• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 29th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जाजरकोट अस्पताल एक चिकित्सकको भरमा,सेवा प्रवाहमा समस्या

March 10th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जाजरकोट अस्पताल एक चिकित्सकको भरमा,सेवा प्रवाहमा समस्या

जाजरकोट, २६ फागुन: जाजरकोट अस्पताल विगत एक महिनादेखि एक चिकित्सकको भरमा चल्दै आएको छ ।विशेषज्ञ सेवा प्रवाह गर्ने उद्देश्यले ५० श्ययामा रुपान्तरण गरी सेवा बिस्तार गरिएको जाजरकोट अस्पताल एक जना चिकित्सकको भरमा चल्दा सेवा प्रवाहमा समस्या भएको छ ।शल्यक्रिया सेवा, विशेषज्ञ सेवालगायतका दर्जन बढी सेवा प्रवाह गर्ने भनिए पनि अहिले जिल्लावासीले सामान्य सेवा नपाउँदा दैनिक पीडा थपिएको जुनीचाँदे गाउँपालिका–४ का रेशमबहादुर खड्काले बताउनुभयो । अन्य चार जना डाक्टर बिदामा बसेका कारण दैनिक उपचारमा समस्या भएको छ । विशेषज्ञ, डाक्टर गरी ५९ जनाको दरबन्दी भएको जाजरकोट अस्पतालमा डाक्टर नहुँदा जिल्लावासीले हैरानी भोग्नुपरेको छ ।स्वास्थ्य मन्त्रालयले जाजरकोट अस्पताललाई ५० श्ययामा विस्तार गरे पनि १५ श्ययाको कार्यक्रम पठाउँदा काम गर्न समस्या भएको अस्पतालको भनाइ छ । जाजरकोट अस्पतालमा विशेषज्ञ डाक्टर ११ को दरबन्दी खाली रहेको छ ।

त्यस्तै चार जना डाक्टरको दरबन्दी भए पनि अहिले एक जना मात्र कार्यरत रहेका छन् भने अन्य खाली रहेको छ । ल्याप, एचएको दरबन्दी पनि खाली रहेको छ । सदरमुकामकै जाजरकोट अस्पतालको हालत यो अवस्थामा छ भने गाउँमा रहेका स्वास्थ्य संस्थाको हबिगत कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ । प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा बारेकोट दुई जना डाक्टरको दरबन्दी भए पनि अहिले केन्द्र अस्पतालविहीन भएको छ ।त्यस्तै गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा पनि त्यस्तै समस्या रहेको छ । जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा जिल्लाको स्वास्थ्यमा ठूलो समस्या छ । आवश्यक उपकरणको अभावमा जिल्लाका सबै स्वास्थ्य संस्थामा समस्या भएको छ ।जाजरकोट सदरमुकाममा अस्पतालको प्रसूति गृह लगाएतका भवन समयमा निर्माण नहुँदा सेवाग्राहीले सास्तीपूर्वक सेवा लिन बाध्य भएका छन् । अस्पतालमा डाक्टर नहुँदा यहाँका स्थानीयवासी देशका अन्य ठाउँमा गएर उपचार गर्न बाध्य छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आईफोन किन्न मिर्गौला बेचेको सुने : लालबाबु
Next article अब वीर अस्पताल १५ सय श्ययाको

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133163
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web