• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

किन हुन्छ हाडनाताबीच विवाह ?

March 15th, 2018 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
किन हुन्छ हाडनाताबीच विवाह ?

महेश श्रेष्ठ,

सुन्दा अचम्म लाग्छ, तर यो सत्य हो, केही वर्षयता विश्वका विभिन्न मुलुकमा आमा–छोरा, बुबा–छोरी, दाजु–बहिनी, दिदी–भाइ अनि हजुरबुबा, हजुरआमाले आफ्ना नातिनातिनीसँग विवाह गरेर घरजम गरी बस्ने गरेका घटनाहरू बेलाबेलामा सार्वजनिक हुँदै आएका छन् । चार सन्तानका अभिभावक जर्मनीका प्याट्रिक स्टिइबिङ र सुसान कारोलइकी नाताले दाजु–बहिनी हुन् । सन् २००० मा उनीहरूले अपरिचितका रूपमा एकअर्कासँग भेट्दा प्याट्रिक २३ र सुसान १५ वर्षका थिए । कानुनी रूपमा बन्देज गरेको हाडनाता करणीका सम्बन्धमा राज्यका विरुद्धमा कानुनी लाडाइँ लडेका उनीहरूको रिट सन् २००८ मा जर्मन सरकारले खारेज गरेको थियो । सन् २०१२ मा न्युजिल्याण्डका एक जोडी ३२ वर्षका बुबा र १८ वर्षकी छोरीलाई हाडनाता करणीको अपराधमा कारवाही गरियो। केरकारका क्रममा सन् २०१० अगस्टदेखि सन् २०१२ सम्म उनीहरू श्रीमान–श्रीमतीका रूपमा रहेको अपराध कबुलेका थिए। उनीहरूको सम्बन्धबाट २०११ एक छोरीको जन्म भएको थियो. युद्धका कारण बिस्थापित भएर, रोजगार वा अध्ययनको सिलसिलामा स्थानान्तर भएर वा अन्य कारणले वर्षौंसम्म बिछोडिएको हाडनाताभित्रका परिवारको सदस्य वयष्क हुँदा पहिलो पटक भेटेको अवस्थामा एकअर्काप्रति यौनिक रूपमै आकर्षित हुन्छ भने यस्तो मानसिक दुर्बलतालाई ‘जेनेटिक सेक्सुअल एट्र्याक्सन’ भनिन्छ । यसरी वर्षौंसम्म बिछोडिएको परिवारको सदस्यहरूको पुनर्मिलन भएको अवस्थामा ५० प्रतिशतमा ‘जेनेटिक सेक्सुअल एट्र्याक्सन’ हुन्छ।

यस्तो आकर्षण यति जबरजस्त हुन्छ कि उनीहरू एकअर्कासँग छुटेर बस्ने कुराको कल्पनै गर्न सक्दैनन ्। ‘जेनेटिक सेक्सुअल एट्र्याक्सन’का सिकार भएका मानिसहरूका अनुसार यस्तो आकर्षण यत्तिबिघ्न जबरजस्त हुन्छ कि जिन्दगी दिन दुई गुणा, रात चौ गुणा जटिल बन्दै गर्दा आफूमा हीन भाव त आँउछ, तर निरन्तरको प्रयासका बाबजुद मानसिक कमजोरीबाट मुक्ति प्राप्त गर्न असंभवप्रायः हुन्छ । यस्ता मानिसको आरोप छ कि आममानिसले तिनका समस्या बुझ्नै सक्दैनन् र तिनलाई पूर्वाग्रही रूपमा घोर पापीका रूपमा हेर्ने गरेका हुन्छन् । यस्तो जोडीको जीवन निकै समस्याग्रस्त त हुन्छ नै, त्यसमाथि तिनीहरूको सम्बन्धबाट जन्मेका बच्चाहरूको उचित व्यवस्थापन अर्को चुनौतीपूर्ण कुरा हो । ‘जेनेटिक सेक्सुअल एट्र्याक्सन’ सर्वप्रथम नामकारण गर्ने अमेरिकी महिला बार्बर गोन्यो आफैँ पनि ‘जेनेटिक सेक्सुअल एट्र्याक्सन’ को शिकार भएकी थिइन् । सन् १९८० को दशकमा उनले नै वयष्क हुँदाको अवस्थामा अपरिचितका रूपमा भेट्दा आफ्नै परिवारका सदस्यबीच यौनिक रूपमा आकर्षित हुने मानसिक कमजोरीलाई ‘जेनेटिक सेक्सुअल एट्र्याक्सन’ भनेर नामकरण गरेका थिए । उनी १६ वर्ष हुँदा उनका छोरालाई धर्मपुत्रको रूपमा अरू कसैलाई दिन बाध्यतामा पारिएको थियो । सन् १९७९ मा उनी ४२ वर्ष हुँदा २६ वर्षपछि आफ्नो छोरासँग पुनर्मिलन भएको थियो । तर भाग्यवस, उनको छोरा बार्बरप्रति यौनिक रूपमा आकर्षित भएन। १० वर्षको अन्तरसंघर्षपछि बार्बरले यस्तो मानसिक अवस्थामाथि विजय हासिल गरेकी थिइन् । मानिस आफ्नो जस्तै अनुहार र आनिबानी भएका अर्को मानिसप्रति आकर्षित हुन्छन् । एउटै हाडनाताभित्रको सदस्यमा वंशाणुगत गुणका कारण धेरै मात्रामा अनुहार र आनिबानीमा मेल खाने हुन्छ। किन वर्षौंपछि अपरिचितका रूपमा भेटिएका परिवारका सदस्यबीच यतिबिघ्न आकर्षण हुन्छ त? भन्ने कुरा पछाडिको वैज्ञानिक कारण भनेको आपूmसँग मिल्दोजुल्दो अनुहार र आनिबानी नै भएको वैज्ञानिकहरूको राय छ ।

