• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत डाक्टर फेल

March 12th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत डाक्टर फेल

काठमाडौं, २८ फागुन : नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ५४ प्रतिशत डाक्टर पास भएका छन् ।काउन्सिलले २६ फागुन (शनिबार)मा लिएको परीक्षामा ४६ प्रतिशत डाक्टर फेल हुँदा विशेषज्ञताको लाइसेन्स लिनबाट वञ्चित भएका छन् ।फेल हुने अधिकांश डाक्टर विदेशमा अध्ययन गरेका छन् । काउन्सिलले विशेषज्ञ चिकित्सकका रूपमा काम गर्न अनुमति दिन वर्षमा चारपटक विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षा गराउँदै आएको छ ।

‘यसअघि ७० प्रतिशत डाक्टर विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा पास भएका थिए’, मेडिकल काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले भने, ‘यसपटक ५४ दशमलव ४ प्रतिशत डाक्टर मात्रै पास भए ।यो संख्या अत्यन्तै न्यून हो ।’ चार महिनाको अवधिमा १६ प्रतिशतले पासदरमा कमी आउनुलाई गम्भीर रूपमा लिएको काउन्सिलले जनाएको छ ।चिकित्सा क्षेत्रमा देखिएको बन्दहडताल आन्दोलनको प्रत्यक्ष प्रभाव रिजल्टमा परेको हुन सक्ने काउन्सिलको अनुमान छ ।डा. शर्माका अनुसार यसपटकको परीक्षामा ३९ विधामा डाक्टरहरूले परीक्षा दिएका थिए । ३ सय २२ जनाले परीक्षा फारम भरे पनि चारजना अनुपस्थित थिए । ३ सय १८ जना डाक्टरले परीक्षा दिएकोमा १ सय ७३ जना मात्रै पास भएको डा. शर्माले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भरतपुर अस्पतालमा अक्सिजन उत्पादन शुरु
Next article विमान दुर्घटनामा घाईतेहरुको ५ हस्पिटलमा उपचार हुँदै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132444
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web