• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दानवीरद्वय शाह दम्पत्तिका नाममा आँखा उपचार केन्द्र

March 8th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दानवीरद्वय शाह दम्पत्तिका नाममा आँखा उपचार केन्द्र

नेपालगञ्ज, २४ फागुन : नेपालगञ्जस्थित फत्तेवाल आँखा अस्पताललाई काठमाडौँको आफ्नो करिब रु एक अर्बको घरजग्गा दान गर्ने दानवीर श्रीजङ शाह र उहाँकी धर्मपत्नी रुद्रकुमारी शाहको नाममा बर्दियामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ ।

फत्तेवाल आँखा अस्पतालका वरिष्ठ प्रबन्धक कौशलकुमार वर्माका अनुसार बर्दियाको भुरीगाउँ र मगरागढीमा ‘श्रीजङ÷रुद्रकुमारी आँखा उपचार केन्द्र’ स्थापना गरी सञ्चालनमा समेत ल्याइएको छ ।

यसैगरी, उहाँहरुको अर्धकदको शालिक फत्तेवाल आँखा अस्पतालको परिसरमा निर्माण गरिने निर्णय पनि गरिएको छ । शालिकको निर्माण सम्पन्न भएपछि दानवीरद्वय श्रीजङ शाह र रुद्रकुमारी शाहबाट अनावरण गराइने प्रबन्धक वर्माले बताउनुभयो ।

पच्चीस वर्ष अघि दानवीर श्रीजङका पिता फत्तेजङ शाहले आफ्नी धर्मपत्नी स्व बालदिव्येश्वरी शाहको सम्झनामा नेपालगञ्जमा आँखा अस्पताल सञ्चालनका लागि करोडाँै मूल्यको घरजग्गा दान दिनुभएपछि ‘फत्तेवाल आँखा अस्पताल’ मा सञ्चालनमा आएको थियो ।

सो अस्पतालमा प्रदेश ५, ७ र कर्णाली प्रदेशका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतबाट समेत दैनिक सयौँको संख्यामा आँखाका बिरामी उपचारका लागि आउने गर्छन् ।

यसैगरी, फत्तेवाल आँखा अस्पतालले हाल प्रदेश नं ५ को बर्दियाको राजापुर, बाँसगढी, भुरीगाउँ, मगरागढी र सानोश्री तथा कर्णाली प्रदेशको दैलेखको दुल्लु र सुर्खेतको मेहलकुनामा पनि आँखा उपचार केन्द्र स्थापना गरी सेवा प्रवाह गरिरहेको छ ।

नेपाल नेत्रज्योति संघ, बाँकेका अध्यक्ष रतनकुमार टण्डनका अनुसार नेपालगञ्जस्थित फत्तेवाल आँखा अस्पतालले वार्षिक सरदर एकलाख २० हजार आँखाका बिरामीलाई बहिरंग र १२ हजारलाई शल्यक्रिया सेवा उपलब्ध गराउँदै आएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल नेशनल हस्पिटलद्धारा सप्ताहव्यापी मिर्गौला शिविर
Next article मिर्गौला उपचारमा फड्को

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133797
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

146
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

131
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web