बस्ती भएकाले यहाँका महिलामा अझै पनि स्वाथ्य चौकीमा गएर बच्चा जन्माउनुपर्छ भन्नेसम्मको चेतना नहुँदा अकालमा आमा बच्चा दुवैको ज्यान गुमाउनु पर्ने अवस्था छ । यद्यपि अब यस क्षेत्रमा मातृशिशु मृत्युदरमा कमी ल्याउनका लागि गाउँपालिकाले यो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष पाण्डेको भनाइ छ । गाउँपालिकाभित्र स्थायीरुपमा नै बसोबास गर्दै आएका बढीमा दुई सन्तान जन्माउने आमालाई सो प्रोत्साहन भत्ता गाउँपालिकाले उपलब्ध गराउने गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णप्रसाद सापकोटाले बताए ।  (रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पेटमै केटा वा केटी कसरी छुट्टिन्छ ?
Next article महले बढाउछ यौन क्षमता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132099
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web