• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गलैँचा मजदुरलाई क्षयरोगसम्बन्धी अभिमुखीकरण

March 4th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गलैँचा मजदुरलाई क्षयरोगसम्बन्धी अभिमुखीकरण

भक्तपुर, २० फागुन : नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले शनिबार मध्यपुर थिमि नगरपालिका–६ मा रहेका गलैँचा कारखानाका मजदुरलाई क्षयरोगसम्बन्धी अभिमुखीकरण गरेको छ । स्थानीय हिमालयन उल क्राºट गलैँचा उद्योगमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बाबुकाजी श्रेष्ठले अभिमुखीकरण गर्नुभएको थियो ।

उहाँले मजदुरलाई क्षयरोगको कारण, यसका लक्षण र रोकथाम तथा उपचारका विधिका बारेमा जानकारी दिनुभएको थियो । प्रशिक्षणका क्रममा उहा“ले उपचार गरे निको हुने क्षयरोगलाई लुकाएर राखे ठूलो क्षति गर्न सक्ने भन्दै आºनो रोगलाई नलुकाऔँ र केही समस्या आएको खण्डमा क्षयरोग संस्था वा स्वास्थ्य संस्थामा गई सम्पर्क राख्न आग्रह पनि गर्नुभयो ।
सरकारले सन् २०५० भित्र नेपाललाई क्षयरोग मुक्त देश बनाउने महाअभियान सञ्चालन गरिरहेको सन्दर्भमा सबैको सहयोगको खाँचो रहेको बताउँदैं उहाँले क्षयरोगलाई उपचारको दायरामा ल्याएर नियमित औषधि सेवन गरे निको हुने जानकारी दिनुभयो ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाको नगर कार्यपालिका सदस्य अरुणा कारञ्जितले क्षयरोगका बारेमा स्थलगत जानकारी दिनु निक्कै सराहनीय कार्य भएको चर्चा गर्दै क्षयरोग निवारणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संस्थाका सभापति राम सिख्वःले संस्थाले निरन्तर रुपमा स्थानीय जनस्तरमा विभिन्न संघसंस्थाको सहयोगमा क्षयरोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औषधि व्यवस्था विभाग खारेज गर्ने तयारी 
Next article १३ दिनदेखि जिल्ला अस्पताल लगायत स्वास्थ्य संस्था ठप्प

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133997
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

125
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

120
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web