• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

१३ दिनदेखि जिल्ला अस्पताल लगायत स्वास्थ्य संस्था ठप्प

March 3rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
१३ दिनदेखि जिल्ला अस्पताल लगायत स्वास्थ्य संस्था ठप्प

डोटी,१९ फागुन : सरकारी चिकित्सकहरूले कुटपिटको विरोध गर्दै १३ दिनदेखि जिल्ला अस्पताललगायत स्वास्थ्य संस्था ठप्प पारेका छन् । फागुन ६ गते जिल्ला अस्पतालमा कार्यरत डा. जितेन्द्र सिंहमाथि कुटपिटको विरोधमा मेडिकल सुपरिटेन्डेन्टसहित चिकित्सकहरूले काम गर्ने वातावरण नभएको भन्दै जिल्ला छाडेका हुन् । जिल्लाका डाक्टरहरूलाई सरकारी चिकित्सक संघले असुरक्षाको कारण देखाउँदै जिल्ला छाड्न भन्दै काठमाडौं आउन निर्देशन दिएको छ । जिल्ला छाडी गएका डाक्टरहरूलाई स्वास्थ्य मन्त्रालयले एक महिनाको काज दिएर मन्त्रालयमै हाजिर गराइरहेको छ । चिकित्सक नभएपछि डोटीमा उपचार सेवा ठप्प छ । माग न्यायोचित भए पनि लामो समय उपचारमा नफर्केको प्रति भने असन्तुष्टि बढ्दै गएको छ ।

डाक्टरहरूले भनेझंै जिल्लामा काम गर्ने वातावरण नरहेको आरोपको भने प्रजिअ सूर्यबहादुर खत्रीले खण्डन गरेका छन् । ‘डाक्टरहरूको काम गर्ने मनसाय नभएको हो कि ? सुरक्षा नै नभएको हो भन्ने कुरा महत्त्वपूर्ण छ,’ उनले भने, ‘यहाँ त असुरक्षा भयो भनेर डाक्टरहरू काठमाडौं झिकाइए । काठमाडांैमै त्यस्ता कैयौं घटना भइरहेका छन्, त्यहाँका असुरक्षित डाक्टरलाई चिकित्सक संघले कहाँ लगेर सुरक्षित राख्ने गरेको छ त ?’ स्थानीय प्रशासनले दोषीलाई हिरासतमा लिएर मुद्दाको अनुसन्धान गरिरहेको भन्दै मन्त्रालयले पनि कर्मचारीहरूको मात्रै कुरा नसुनेर उपचार सेवामा पनि ध्यान दिनुपर्ने खत्रीले बताए ।
जिल्ला स्वास्थ्य प्रमुख सतीश विष्टले पनि उपचार नपाएर बिरामी छटपटिरहेका बेला डाक्टरहरूले जिल्ला फर्कन उचित हुने बताए । ‘कुटपिटमा परेका डाक्टरमाथि उल्टै लाञ्छना लगाउने काम हुन थालेपछि उहाँहरूले जिल्ला छाड्नुभएको हो,’ विष्टले भने, ‘तर कारबाहीको प्रक्रिया अघि बढिरहेको अवस्थामा मन्त्रालयमै काजमा बसेर पनि हुन्न । उहाँहरूले बिरामीलाई सम्झेर पनि फर्कनुपर्छ ।’
कुटपिटमा संलग्न आरोपमा दिपायल सिलगढी नगरपालिका ७ का हिक्मतसिंह विष्ट, विजय विष्ट, टेकबहादुर विष्ट र सिलगढी ६ का अरुण महत प्रहरी हिरासतमा छन् । उनीहरूमाथि सार्वजनिक अपराध मुद्दा चलाइएको छ । डाक्टर सिंहलाई कोठाको ढोकै तोडेर उनीहरूले आक्रमण गरेको आरोप छ ।
अस्पतालमा आकस्मिकबाहेक सबै सेवा ठप्प छन् । पोस्टमार्टम, ल्याब परीक्षण, भिडियो एक्सरे नहुँदा सामान्य रोगका बिरामी उपचारका लागि अन्यत्र जानुपर्छ । चिकित्सकले सेवा ठप्प पारी जिल्ला छोडेपछि पोस्टमार्टमका लागि डडेल्धुरा पठाउनुपर्ने बाध्यता छ । डाक्टर अभावमा भएका घटनाबारे अनुसन्धानमा समस्या भइरहेको डीएसपी शिवबहादुर सिंहले बताए ।
जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विवश पराजुली, डा. जितेन्द्र सिंह र सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रका डा. राजकुमार विश्वकर्माले जिल्ला छाडेका हुन् । जिल्ला अस्पतालमा निक साइमन नामक संस्थामार्फत काम गरिरहेका डाक्टर गिरीश अवस्थी पनि जिल्लामा छैनन् । चिकित्सक संघकै निर्णयअनुसार जिल्लाबाहिर रहन भनिए पनि डाक्टर अवस्थीलाई तत्कालै डयुटीमा खटाउन लागिएको निक साइमनका कार्यक्रम संयोजक प्रशान्त शाहीले जानकारी दिए ।
Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नाइजेरियामा ज्वरोका कारण ७२ को मृत्यु
Next article गलैँचा मजदुरलाई क्षयरोगसम्बन्धी अभिमुखीकरण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132504
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

34
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web