• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

डा. रुइतले यसरी फेला पारे प्रेमिका ?

January 11th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. रुइतले यसरी फेला पारे प्रेमिका ?

सन्ध्या केसी,

नेत्र रोग विशेषज्ञ बन्न डा. सन्दुक रुइतले जे जती मेहनत गरे त्यो भन्दा पनि बढी मेहनत प्रेमिकाका लागि गरे ।  प्रेमिका पट्याउन भने उनलाई हम्मे–हम्मे नै पर्यो । नन्दा श्रेष्ठ त्रिपुरेश्वर आँखा अस्पतालमा इन्चार्ज थिइन् । डा. रुइत पनि त्यही काम गर्दथे । अपरेसन थिएटरमासँगै काम गर्थे । रुइतलाई नन्दा मन पर्न थालिन् । आफूले मन पराएकीलाई गुमाउन नपरोस् भनेर उनले छिट्टै प्रेम प्रस्ताव पनि राखे तर पहिलो पटक स्वीकार भएन । काठमाडौंकी नेवार परिवारकी छोरी मागेर विजातमा बिहे हुने कुनै गुन्जायस नै थिएन । नन्दा मन परेपछि उनले आफ्नो घरमा भने । केटीका घरमा पनि भने तर दुवै घरमा अनुमति पाएनन् । दिनदिनै हुने भेटले उनीभित्र पलाएको मायाको संसार फैलँदो थियो । ‘म उनलाई बाहिर खाजा खान बोलाउँथे उनी ग्रिन सिग्नल दिँदै आउथिन, ’ प्रेमिल दिनका कुरा सम्झदै उनी भन्छन, ‘उनीसँग मैले सधै आफू प्रेममा परेको कुरा बताउथे ।’ नन्दा भने मान्दिनथिइन् ।

‘अहँ हुन्न, मेरो र तपाइँको जात मिल्दैन, समुदाय पनि मिल्दैन अनि परिवारले पनि स्वीकार्दैनन,’ नन्दा नकार्थिन,  ‘परिवारको निर्णय विपरित म जान सक्दिनँ ।’ रुइतले भने पछ्याउन छाडेनन् । बिहे गर्न नमाने पनि नन्दा उनले बोलाएका ठाउँमा भने पुग्थिन् । समाजको डरले भित्र लुकेको प्रेम व्यक्त गर्न भने उनले सकिनन् ।

एक दिन हैन, दुई दिन हैन दुई वर्ष बित्यो रुइतलाई नन्दाको पछि लागेको तर नन्दाले हुन्छ भन्नै सकिनन् । रुइतले हत्ते गरेपछि उनको मायाले पगाल्यो एकदिन । खाजा खाने ठाउँमा एकदिन रुइतले भने, ‘म तिमीबिना बाँच्न सक्दिन तिमी हुन्छ भन बिहे गरौं । पछि बिस्तारै सबै ठीक हुन्छ ।’

यसरी अनेक गरेर उनले फकाएपछि बल्ल नन्दा बिहे गर्न राजी भइन् । परिवारको सदस्य बिना सन् १९८७ मा साथीभाइका माझ तीन हजारमा बिहे भोज गरेको मीठो याद मुटुमै छ उनको । बिहेपछि परिवारले स्वीकार्न निकै समय लगाए । छोरा जन्मेको केही वर्षपछि बल्ल घर भित्र्याए । छोरा सागर डाक्टर बने । छोरी सेराब्ला म्यानेजमेन्ट पढ्दैछिन् । कान्छी छोरी साटेन्ला पनि चिकित्सा नै पढ्दैछिन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ३८६ जनाको मिर्गौला प्रत्यारोपण सम्पन्न
Next article जाडो बढे सँगै सप्तरीमा औषधि अभाव

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133955
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

151
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

139
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web