• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

देउराली जनताको वार्षिकोत्सबको पूर्वसन्ध्यामा वाकाथन

January 27th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
देउराली जनताको वार्षिकोत्सबको पूर्वसन्ध्यामा वाकाथन

हेल्थ टुडे,

काठमाडौं, १३ माघ : देउराली जनता फर्मास्विटिकल्सको २७ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा शनिबार राजधानीमा कुष्ठरोग विरुद्व वाकाथन प्रतियोगिता आयोजना गरिएको छ । देउराली जनताको कर्पोरेट कार्यालय हात्तीसारबाट विहान ७ बजे सुरु भएको वाकाथन धापासीस्थित कम्पनीको प्राङ्गणमा पुगेर सम्पन्न भएको थियो । देउराली जनता फर्मास्विटिकल्सका कार्यकारी निर्देशक एवं नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले रिवन काटेर उक्त वाकाथनको शुभारम्भ गरेका थिए ।

वाकाथनमा कम्पनीका दुईसय भन्दा बढी कर्मचारी सहभागी थिए । देउराली जनताले बिगत २७ वर्षदेखि यस किसिमको वाकाथन प्रतियोगिता गर्दै आइरहेको छ । प्रतियोगितामा प्रथम, दोश्रो र तृतिय हुने सहभागीलाई कम्पनीको बार्षिकोत्सवका दिन विशेष समारोहमा पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । हरेक वर्ष माघ १६ गते देउराली जनताले आफ्नो बार्षिकोत्सव भव्यताका साथ मनाउदै आइरहेको छ ।

यो वर्ष पनि माघ १६ गते २७ औं वार्षिकोत्सव भव्य रुपले मनाइने तयारी भइरहेको छ । नेपाली औषधि उद्योगमा गुणस्तरीय ओषधि उत्पादनमा देउराली जनताले आफूलाई अग्रणी स्थानमा उभ्याएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शोभाकर कँडेलको मिसन : कुष्ठरोग मुक्त नेपाल
Next article ललितपुर मेलानमा रेसम भट्टराई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133111
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web