• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

स्वास्थ्य सेवा प्रवाहमा स्थानीय सरकारको दायित्व

January 26th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सेवा प्रवाहमा स्थानीय सरकारको दायित्व

पदमराज जोशी,

तिनवटै तहको निर्वाचनपछि देश संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । संविधानले  प्रदान गरेको स्वास्थ्य अधिकारलाई व्यवहारमा उतार्ने जिम्मेवारी अब जनप्रतिनिधिको काँधमा आएको छ । केन्द्रीय अस्पतालबाहेकका अधिकांश स्वास्थ्य संस्थाको सञ्चालन र व्यवस्थापन गर्ने अधिकार संविधानले स्थानीय सरकारलाई सुम्पेको छ ।  त्यसका लागि बजेट पनि स्थानीय निकायलाई नै सुम्पेको छ । पहिलो पटक स्वास्थ्य संस्था स्थानीय सरकारलाई जिम्मा दिएपछि केही समस्या देखिएका छन् । विशेषगरी औषधि र उपकरण समयमा खरिद गर्न नसक्दा देशका अधिकांश स्वास्थ्य संस्थामा औषधि अभाव देखिएको छ ।

औषधि खरिद गर्नका लागि स्थानीय निकायले बजेट विनियोजन गरे पनि समयमै औषधि खरिदका लागि टेन्डरलगायतका प्रक्रिया समयमा नथाल्दा अहिले देशका अधिकांश भागमा औषधि अभाव देखिएको छ । स्थानिय निकायले औषधि खरिदका लागि बजेट विनियोजन गरे पनि थोरै रकम बिनियोजन गर्दा र समयका खरिद प्रकृया नथाल्दा आवश्यकता अनुसार  औषधि खरिद गर्न सकिएको छैन । यो समस्या देशका अधिकांश जिल्लाका स्थानीय स्वास्थ्य चौकीदेखि जिल्ला अस्पतालसम्म देखिएको छ । यस किसिकका समस्याको हल तत्कालका लागि मात्र खोजेर पुग्दैन । फेरि बेलैमा ध्यान नदिने हो भने औषधि, उपकरण अभावका घटना भइरहने छन् । विकास भनेको बाटोघाटो, स्कुल भवन बनाउने र पुल बनाउनु मात्र होइन । शिक्षा, स्वास्थ्य र वातावरणमा ध्यान दिन सकिएन भने विकासले मृत रूप लिन पाउँदैन । स्वास्थ्य र शिक्षामा हुने लगानीलाई पनि विकास मान्नु पर्दछ । स्वस्थ व्यक्तिले मात्र देश विकासमा टेवा दिन सक्छ । त्यसलै अब स्थानीय निकायको दायित्व भनेको बिरामीका लागि बढी शैयाको अस्पताल निर्माण गर्नु मात्र होइन । कुनै व्यक्ति पनि रोगी हुनै नदिने समाज निर्माण गर्नु जरुरी छ । त्यसका लागि स्थानीय सरकारले विज्ञहरूको परामर्शमा दीर्घयोजना अगाडि सार्नु पर्छ ।

केन्द्र सरकारले पनि जिल्ला अस्पतालहरूलाई स्थानीय निकाय मातहत राख्नुभन्दा त्यसको व्यवस्थापन आफैंले गर्नुपर्ने अवस्था छ । स्वास्थ्य चौकीसम्मको व्यवस्थापन स्थानीय निकायलाई दिए पनि अहिले नै जिल्ला अस्पतालको जिम्मेवारी स्थानीयलाई दिँदा समस्या देखिएको छ । जिल्ला अस्पतालसम्मको व्यवस्थापकीय र आर्थिक जिम्मेवारी केन्द्र सरकारले नै लिनु पर्छ । स्थानीय सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ । सडक बनाउने काम मात्र विकास हो निरोगी समाज निर्माण गर्नु विकास होइन भन्ने मानसिकताबाट मुक्त हुनु जरुरी छ । व्यक्ति स्वस्थ्य भए परिवार स्वस्थ्य हुन्छ, परिवार स्वस्थ्य भए समाज स्वस्थ्य हुन्छ र स्वस्थ्य समाज भए मात्र देश स्वस्थ्य हुन्छ । स्वस्थ्य देशले मात्र विकासमा फड्को मार्न सक्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डाक्टरले ४ सय फि लिदा कसरी हुन्छ ब्रम्हलुट ? 
Next article डा. रुईतलाई भारतको सम्मानित पद्म श्री प्रदान गरिने

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web