• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रमा क्याथ ल्याब सेवा

January 17th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मानव अंग प्रत्यारोपण केन्द्रमा क्याथ ल्याब सेवा

भक्तपुर, ३ माघ : मानव अंग प्रत्यारोपण केन्द्रले आजबाट क्याथ ल्याब शुरु गरेको छ ।केही महिनाअघिबाट मुटु परीक्षण सेवा सञ्चालन गरेको केन्द्रले मुटुको परीक्षणसँगै बन्द मुटुको नशामा खुलाउने एनजिओग्राफी र एनजिओप्लाष्टी एवं मुटुमा जाली हाल्नेलगायतका मुटुसँग सम्बन्धित सेवा शुरु गरेको हो ।

केन्द्रले वरिष्ट मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको नेतृत्वमा मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुरसहित ११ जनाको टोलीले पहिलो पटक सूर्यविनायक नगरपालिका–४ दधिकोटकी ५० वर्षकी विमला न्यौपानेको मुटुको एनजिओग्राफी सफलतापूर्वक सम्पन्न गरेको छ ।

त्यसैगरी मध्यपुरथिमिका ३७ वर्षका अष्टलाल डंगोलको पनि आजै मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुरसहित ११ जनाको टोलीले एनजिओग्राफी सफलतापूर्वक सम्पन्न गरेको छ । पहिलो पटक सेवा शुरु गरेकाले केन्द्रले आज उनीहरुको निःशुल्क रुपमा एनजिओग्राफी गरेको हो ।

एनजिओग्राफी सम्पन्न गरेसँगै सञ्चारकर्मीलाई यसबारे जानकारी दिँदै वरिष्ठ मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टले भक्तपुरमा सफलतापूर्वक एनजिओग्राफी गरेको बताउँदै उहाँले मुटुरोगीको संख्या बढ्दै गएकाले यस्ता सेवा अन्य जिल्लामा पनि विस्तार गर्दै लैजानु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा दैनिकरुपमा मुटुरोगीको संख्या बढ्दै गएको छ, त्यसको अनुपातमा मुटु उपचारको सेवा विस्तार हुन सकेको छैन, यस्ता सेवालाई अन्य प्रदेशमा पनि सञ्चालन गर्न जरुरी छ ।”

केन्द्रमा कार्यरत मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुरले अब भक्तपुर र पूर्वका बिरामीले मुटुको उपचारका लागि अन्यत्र जानु नपर्ने बताउनुभयो । उहाँले मुटुको परीक्षणसँगै एनजिओग्राम, मुटुको नशामा बन्द भए बेलुनबाट फुटाउने एवं मुटुमा जाली हाल्नेलगायतका मुटुसँगसम्बन्धी सेवा लिन अब अन्यत्र जानु नपर्ने बताउनुभयो ।

डा ठाकुरले भन्नुभयो, “आजबाट यहाँ क्याथ ल्याब सेवा शुरु भएको छ, यसबारे मुटुरोगसम्बन्धी अधिकांश सेवा दिन सकिने भएको छ, यस मेशिनबाट एनजिओग्राफी, मुटुको नशा ब्लक भएको छ कि छैन हेर्ने, नशा ब्लक छ भने स्टेण्डअर्थात जाली हाल्ने, पेश मेकर गर्ने, भल्बको समस्या छ भने त्यसलाई बेलुनबाट खुलाउने अर्थात पिटिएमसी जस्ता सेवा दिन सकिन्छ, जनशक्ति उपलब्ध भए मुटुको भल्बसमेत फेर्न सकिन्छ ।”

यसका साथै न्यूरोको एनजिओग्राफी, रेनल एनजिओग्राफीलगायतका अन्य सेवा पनि सञ्चालन गर्न सकिने बताउँदै उहाँले आवश्यक जनशक्ति उपलब्ध भएमा यस मेशिनबाट नेपालमा उपलब्ध हुँदै आएको मुटुसम्बन्धी सबै सेवा सञ्चालन गर्न सकिने बताउनुभयो ।

मुटु रोगका अतिरिक्त केन्द्रमा उपलब्ध हुँदै आएको सर्मुला एनजिओग्रामीलगायतको सेवा पनि दिनसक्ने भएको छ । शहीद गंगालाल हृदयरोग केन्द्र, मनमोहन कार्डियोथेरासिस एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरले दिँदै आएको सेवामा बिरामीको चाप बढेकाले त्यहाँ पालो कुरेर बस्नुपर्ने बिरामीलाई केन्द्रले सेवा दिन सक्ने भएको छ ।

उहाँले भन्नुभयो, “गंगालाल र मनमोहनमा ओभर फ्लो भएका, त्यहाँ पालो कुर्नु पर्ने बिरामीलाई सरकारी शुल्क मै यहाँ सेवा दिन सकिन्छ, सस्तो सेवा भएकाले भक्तपुरका जनतालाई मात्रै नभई नेपालमा मुटुका बिरामीलाई यसले निकै राहत दिन्छ ।”

कम्तीमा थप पाँच जना चिकित्सक र नर्स एवं प्राविधिक जनशक्ति थप गर्न सके नियमित रुपमा सेवा दिन सकिने उहाँको भनाइ छ । आवश्यक जनशक्ति र श्यया थप गर्नसके आकस्मिक उपचार समेत शुरु गर्न सकिने उहाँले बताउनुभयो ।

केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले मानवका विभिन्न अंग प्रत्यारोपण गर्ने उद्देश्यले स्थापना भएको मानव अंग प्रत्यारोपण केन्द्रले मिर्गौला प्रत्यारोपणसँगै कलेजो प्रत्यारोपण गर्दै सरकारको रु आठ करोडको लागतमा ल्याएको अत्याधुनिक प्रविधि युक्त मेशिनले क्याथ ल्याब सेवा शुरु गरेको बताउनुभयो ।

केन्द्रमै मुटुको सेवा सञ्चालन गर्नु भक्तपुरका बासिन्दाका लागि खुशीको कुरा भएको बताउँदै उहाँले भन्नुभयो, “मिर्गौला र कलेजो मात्रै होइन, भविश्यमा मुटु र फोक्सोसमेत प्रत्यारोपण गर्ने योजना छ ।

केन्द्रको श्यया थप गर्ने, आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने र भौतिक पूर्वाधारको व्यबस्था भए मुटुको सबै सेवा यहीबाट सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । केन्द्रले २०६९ वैशाख ११ गतेबाट मिर्गौला प्रत्यारोपण सेवा शुरु गरेको र २०७३ मंसिर २२ गते बुधबार कलेजो प्रत्यारोपण शुरु गरेको थियो ।रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गर्भवती भएको यो हो गतिलो प्रमाण
Next article नर्सहरुको विदेश मोह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134386
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web