यसमा जेनेटिक साइन्सको एउटा अर्को कुरा उठाउनु सान्दर्भिक हुनेछ ।  किन हाडनाताभित्र विवाह बञ्चित छ? भन्ने सन्दर्भ पाप र धर्मको कुरा होइन । हाडनातामा कारणीपश्चात जन्मिएको बच्चा मानसिक रूपमा दुर्बल, रोगी, नराम्रो, अशक्त हुन्छ । हाडनाताबीचको सम्बन्धलाई मान्यता दिएमा मानव समाज अधोगतिमा लाग्ने निश्चित भएका कारण हाडनाताबीचको सम्बन्ध बञ्चित गरिएको हो । प्राचीन समयका मानिसले यस्तो वैज्ञानिक सन्दर्भमा तथ्यहरूलाई नबुझ्ने हुँदा यस्ता सम्बन्धलाई महापापको संज्ञा दिइएको हो । आज ‘जेनेटिक सेक्सुअल एट्र्याक्सन’का कारण संसारका विभिन्न मुलुकमा हाडनाता पर्ने सदस्यबीचका जोडीहरू फाट्टफुट रूपमा देखिन थालेका छन् । कतिपय जेनेटिक विज्ञानका ज्ञाता र अपराधशास्त्रीहरूले यस्तो जोडीका सन्दर्भमा तिनीहरूलाई अपराधीका रूपमा हेर्न नहुने मत राख्न थालेका छन् भने अमेरिकाको न्युजर्सीलगायतका केही ठाउँका कानुन यस्ता जोडीका सन्दर्भमा निकै नै सहानुभूति राख्ने खालका छन् ।  हुनत वर्तमान समयमा नेपालमा यस्ता जोडीहरू सतहमा आएका छैनन्। तथापि, केही हाडनाता करणीका घटनाहरू सार्वजनिक भए । ती घटनाहरूको पृष्ठभूमि केलाउने हो भने तिनमा पनि आरोपित र पीडित परिवारका सदस्यहरू लामो अन्तरालपछि वयष्क हुँदा पुनर्मिलन भएको हुनसक्छ ।  ‘जेनेटिक सेक्सुअल एट्र्याक्सन’ आज हाम्रो मुलुकका निम्ति कुनै समस्या होइन, तर नेपालको वर्तमान सामाजिक परिवेशका सन्दर्भमा भविष्यमा यस्तो किसिमको उल्झन नआउला भन्न सकिँदैन।  आज नेपाली युवाको ठूलो हिस्सा विदेसिएका छन्।

आधा घरधुरीको कम्तिमा कुनै एक सदस्य विदेसिएका छन्। आर्थिक वर्षहरू सन् १९९३र९४ देखि २०१४र०१५ को अवधिसम्म सरकारद्वारा (भारतबाहेक) वैदेसिक राजेगारीका लागि ३८ लाखभन्दा बढी श्रम स्वीकृतिहरू जारी गरिएका थिए। भारतका सन्दर्भमा त्यहाँ कति नेपाली छन् भन्ने यकिन तथ्यांक छैन ।  तर अनुमानित ३० देखि ४० लाख नेपाली भारतमा छन् ।  केही वर्षयता वैदेसिक रोगजारीका कारण मुलुकले केही आर्थिक राहत त पाइरहेको छ, तर श्रीमान–श्रीमतीबीच सम्बन्धबिच्छेदका घटनाहरू, विवाहपश्चात गैरसामाजिक सम्बन्धहरू, विदेशी भूमिमा नेपालीहरू ‘लिभिङ टुगेदर’ सम्बन्धमा बस्ने प्रचलनलगायतका यावत घटनाहरूले नेपाललाई ‘जेनेटिक सेक्सुअल एट्र्याक्सन’का सवालमा उर्वर भूमि बनाउन सक्छ । हामी नेपाली स्वभावैले वैज्ञानिक छैनौँ, धार्मिक छौँ । भोलिका दिनमा हाम्रो समाजमा ‘जेनेटिक सेक्सुअल एट्र्याक्सन’का जोडी देखापरेमा हामी उनीहरूको मानसिक दुर्बलताप्रति कठोर हुन सक्छौँ ।  हामी अधिकांश अवस्थामा मस्तिष्कबाट नभई भावनाबाट परिचालित हुन्छौँ । तसर्थ यस्ता जोडीलाई सामाजिक बहिष्कार मात्रै नगरी सांघातिक रूपमै हमला हुनसक्छ । यो मुलुकमा कली लागेछ भनेर मिडिया पनि निकै आक्रामक हुनसक्छन् । भोलि यस्तो जोडी सतहमा आयो भने तिनलाई वैज्ञानिक आँखाले समेत हेर्न उचित हुन्छ, जसको हामीमा साँच्चै अभाव छ ।

(आमसञ्चार तथा पत्रकारितामा स्नाकोत्तर गरेका श्रेष्ठ,अध्यात्मका बिषयमा गहिरो रुची राख्छन । )

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भक्तपुर औद्योगिक क्षेत्रमा निःशुल्क स्वास्थ्य क्लिनिक
Next article नुवाकोटको मानेडाँडामा बर्थिङ सेन्टर सञ्चालन

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web