• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 3rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

स्वास्थ्य सेवा प्रवाहमा स्थानीय सरकारको दायित्व

January 26th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सेवा प्रवाहमा स्थानीय सरकारको दायित्व

पदमराज जोशी,

तिनवटै तहको निर्वाचनपछि देश संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । संविधानले  प्रदान गरेको स्वास्थ्य अधिकारलाई व्यवहारमा उतार्ने जिम्मेवारी अब जनप्रतिनिधिको काँधमा आएको छ । केन्द्रीय अस्पतालबाहेकका अधिकांश स्वास्थ्य संस्थाको सञ्चालन र व्यवस्थापन गर्ने अधिकार संविधानले स्थानीय सरकारलाई सुम्पेको छ ।  त्यसका लागि बजेट पनि स्थानीय निकायलाई नै सुम्पेको छ । पहिलो पटक स्वास्थ्य संस्था स्थानीय सरकारलाई जिम्मा दिएपछि केही समस्या देखिएका छन् । विशेषगरी औषधि र उपकरण समयमा खरिद गर्न नसक्दा देशका अधिकांश स्वास्थ्य संस्थामा औषधि अभाव देखिएको छ ।

औषधि खरिद गर्नका लागि स्थानीय निकायले बजेट विनियोजन गरे पनि समयमै औषधि खरिदका लागि टेन्डरलगायतका प्रक्रिया समयमा नथाल्दा अहिले देशका अधिकांश भागमा औषधि अभाव देखिएको छ । स्थानिय निकायले औषधि खरिदका लागि बजेट विनियोजन गरे पनि थोरै रकम बिनियोजन गर्दा र समयका खरिद प्रकृया नथाल्दा आवश्यकता अनुसार  औषधि खरिद गर्न सकिएको छैन । यो समस्या देशका अधिकांश जिल्लाका स्थानीय स्वास्थ्य चौकीदेखि जिल्ला अस्पतालसम्म देखिएको छ । यस किसिकका समस्याको हल तत्कालका लागि मात्र खोजेर पुग्दैन । फेरि बेलैमा ध्यान नदिने हो भने औषधि, उपकरण अभावका घटना भइरहने छन् । विकास भनेको बाटोघाटो, स्कुल भवन बनाउने र पुल बनाउनु मात्र होइन । शिक्षा, स्वास्थ्य र वातावरणमा ध्यान दिन सकिएन भने विकासले मृत रूप लिन पाउँदैन । स्वास्थ्य र शिक्षामा हुने लगानीलाई पनि विकास मान्नु पर्दछ । स्वस्थ व्यक्तिले मात्र देश विकासमा टेवा दिन सक्छ । त्यसलै अब स्थानीय निकायको दायित्व भनेको बिरामीका लागि बढी शैयाको अस्पताल निर्माण गर्नु मात्र होइन । कुनै व्यक्ति पनि रोगी हुनै नदिने समाज निर्माण गर्नु जरुरी छ । त्यसका लागि स्थानीय सरकारले विज्ञहरूको परामर्शमा दीर्घयोजना अगाडि सार्नु पर्छ ।

केन्द्र सरकारले पनि जिल्ला अस्पतालहरूलाई स्थानीय निकाय मातहत राख्नुभन्दा त्यसको व्यवस्थापन आफैंले गर्नुपर्ने अवस्था छ । स्वास्थ्य चौकीसम्मको व्यवस्थापन स्थानीय निकायलाई दिए पनि अहिले नै जिल्ला अस्पतालको जिम्मेवारी स्थानीयलाई दिँदा समस्या देखिएको छ । जिल्ला अस्पतालसम्मको व्यवस्थापकीय र आर्थिक जिम्मेवारी केन्द्र सरकारले नै लिनु पर्छ । स्थानीय सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ । सडक बनाउने काम मात्र विकास हो निरोगी समाज निर्माण गर्नु विकास होइन भन्ने मानसिकताबाट मुक्त हुनु जरुरी छ । व्यक्ति स्वस्थ्य भए परिवार स्वस्थ्य हुन्छ, परिवार स्वस्थ्य भए समाज स्वस्थ्य हुन्छ र स्वस्थ्य समाज भए मात्र देश स्वस्थ्य हुन्छ । स्वस्थ्य देशले मात्र विकासमा फड्को मार्न सक्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. रुईतलाई भारतको सम्मानित पद्म श्री प्रदान गरिने
Next article डाक्टरले ४ सय फि लिदा कसरी हुन्छ ब्रम्हलुट ? 

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131641
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web