• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भाइरलबाट थप एकको मृत्यु

January 11th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भाइरलबाट थप एकको मृत्यु

जाजरकोट, २७ पुस : जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा दुई सातादेखि विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । भाइरल ज्वरोबाट बुधबार थप एक जनाको ज्यान गएको हो ।

भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डा पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका–५, टिप्ककी ६५ वर्षीया कालु तिरुवाको पनि ज्यान गएको छ ।

गोठमा बस्दै आएकी कालु केही दिनदेखि चिसोले थलिएकी थिइन् । उहाँलाई रुघाखोकी र ज्वरो आएको थियो । समयमा उपचार नपाएपछि उनको मृत्यु भएको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म मृत्यु हुनेमा पाँच वर्षमुनिका सात बालबालिका र ५० वर्ष माथिका छ जना छन् । जुनीचाँदे–२ मजकोटबाट शुरु भएको भाइरल प्रकोप वडा नं १, २, ३, बाट अहिले ४, ५ र १० नम्वर वडामा फैलिएको छ ।

शनिबारदेखि भाइरल पीडितको शिविर खडा गरी उपचार गरिएको छ । शिविरमा एक हजार २०० जनाको उपचार गरिएको छ । उपचार थालिए पनि बिरामी अझै नघटेको उपचारमा संलग्न डा शाक्यले जानकारी दिनुभयो ।

उपचारमा आएका ९५ प्रतिशत सामान्य खालका रुघाखोकी र ज्वरोका बिरामी भए पनि पाँच प्रतिशतचाँहि कडा र सिकिस्त बिरामी रहेको डा शाक्यले जानकारी दिनुभयो ।

भाइरल प्रभावित गाउँमा प्राथमिक स्वास्थ्य केन्द्र, गर्खाकोटबाट परिचालित चिकित्सक–स्वास्थ्यकर्मीको टोलीले रोग नियन्त्रणमा लिन नसकेपछि बुधबार जिल्ला अस्पतालबाट थप चिकित्सक र औषधि प्रभावित क्षेत्रमा पठाइएको छ ।

जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डा भूपेन्द्रप्रकाश मल्लसहित चारजना स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा गएको छ । नेपाली सेनाको टोली प्रभावित क्षेत्रको स्थलगत अध्ययनका साथै सोमबार केही बिरामीको उपचार गरी मंगलबार फर्किएको छ भने नेपाल रेडक्रस सोसाइटीका स्वास्थ्यकर्मीसहितको टोली पनि प्रभावित क्षेत्रमै छ ।

डा शाक्यले भाइरल प्रभावितको संख्या बढ्दै गएकाले जिल्ला अस्पतालबाट थप औषधि र चिकित्सकको टोली मगाइएको बताउनुभयो । निमोनियाविरुद्धको खोप अभावमा सोमबार ३६ दिने शिशुको ज्यान गएपछि थप औषधि मगाइएको छ ।

भाइरल ज्वरो बढेपछि एचवानएनवान् अर्थात कडा खालको मौसमी रुघाखोकी सिजनल फ्लुको आशंका गरिएको छ । एचवानएनवान् भए धेरै ठाउँमा फैलिने खतरा रहन्छ । तत्काल रोग पत्ता लगाई नियन्त्रणमा नलिए महामारीकै खतरा हुने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उपचारमा संलग्न मेडिकल अधिकृत डा शाक्य बिरामीको लक्षण हेर्दा एचवानएनवानको आशंका गरिएपनि यसै भन्न नसकिने बताउनुहुन्छ । रोग पहिचानका लागि बिरामीको रगत तथा खकार र मृतकको रगतका नमुना संकलन गरी बुधबार टेकुस्थित प्रयोगशालामा पठाइएको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो ।

पहिलेको तुलनामा बिरामीको संख्या बढ्दै गएको र एक गाउँबाट अर्को गाउँमा रोग फैलिँदै गएकाले नियन्त्रण बाहिर जान थालेको नेपालीले बताउनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाकी बालरोग विशेषज्ञ डा नम्रता सिन्दान नेतृत्वको टोली बुधबार प्रभावित क्षेत्रतर्फ खटाइएको छ । औषधि अभाव हुन नदिन सुवानाउलीमा औषधिको ‘बफर स्टक’ राख्ने तयारी भएको उहाँले बताउनुभयो ।

यसैबीच, बुधबार बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले तत्काल प्रकोप नियन्त्रणमा लिन उपचारको प्रभावकारी व्यवस्था मिलाउने निर्णय गरेको छ ।

चिकित्सकको नेतृत्वमा वडा नं २ को भैरव मावि मजकोट, वडा नं ३ को आदर्श मावि, लुहादह र वडा नं १० को दुर्गापुजन प्राविमा शिविर सञ्चालन गर्ने र अर्को एक टोलीलाई घुम्ती टोलीका रूपमा परिचालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिनुभयो । चार वर्षमुनिका बालबालिकालाई न्यानो कपडा र थर्मसको व्यवस्था गर्न गैरसरकारी संस्थालाई आग्रह गर्ने निर्णय गरिएको शाहीले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटले जिल्ला स्वास्थ्य मातहतका स्वास्थ्यकर्मीको बिदा र काज रद्द गरेको छ । प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी अभाव भए पनि सरकारले खासै ध्यान दिएको छैन ।

भौगोलिक रूपमा विकट एक गाउँबाट अर्को गाउँ जान घण्टौं हिँड्नुपर्ने बाध्यता छ । दुई÷तीन वटा टोलीलाई सबै ठाउँ पुग्नै हम्मेहम्मे भएको छ । औषधि तथा पर्याप्त स्वास्थ्यकर्मी नहुँदा रोग नियन्त्रणमा आउन नसकेको डा मल्लले बताउनुभयो ।रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article केटा वा केटी,कसमा हुन्छ यौन चाहना बढी
Next article जाडो बढे सँगै सप्तरीमा औषधि अभाव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133272
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

41
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

56
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web