• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 29th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

चाँयाबाट यसरि बचौ

January 21st, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चाँयाबाट यसरि बचौ

जाडो महिनामा कपालमा बढी चाया पर्छ । टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो वेला टाउकोमा सेता, मसिना फुस्रा दागहरू देखिन्छन्, जसलाई हामी चाया भन्छौँ । सरसफाइ पनि चायाको कारक हो । सरसफाइमा ध्यान नदिने मानिसमा चाया पर्ने सम्भावना हुन्छ । कपाल कम नुहाउने बानीले पनि चाया पर्न सक्छ । शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोगजस्ता कारणले पनि चाया पर्छ ।

त्यस्तै, सुक्खा वातावरणमा बस्दा पनि कपालमा चाया पर्ने समस्या हुन्छ । लामो समयदेखिको तनाव, थकान, चिन्ता, र टाउकोमा हुने एलर्जीका कारण पनि चाया पर्ने समस्या हुन्छ ।

बच्न 
सरसफाइ र सन्तुलित भोजनले चाया हटाउन ठूलो भूमिका खेल्छ । भिटामिनयुक्त खाना, नियमित रूपमा कपाल नुहाउँदा, कपालमा अनावश्यक केमिकलको प्रयोग नगर्दा चायाको समस्याबाट बच्न सकिन्छ । त्यस्तै, स्याम्पु र तेलको प्रयोग गर्दा पनि निकै ध्यान पुर्‍याउनुपर्छ ।

जटिलता
चायाको समस्यालाई शतप्रतिशत निको पार्न गाह्रो छ । तर, यसको असरलाई कम गर्न भने त्यति गाह्रो छैन । तर, चायाले तालु रातो हुने, चिलाउने र रगत बग्ने, पोल्ने र छाला खुइलिने जस्ता समस्या हुन्छ ।

यसको असर बढ्दै गएमा तालुको छालासमेत खुइलिन सक्छ र यसको असर अनुहारतर्फ पनि सर्छ । त्यसैले यस्ता समस्या आयो भने चिकित्सककहाँ जानु अत्यावश्यक हुन्छ । चायाले कपाल झर्नेजस्ता समस्या पनि सिर्जना गर्न सक्छ ।नँया पत्रिकाबाट

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रेडक्रसले विपद्मा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने
Next article Health Today New Issue

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133166
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web